राति सुतिरहेको बेला ओच्छ्यानमै सर्पले टोक्दा १० वर्षीय बालकको मृत्यु

  • असोज ३१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/ विषालु सर्पको डसाइबाट झापाको अर्जुनधारा–११ चाम्लिङडाँडामा एक बालकको मृत्यु भएको छ।

स्थानीय १० वर्षीय अनिश राईको गएराति विषालु सर्पको टोकाइबाट मृत्यु भएको हो। उनलाई राति सुतिरहेको बेला ओच्छ्यानमै सर्पले डसेको आफन्तले बताएका छन्।

सर्पले टोकेको थाहा भएपछि बालकलाई राति नै चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो।

उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी सहायक निरीक्षक डोमी साहले जानकारी दिए।

रासस

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved