चालकमा कोरोना पुष्टि भएपछि विराटनगरका मेयर क्वारेन्टिनमा

  • भदौ २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । चालकलाई कोरोना संक्रमण भएपछि विराटनगर महानगरपालिका मेयर भीम पराजुली सेल्फ क्वारेन्टिनमा बसेका छन ।

महानगरका प्रमुख प्रकाशकीय अधिकृत ईन्द्रमणि पोखरेललाई आइतबार कोरोना पुष्टि भएपछि मेयर पराजुलीले पनि स्वाब दिएका थिए । तर, उनको रिर्पोट कोरोना नेगेटिभ नेगेटिभ आएको छ ।

मेयर पराजुलीले भने,“अधिकृत ज्यूलाई कोरोना देखिएपछि मैले पनि परीक्षण गराएको थिएँ तर देखिएन । चालकमा पुष्टि भएपछि म सेल्फ क्वारेन्टिनमा छु ।” पराजुलीले आफ्नो साथैमा रहने निजी सचिवालयका सहयोगीका साथ महानगरले नै व्यवस्थापन गरेको जैन भवनको क्वारेन्टिनमा बसेको बताएका छन ।

प्रमुख प्रशासकीय अधिकलाई कोरोना पुष्टि भएपछि महानगरले सोमबारदेखि अत्यावश्यक बाहेका सेवा पाँच दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । वडा नम्बर १ र २ का वडाअध्यक्षमा समेत कोरोना पुष्टि भएको छ । बाँकी वडा कार्यालयहरुमा पनि पाँच दिनसम्मको लागि महानगरले अति अवाश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको मेयर पराजुलीले जानकारी दिएका छन ।
पछिल्लो समय विराटनगरमा कोरोना संक्रमणको दर दैनिक बढ्दो क्रममा पुगेको छ । १३ सयभन्दा धेरै नगरवासीमा कोरोना देखिएको छ । कोरोनाबाट विराटनगरका १८ जनाले ज्यान गुमाईसकेका छन ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved