विराटनगर । प्रदेश १ का प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमित उदयपुरको भुल्केसहितका क्षेत्रका सबै नागरिकमा कोरोना परीक्षण गर्न माग गरेको छ । कांग्रेस संसदीय दलको विहीबार प्रदेशसभामा भवन विराटनगरमा बसेको बैठकले दूत परीक्षण विधि(आरडीटी) प्रभावकारी नदेखिएकोले स्वाब लिएर ल्याबमा गरिने परीक्षण गर्न कांग्रेसको माग छ । विपक्षी दलका नेता राजिव कोइरालाको अध्यक्षतामा बसेको बैठकले १. प्रदेश सरकारले संघीय र स्थानीय सरकारसंग समन्वय गरी आरडीटी परीक्षण विश्वसनीय नदेखिएकोले त्यसलाई रोकेर पीसीआर परीक्षण बढाउनु पर्नेलगायत माग गरेको छ । बैठकको निर्णयबार कांग्रेस प्रमुख सचेतक केदार कार्कीद्वारा प्रका
काठमाडौं । सांसद सुरेन्द्र यादव अपहरणको उजुरी राष्ट्रिय मानवअधिकार आयोगमा दर्ता भएको छ । बिहीबार राष्ट्रिय मानवअधिकार आयोगमा अपहरणसम्बन्धी निवेदन दर्ता भएको हो । उजुरीमा नेकपाका सांसद महेश बस्नेत, किसान (कृष्णकुमार) श्रेष्ठ, प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल र नवीन बस्नेतमाथि अपहरणमा संलग्न रहेको भन्दै कारबाहीको माग गरेका छन् । समाजवादी पार्टीका सांसद यादवलाई महोत्तरीबाट पार्टी फुटाउने प्रयोजनका लागि अपहरण गरेको भन्दै यसअघि महानगरीय प्रहरी परिसर टेकु, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जाहेरी लिन इन्कार गरेका थिए । यादव केही कानुन व्यवसायीसहित आफैं उजुरी ल
लकडाउनका कारण समस्यामा परेका यातायात मजदुर परिवारलाई पुर्व डिपो विद्यार्थी संगठन द्धारा विहिवार राहत वितरण गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटिको संयोजनमा पुर्व डिपो विद्यार्थीले ७५ जना मजदुर परिवारलाई राहत वितरण गरेको थियो । राहत स्वरुप उनिहरुलाई १० किलो चामल, १ किलो दाल, १ किलो नुन र आधा लिटर तेल वितरण गरिएको पुर्व डिपो विद्यार्थी संगठनका अध्यक्ष एवं धरान १८ न. वडाध्यक्ष प्रविण राईले जनाए । यातायात मजदुर संगठनले सिफारिस गरेको अति विपन्न परिवारलाई राहत वितरण गरिएको अध्यक्ष राईले वताए । पुर्व डिपो विद्यार्थीले ५५ हजार रुपैया वरावरको राहत वितरण गरेको संगठनका उपाध्
१८ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले कोरोनाको संकट समाधान भएपछि बादमेव गौतमलाई प्रधानमन्त्री बनाउने र माधवकुमार नेपाल तेस्रो अध्यक्ष हुने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव अस्वीकार गर्ने संकेत गरेका छन् । अध्यादेश प्रकरणसँगै पार्टीमा एक्लिएका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बुधबार साँझ बसेको नेकपा सचिवालय बैठकमा नयाँ कार्ड फालेका थिए । तर, यो कार्ड बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन वा पार्टीमा देखिएको विवाद समाधान गर्न नभई प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमबीच भएको मोर्चाबन्दी भ
१८ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई ‘अपहरण’ गरेको भन्दै नेकपा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । बुधबार आयोग कार्यालय पुगेका डा. यादवले सदस्य प्रकाश वस्ती र मोहन अन्सारीसँग भेट गरी उजुरी पत्र दिएका हुन् । उजुरीपत्र बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले उजुरीकर्ताले भनेजस्तो अपहरण भएको हो कि होइन भन्नेबारे अनुसन्धान गर्ने बताए । ‘अपहरण भएको भए मानव अधिकारको उल्लङ्घन हुन्छ, मानव अधिकार पुनर्स्थापना गर्न हामी बोल्छौँ&rsq
वराहक्षेत्र ९ स्थित ढोलबजिया, हिडलुवाका कृषकहरु बारीमा लगाएको तरकारी कुहिन थालेपछि निराश बनेका छन् । कोबिड १९ संक्रमण प्रकोपका कारण देश २०७६ चैत ११ बाट बन्दाबन्दी भएपछि बारीमा फलेको तरकारी बजार जान छाडेको हो । वैदेशिक रोजगारीबाट फर्किएका ३ युवाले ढोलबजियास्थित संचालन गरेको सुन्दर कृषि फर्ममा अहिले जताततै तरकारी कुहिएको देखिन्छ । ‘हाम्रो दैनिक ५ सय केजी काँक्रा र सोही अनुसारको अन्य तरकारी उत्पादन हुन्छ, लकडाउनका कारण गाउँ बाहिर तरकारी जाने अवस्था छैन, यहाँ सबैले खेती गरेकै छन् बिक्री हुने कुरै भएन, त्यसैले यो पटक हामी ८ लाख सम्मको घाटा ब्यहोर्दै छौं ।’ फर्मका सञ्चालक अमिर निरौला
चर्चित बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार उनको निधन मंगलबार मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा भएको हो । स्वास्थ्य अबस्थामा अचानक समस्या आएपछि उनलाइ अस्पतालको आईसीयूमा भर्ना भएको जनाइएको छ । साथै उनलाई ‘कोलन इन्फेक्सन’ भएको बताएको थिए ।
धरान/ नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाण्डौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा पर्साका एक र बाराका दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो । तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए । उनिहरु सिम्रौनगढका ३१ वर्षीय ,जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय र वीरगञ्ज २ छपकैयाका ४६ वर्षीय पुरुष हुन् । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ ।
धरान/ १३औं संस्करणको नेवा च्यारिटी धरान १० के रनमा केन्याली धावक वील्लियम चेउलीयोट र धाविका शरन जेरोटिचले उपाधि जितेका छन्। धरान रन समूहको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा खुला पुरुषतर्फ वील्लियमले निर्धारित १० किलोमिटर दुरी ३१ मिनेट ५ सेकेण्डमा पूरा गरे। त्यस्तै, महिलातर्फ शरनले ३८ मिनेट ४२ सेकेण्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरिन्। विजेताहरूले जनही नगद ६० हजार रुपैयाँसहित मेडल प्राप्त गरे। पुरुषतर्फ दोस्रो भएका केन्याली धावक जुलियस मरिउकीले ३१ मिनेट ८ सेकेण्डमा दौड पूरा गरे भने तेस्रो भएका जुम्लाका दुर्गा बहादुर बुढाले ३२ मिनेट ४४ सेकेण्डमा दौड पूरा गरे। महिलातर्फ दोस्रो बनेक
इलाम सूर्योदय नगरपालिकाको फिक्कल स्थित ग्लोबल आइएमई बैंकको शाखाबाट काठमाण्डौं सरुवा भएका एक ३५ वर्षे पुरुष कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि बैंकको फिक्कल शाखा बन्द गरिएको छ । उनले असोज ११ गते ललितपुर स्थित ल्याबमा स्वाबको नमुना परीक्षण गराएका थिए । त्यसको भोलीपल्ट आएको परीक्षणको नतिजामा उनलाई कोरोनाको संक्रमण पुष्टि भएको थियो । बैंकको फिक्कल स्थित शाखाका १४ जना कर्मचारीको स्वाबको नमुना झापाको कोटीहोम स्थित ल्याबमा पठाइएको सूर्योदय नगरपालिका स्वास्थ्य शाखाका बिपुल अधिकारीले जानकारी दिए । बैंकका कर्मचारीलाई होटलको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको पिसिआर परीक्षणको नतिजा नआएसम्म