वीपीका जेआर आन्दोलनमा, समस्या समाधान गर्न निर्देशकलाई निर्देशन दिए पनि लिखित प्रतिबद्धता नआए सम्म आन्दोलन जारी रहने

  • भदौ २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सेवा सुविधाको माग गर्दै आन्दोलनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको जुनियर रेसिडेन्टहरुको समस्या समाधान गर्न प्रतिष्ठानका निर्देशकलाई जिम्मेवारी दिए पनि लिखित प्रतिबद्धता नआए सम्म जेआरहरु आन्दोलनमै रहने भएका छन् ।

कोरोनाको जोखिममा पनि फ्रन्टलाईनमा बसेर बिरामीको उपचारमा रहेका चिकित्सकहरुको सेवा सुविधाको माग गर्दै जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीले आन्दोलनको घोषणा गरेको छ । सोमबार बिहानै देखि आकस्मीक सेवा बाहेकका अन्य सेवाहरुमा सहभागि नहुने भन्दै जेआरहरुले प्रतिष्ठानका उपकुलपतिको कार्यलय अघि धर्ना दिएका छन् । धर्नामा बसे पछि उपकुलपति डा. ज्ञानेन्द्र गिरीले छलफलका लागि बोलाएका थिए । जेआरहरु सँगको छलफलमा उपकुलपतिले मागहरु सकारात्मक भएकाले चाडो भन्दा चाडो समस्या समाधान गर्न डाइरेक्टरलाई निर्देशन दिएका थिए ।

अघिल्लो पटक सहमती भएका मागहरु सम्बोधन नभए सम्म आन्दोलन जारी नै रहने सोसाइटीका उपाध्यक्ष पदम नेपालीले बताए । उनले भने, निर्देशकलाई जिम्मेवारी दिनुभएको छ, सहमती भएका कुराहरु एक्सनमा नआउन्जेल, मान्य हुने अवश्थामा सम्म नआउँदा आन्दोलनमै रहन्छौं, लिखित नभए सम्म आन्दोलन स्थगित गर्दैनौं, धर्नामै रहन्छौं ।’
गत भदौ ५ गते सोसाइटीले ९ बुँदे माग सहितको पत्र प्रतिष्ठानलाई बुझाएको थियो । माग सम्बोधन गर्नका लागि प्रतिष्ठानका निर्देशन प्रा.डा. गौरीशंकर शाहकै संयोजकत्वमा समिती समेत बनेको थियो । तर समितीले कुनै पनि मागको सम्बोधन नगरे पनि पुनः आन्दोलनको घोषणा गरेको हो ।

स्वास्थ्य मन्त्रालयले जेआरहरुलाई डिउटीमा खटाउदा लगातार १४ दिन र दैनिक १० घण्टाभन्दा बढी खटाउन नमिल्ने निर्देशिका जारी गरेको छ । तर, प्रतिष्ठानमा भने एउटै विभागको १ महिनासम्म डिउटी राखिएकोले मन्त्रालयको निर्देशिका अनुसार मात्र डिउटी राख्न सोसाइटीले माग गरेको छ ।

यस्तै, लेभल ३ कोभिड अस्पतालमा चौबिसै घण्टा एक जना कन्सल्टेण्ट कोभिड डिउटीमा फ्लोरमा नै खटिनुपर्ने पनि सोसाइटीले माग गरेको छ । डिउटीको समय र त्यसपश्चात क्वारेन्टिनमा बसेका जेआरहरुलाई खाने र बस्ने सुविधामा पुनर्वालोकन गर्न, १२ घण्टा डिउटीमा खटेको जेआरहरु नखाई सुत्नुपर्ने वा कोठाबाट खाना मगाएर खानुपर्ने अवस्था रहेको भन्दै सोसाइटीले यो अव्यवस्था अन्त्य गर्न पनि माग गरेका छन् ।

यस्तै, कोभिड डिउटीमा खटिएका चिकित्सकहरुको जोखिम भत्ताको बजेट मन्त्रालयबाट आइसके पनि उपलब्ध नभएको भन्दै सोसाइटीले चाडो प्रदान गर्न पनि माग गरेको छ । कोभिड अस्पतालमा शव व्यवस्थापनमा पनि जेआरहरुलाई खटाइने गरिएको भन्दै सोसाइटीले उक्त काम तत्काल अन्त्य गर्न पनि माग गरिएको छ ।

कोभिड अस्पताल सञ्चालनमा आइसकेकोले इमर्जेन्सीमा बनाइएको आइसोलेसन तत्काल बन्द गरि शंकास्पद विरामीहरुलाई कोभिड अस्पतालमा नै सिधै भर्ना गर्न माग गरिएको छ । इमर्जेन्सीमा संक्रमित व्यक्तिसँग सम्पर्क भएर क्वारेन्टिनमा बसेका जेआरहरुलाई क्वारेन्टाइनमा बसेको अवधिमा पुनः डिउटीमा नखटाउन पनि सोसाइटीले माग गरेको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved