देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कारद्वारा ४ जना प्रहरी कर्मचारी पुरस्कृत

  • कार्तिक १, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ ७० औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कारद्वारा कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा कार्यतर प्रहरी सहायक निरीक्षक अनिता कुमारी चौधरी, जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दार गुणराज अधिकारी, जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हवल्दार हेमराज सुवेदी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी हवल्दार पबिता शर्मा पुरस्कृत भएका छन् ।

 पुरस्कृत हुने प्रहरी कर्मचारीहरुले दिईएको जिम्मेवारी इमानदारी, अनुशासन र लगनसिल भई समाजमा शान्ति सुरक्षा, आम नागरिकहरु प्रतिको प्रहरीको छवि उच्च बनाउने कार्यमा बिभिन्न विधामा अति उत्कृष्ट एवं प्रशंसनीय कार्य गरेकोले उनिहरुले गरेको कार्यको उच्च मूल्याकन गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कारद्वारा पुरस्कृत गरेको हो ।

 कूल १ लाख ४२ हजार धनराशीको “देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार” बिभिन्न बिधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु मध्येबाट छनौट गरी २ जना महिला र २ जना पुरुष वा सिनियर प्रहरी अधिकृत भए १ जना मात्रलाई विशेष प्राथमिकता दिई प्रहरी दिवसको अवसरमा प्रत्येक वर्ष संस्थापक वा निजको प्रतिनिधीद्वारा पुरस्कृत गर्नको निम्ति धरान उप- महानगरपालिका-१ निवासी धनन्जय आचार्य र कोशी प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारी विच २०८१ साल माघ महिनामा सम्झौता भई आफ्नो घर परिवार नभनि अहोरात्र खटिने व्यवसायीक प्रहरीको मनोवल उच्च बनाउने कार्यमा हौसला प्रदान गर्न यसै बर्ष देखि देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार प्रदान गर्न सुरुवात गरिएको हो ।

साथै देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार" का संस्थापक धरान उप- महानगरपालिका-१ निवासी धनन्जय आचार्यका प्रतिनिधि वर्वरीक पोखरेललाई प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख ईश्‍वर कार्कीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved