इलाम मालपोतमा दिनभर चलेन नेट

  • भदौ २८, २०७७
  • " भगीरथ भण्डारी"
alt

इलाम / सूर्योदय नगरपालिका ८ कि पम्फा खालिङ जग्गा नामसारिको लागि आएकि थिइन । कोरोना संक्रमणको कारण भएको लकडाउनले सार्वजनिक यातायात नचल्दा गाडि रिजर्भ गरेर आउनुपर्ने मालपोत आएकि उनि नेट नचलेको कारण मालपोतमा काम हुन सकेन । कम नभएपछि उनि घर जानु कि बस्नु दोधारमा थिईन । जाउँ भने इन्टारनेट चलिसक्दा काम हुने बसौ भने इन्टारनेट चल्ने कि नचल्ने कुनै छाँटै थिएन ।

इलाम नगरपालिका ७ का याम चाँपागाई पनि जग्गा रोक्का र फूकुवाका लागि मालपोतमा पर्खेर बसेका थिए । १० बजे नै कार्यलय पुगेका चापागाँईको रोक्का त भयो तर फूकुवा भने हुन सकेन । जसको कारण हो नेट नचलेर । उनीपनि नेट आछकि भन्ने आशमा पर्खेर बसिरहेका थिए । उनीहरु केहि प्रतिनिधि पात्र मात्र हुन तर मालपोत कार्यलय इलाममा आईतबार धेरै जना कुनै काम बिनानै पर्खेर बसिरहेका थिए । उनीहरु सर्बैको पर्खाई भनेको नेट कतिबेला चल्छ र काम हुन्छ भन्ने । मालपोत कार्यालय इलाममा नेटको समस्याले सेवाग्रहीलाई समस्या भएको छ । आइतबार बिहान १०ः३० देखि नेट नचल्दा सेवाग्रहिलाई समस्या भएको हो ।

मालपोतमा नेट नचलेको कारण बर्खाको समयमा गाउँबाट आएका सेवा ग्रहीलाई समस्या भएको छ । घरको हरेकक कामको व्यवस्था मिलाएर एकैदिनमा काम सक्छु भनेर मालपोत आएका सेवाग्रही दिनभर काम नभएपछि निरास बन्दै घर जाने कि बस्ने भन्ने दोधारमा रहेका थिए ।

मालपोत कार्यालय इलामका कार्यालय प्रमुख केशव प्रसाद ढकालले कार्यालयमा बिहान साडे १० बाट इन्टारनेट चलेको छैन । उनले भने “ हाम्रो कार्यलयमा कुनै समस्या छैन तर हाम्रोमा जडान गरेको इन्टारनेट हो त्यो चलेको छैन तर इन्टरनेट चलिरहेको छ भन्दै सेवा ग्रहिले हामिलाई गालि पनि गरे, तर मालपोत कार्यलयको सरवर चलाउने इन्टरनेट होईन इन्टारनेट भएको कारण बाहिर इन्टरनेट चलेपनि कार्यलयमा समस्या भएको हो ।”

 

प्रधानमन्त्री ओलीले ...

धरान/ प्रधानमन्त्री केपी शर्मा ओलीले बिपी कोइराला स्वास ...

दनुवार समुदायकी भिम ...

धरान/ साङ्गीतिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले ...

वीपी प्रतिष्ठान छाता ...

काठमाण्डौं/ पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री त ...

नवोदयमा विद्यालय स्त ...

धरान/ नवोदय विद्या मन्दिर, धरान–१६ मा शुक्रब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved