धरान/मोरङको सुन्दरहरैँचाका चेतनाथ अधिकारी चार दिन देखि घरबाट बेपत्ता भएका छन् । उनी बुधबार विहान ५ः३० बजेदेखि बेपत्ता भएको परिवारजले बताएको छ भने उनको खोजी कार्य प्रहरी सहितले खोजी गरे पनि अहिले सम्म फेला परेका छैनन् । घरबाट निस्कनु अघि अधिकारीले लेखेको चिठी भने फेला परेको छ । उनले लेखेको चिठीमा यस्तो लेखिएको छ : ‘म जाँदै गर्दा कोही हाँस्ने हुनुहुन्छ भने उहाँहरूलाई कोटी–कोटी प्रणाम । र, रुनेको लागि मात्र प्रणाम । किनकि, कतै जान लागेको व्यक्तिलाई हाँसेर बिदाइ गर्यो भने ऊ जान्छ । तर, रुन थाल्यो भने ऊ जाऔँ कि नजाऔँ हुन्छ । त्यसैकारण जोसुकै पनि यात्रा गर्न लागेको बेला रुन हुँद
धरान/ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूको तीन दशक पछि पहिलो पटक सम्मेलन हुने भएको छ । प्रतिष्ठानको विकास तथा प्रवर्द्धन तथा अनुभव आदान प्रदान गर्न उद्देश्यले प्रतिष्ठानका अध्ययन गरेका पूर्व विद्यार्थीहरु पहिलो पटक भेला भएर सम्मेलन गर्ने भएको पूर्व विद्यार्थी संघका महासचिव एडिसनल प्रोफेसर डाक्टर विकास साहले जानकारी दिए । उनका अनुसार पूर्व विद्यार्थी सङ्घ गठन गर्दै उनीहरूले प्रतिष्ठानको स्थापनाको ३० वर्ष पछि पहिलो पटक पूर्व विद्यार्थी सम्मेलन गर्न लागेका हुन् । प्रतिष्ठानमा आइतबार कार्तिक २५ गते हुने सम्मेलनमा प्रतिष्ठानको मात्र नभइ देशकै प
झापा/ इलाका प्रहरी कार्यालय दमक, झापाले जुवा तास खेल्ने १८ जनाको समुहलाई पक्राउ गरेको छ । कात्तिक २२ गते झापा शिवसताक्षी नगरपालिका९११ नहर चौक स्थित चन्द्रमणी रिमालको घरमा जुवा तास खेलीरहेका शिवसताक्षि ९५का का बर्षीय मुकेश राउत, गौरिगंज गाउँपालिका९१ का ४७ वर्षिय हरी राजवंशी ,शिवसताक्षि ११ का ६२ बर्षीय चन्द्रमणि रिमाल,४५ वर्षिय राजेन्द्र बास्कोटा, ४९ वर्षिय दिपेन्द्र घिमिरे, ४७ वर्षिय राजेद्र बुबर, शिवसताक्षि ७ का ५४ वर्षिय छत्र बहादुर सोडारी, ६१ वर्षिय मणी खड्का, ३२ वर्षिय राजु दर्जी , ५१ वर्षिय तुला सुब्बा, ६९ वर्षिय सितारम कार्की, ४३ वर्षिय खडी बहादुर श्रेष्ठ, शिवसताक्षि९४ का २४ वर्षिय
धरान/ विद्यालयमा अध्ययन गर्ने विपन्न परिवारका विद्यार्थीहरुलाई सहयोग गर्ने उदेश्यसहित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्ने, विद्यार्थीहरुलाई चाहिने भौतिक पूर्वाधार निर्माण गर्ने अभिप्रायले धरान ८ ल्याबोरेटरी माविले वडामा रहेका सबैलाई समावेश गरेर एक दिन विद्यालय प्रांगरणमै देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक विद्यालयप्रति सबैको दायित्व बुझाउदै उठेको रकमबाट शैक्षिक क्षेत्रमै सहयोग गर्ने उद्देश्यले विगत बर्षदेखि विद्यालयले विद्यालय प्रांगरणभित्रै देउसी भैलो कार्यक्रमको आयोजना गरिएको हो । धरानकै पुरानो मानिएको धरान ८ मा रहेको ल्याबोरेटरी माविले विद्यालयको श
धरान/ धरानमा मनाइने गरिएको छठ पर्वले मधेश र पहाडेबीचको दूरीलाई घटाउँदै आपसी भाइचाराको सम्बन्ध विस्तार गर्दै गएकोे छ । धरानमा भएको छठ पर्वको अवसरमा धरानको सेउती र सर्दु खोलमा तयारी धमाधम थालिएको छ । यस बर्ष विहीबार साँझ अस्ताउदो सूर्यलाई अर्घ दिने र शुक्रबार विहान उदाउदो सूर्यलाई अर्घ दिइँदै छठ पर्व मनाइदै छ । अहिले सबै जातजाति तथा समुदाय छठ पर्वहरु समवेश हुने भएकोले पहाडे तथा तराईबासी केही छुटिदैने । धरानको सेउती र सर्दु खोलाका किनारमा छठ पर्व मनाउन गएका सर्वसाधारण चाहे त्यो आदिवासी जनजाति होस् या आर्य जातिका हुन् चाहे मधेशी समुदायका जाति समुदाय हुन सबै एक आपसमा मिलेर छठ मनाएको दृ
धरान । नेवारी समुदायको युवापुस्तासम्म कला, सँस्कृति तथा नेवारी समुदायमा बजाइने बाजाको पहुच पुर्याउने अभिप्रायले नेवा ः साँस्कृतिक उत्थान मञ्च धरानले धिमेबाजा, बाँसुरी तथा वाद्यवाधन, पौराणाक नृत्य तथा मोलिक जातीय लोकसँस्कृतिक संगालो कार्यक्रम कार्तिक २४ गते आयोजना गर्ने भएको छ नेवारी संस्कृति युवापुस्ता पु¥याउदै अन्य जातजाति तथा समुदायसम्म नेवारी संस्कृतिको जानकार गराउन कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।मुलुकमा पश्चिमी संस्कृतिले युवा पुस्तालाई गाँज्दै गएको अवस्थामा आफ्नो भाषा, सँस्कृति तथा परम्परा विर्सदै गएका छन् । युवा पुस्ता डिस्को डान्स लगायत अ
धरान/ सरकारले वि.सं २०६६ सालमा महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभुती भनेर घोषणा गरेपनि व्यबहारतह राष्ट्रिय विभुती भनेर स्वीकार गरि नसकेको अवस्था रहेको ‘राष्ट्रिय विभुती फाल्गुनन्द दर्शन’ अभियान्ताहरुले दुखेसो गरेका छन् । हरेक बर्ष कार्तिक २५ गते राष्ट्रिय विभुती फाल्गुनन्दको राष्ट्रिय स्तरमा जन्म जयन्ती मनाउने गरिए छ तर पनि सरकारले भने विभेद गर्दै आएको उनीहरुले आरोप लगाएका छन् । अभियान्ता डम्बर कुमार तम्बापोले संघीय सरकारले किराँत समुदायको लागि मात्रै भनेर विदा दिने गरेको छ,प्रेम र अहिंसाका अनुयायी प्रतीक रुपमा राष्ट्रिय रुपमा नै स्वीकार गरि सकेको अवस्थामा पुरै राष्ट्रिय वि
धरान ।आउने शनिबार धरानमा एक सय रुपैयाँमा जीप लाइन चढ्न पाइने भएको छ । अन्य बेला ५ सय रुपैया तिरेर जीप लाइन चढ्नेले अब एक सय रुपैयाँमा चढ्न पाउने भएका हुन । धरानको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले सन्चालित सेछ एडभेञ्चर पार्क चौथो वर्ष पुगेको अवसरमा उक्त छुट सहितको प्याकेज ल्याएको एडभेञ्चर पार्कका निर्देशक बासुदेव बरालले बताए । उनले भने,‘धरानको पर्यटन थप प्रवद्र्धन गर्न छुट सहितको विविध प्याकेज ल्याएका छौ,जस अन्र्तगत यो आउने शनिबारका लागि जीप लाइन गर्न चाहनेहरुले मात्रै एक सयमा जीप लाइनको चढेर मज्जा लिन सक्ने छन्।’ उनका अनुसार चौथो बर्ष पुगेको अवसरमा पर्यटनको नयाँ सिजनका विविध प्य
छठ पर्वको मुख्य दिन (आज)बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मंलबारदेखि सुरु भएको हो। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो। सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन
काठमाण्डौ/ यूएई सरकारले दुई महिनाका लागि ल्याएको आममाफी कार्यक्रमबाट त्यहाँ अवैध रूपमा बसेका नेपालीले लाभ लिन सक्ने भएका छन् । भिसा अवधि सकिएर अवैध रूपमा बसिरहेका विदेशी श्रमिक र पर्यटकलाई घर फर्किने अवसर दिन यूएईले आममाफी घोषणा गरेको हो । भिसा पाएर पनि यूएईको अध्यागमन नियम उल्लङ्घन गरेकाहरूले पनि आममाफी पाउनेछन् । यही सेप्टेम्बर १ अर्थात् गएको १६ गतेदेखि शुरू भएको आममाफी कार्यक्रम आउँदो अक्टोबर ३० अर्थात् कात्तिक १४ गतेसम्म चल्नेछ । यो नियम पर्यटन, भिसा सकिएका र कम्पनीबाट भागेका आप्रवासी कामदारको हकमा लागू हुनेछ । तर विना भिसा यूएई प्रवेश गरेका व्यक्तिहरूमा भने यो नियम लागू हुने छैन