बुद्धशान्तीमा बेवारिसे नवजात शिशु जीवितै फेला

  • कार्तिक २, २०८२
  • कोशीपत्र/संवाददाता
alt झापामा फेलापरेकि नवजात शिशु अस्पतालमा उपचार हुदै

झापा/झापाको बुद्धशान्ती गाउँपालिका–७ सुनमाईस्थित एक घरको बरन्डामा अन्दाजी ४–५ दिनकी बेवारिसे नवजात शिशु जीवितै फेला परेकी छन्।

स्थानीय ओमप्रकाश तुमीहाङ लिम्बुले शनिबार बिहान घरको बरन्डामा शिशु रोइरहेको आवाज सुनेपछि हेर्दा जीवितै नवजात शिशु देखे र तुरुन्तै इलाका प्रहरी कार्यालय बुधबारेलाई जानकारी गराए।

प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीयवासी, भद्रभलादमी र जनप्रतिनिधिको उपस्थितिमा शिशुलाई उद्धार गरी तत्काल प्रदेशीय अस्पताल भद्रपुर पठाएको थियो। अस्पतालका चिकित्सकका अनुसार शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

हाल उद्धार गरिएको शिशु अस्पतालको संरक्षणमा रहेको छ भने, कसले शिशुलाई त्यहाँ फालेर गएको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

जीवितै बेवारिसे शिशु फेला परेको घटनाले बुद्धशान्ती क्षेत्रका बासिन्दालाई भावुक र अचम्ममा पारेको छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved