धनकुटामा जारी लकडाउन थप एक हप्ता सम्म कायमै रहने

  • भदौ ११, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा, ११ भदौ ÷धनकुटामा जारी निषेधाज्ञा पुनः एकहप्ताको लागि थप गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन समितिको आज सम्पन्न बैठकले एकहप्ताको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

धनकुटामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कायम रहेकाले संक्रमणलाई रोक्नको लागि २०७७ भदौ ११ गतेदेखि भदौ १७ गतेसम्मको लागि निषेधाज्ञा जारी राखिएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद बिमलीले बताए । धनकुटाको सहिदभूमि गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीमा भदौं ४ गते कोरोना भाइरसको संक्रमण देखिएपछि सोही दिनदेखि धनकुटामा भदौ ११ गतेसम्म निषेधाज्ञा घोषणा गरिएको थियो ।

छिमेकी जिल्लाहरुमा समुदायस्तरमा नै कोरोना भाइरसको संक्रमण देखिएको र जिल्लामा उक्त भाइरसको संक्रमण प्रवेश गर्न तथा फैलन नदिनका लागि संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ अनुसार भदौ ११ गते राति १२.०० बजेदेखि लागु हुने गरी भदौ १७ गते राति १२.०० बजेसम्मका अत्यावश्यक बाहेकका सम्पूर्ण आवत जावत लगायतका कार्यमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी विमलीले बताए ।

निषेधाज्ञाको समयमा अत्यावश्यक काम बाहेक कसैले पनि बाहिर हिड्डुल गर्न पाउने छैनन् । त्यस्तै जिल्लाका विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरुले प्रमुख जिल्ला अधिकारीको अनुमति विना जिल्ला बाहिर जान पाउने छैनन् । सर्वसाधारण नागरिकहरुको आवश्यकतालाई मध्यनजर गर्दै दैनिक विहान ७ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म दैनिक उपभोग्य खाध्य सामग्रीहरु र अन्य आवश्यकीय सामग्रीहरु खरिद विक्री गर्न पाउने छन् । तर सो समयमा बाहिर निस्कदाँ सबैले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नु पर्नेछ । उक्त नियमको कसैले उल्लंघन गरेमा कडा कारवाही हुने प्रमुख जिल्ला अधिकारी विमलीले बताए ।

असार १५ : धान दिवस र ...

धरान/ असार १५ गते नेपालभर ‘राष्ट्रिय धान दिवस&rsq ...

धरानको एम्स कलेज,किन ...

धरान/ धरान उमहानगरपालिका वडा नम्बर १२ स्थित चतराला ...

विद्यार्थी–अभिभावकको ...

धरान मेघा कलेज स्थापनाको छोटो समयमै यस क्षेत्रका विद्या ...

विष्णुले फेरी इतिहाँ ...

धरान । सुनसरीको धरानमा रहेको विष्णु मेमोरियल माविले यस ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved