धनकुटा, ३ जेठ ÷ धनकुटाको चौबिसे गाउँपालिकाले लकडाउनको कारण काठमाडौंमा अलपत्र परेका सो गाउँपालिकाका ५३ जनालाई उद्दार गरी धनकुटा ल्याएको छ । सो गाउँपालिकाको विभिन्न वडाहरुका स्थायी वासी भई काठमाडौंमा उपचारको क्रममा गएका, अध्ययनको क्रममा रहेका र दैनिक ज्याला मजदुरी गर्दै आएका ५३ जनालाई गाउँपालिकाको खर्चमा गाडी रिजर्भ गरी गाउँपालिकाले काठमाडौंबाट उद्दार गरी गाउँपालिका ल्याएको हो । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोक्न सरकारले ५३ औं दिन देखि गरेको निरन्तरको लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका गाउँपालिकाबासीहरुलाई संघीय सांसद राजे
धरानको कोरोना फुड बैंकमा धरान संखुवासभा सरोकार समाजले ३०० केजी चामल प्रदान गरेको छ । शनिबार सामाजका अध्यक्ष मिग्मा भोटेले धरान उपमहानगरपालिकाका उप प्रमूख मञ्जु भण्डारी सुवेदीलाई उक्त चामल हस्तान्तरण गरेको थियो । उप प्रमूख मञ्जु भण्डारीले समाजले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरे र हाल धरानमा तेस्रो चरणको राहत वितरण भैरहेको जानकारी गराउदै लकडाउन बढ्दै जादा राहत पनि वितरण गर्दै जानुपर्ने भएकाले सवैलाई सहयोग गर्न अनुरोध गरे । हास्तान्तरण कार्यमा समाजकी संरक्षक सदस्य शिला वज्रचार्य, समाजका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो । धरान संखुवा समाज सरोकार समाजले धरानमा रहेका संखुवासभा मुल थलो
काठमाडौं/नेपालमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमति संख्या २७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बर्दिया, सिराह, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार बर्दिया नार्खु ११ की २८ वर्षीय महिला, सिराहा सखुवा १९ का ३० वर्षीय पुरुष, पर्सा वीरगञ्जका २९ वर्षीय पुरुष, सर्लाही रामनगरका १८ वर्षीय महिला, चितवन गढौली १ की २५ वर्षीय महिलामा कोरोना देखिएको हो।
काठमाडौं आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षण अनुसार नौ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकमा कोरोना संक्रमण देखिएको छ । पर्साका ९ वर्षीय बालक, विरगञ्जका १० वर्षीय बालक, २३ र ४७ वर्षीय महिलामा संक्रमण देखिएको हो । त्यसैगरी उदयपुर त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । त्यस्तै दाङमा पनि पहिलोपटक कोरोनाक
धरान । भारतले नेपाली भुमि अतिक्रमण गरेको विरोधमा प्रदर्शनमा निस्कीएको विद्यार्थीको समुहलाई इलाका प्रहरी कार्यालय धरानले हस्तक्षेप गर्दै विद्यार्थी नेतालाई पक्राउ गरेको छ । धरानको महेन्द्र बहुमुखि क्याम्पसबाट निस्कीएको नेविसंघको जुलुसलाई प्रहरी धरानको भानुचौंकमा हस्तक्षेप गर्दै विद्यार्थी नेताहरुलाई पक्राउ गरेको हो । नाराजुलुस सहित भानुचौक आई पुगेका नेविसंघका महेन्द्र बहुमुखि क्याम्पसका कार्यवाहक सभापति एवं स्ववियुका सचिव दोर्ची सेर्पा, नेविसंघका जिल्ला सचिव टकेन्द्र राई, विनोद आलेमगर, विमल बुढाथोकी, अजित लिम्बु, अजय लिम्बु, कृष्ण बडु र उत्तम राईलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले नेपालका प
मोरङको पथरी शनिश्चरे नगरपालिकाले बनाएको कोरोना भाइरस जोखिम न्युनीकरण राहत कोषमा सहयोग ओइरिन थालेको छ । गएको १ गते मात्र सहकारी कर्मचारी संगठन, पथरी शनिश्चरे इलाका समितिको तर्फबाट ७० हजार रूपैयाँ जम्मा हुन गरी चेक हस्तान्तरण गरियो । संगठनका अध्यक्ष गणेश बछाना राईद्वारा नगर प्रमुख दिलिपकुमार राई र राहत संकलन उपसमितिका संयोजक अर्जुनकुमार बुढाथोकीलाई संयुक्त रूपमा उक्त चेक हस्तान्तरण गरिएको हो । ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने मूलनाराको भावना र मर्मअनुसार सञ्चालित सहकारी संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरूले यो विषम परिस्थितिमा केही न केही योगदान गर्नुपर्छ भन्ने यो सहयोग
धरान । कोरोना संक्रमणबाट बच्न सरकारले घोषणा गरेको लकडाउन आज सम्म ५२ दिन पुगिसकेको छ । नेपालमा संक्रमितहरुको संख्या बढ्दै गए पछि अझै कति दिन लम्बीने अझै टुङ्गा लागेको छैन् । यस्तो अवश्थामा सबै भन्दा बढी यातायात मजदुरहरु प्रभावित बनेका छन् । एकातिर सरकारले दिएको राहत पाउन सकेका छैनन् भने अर्को तिर रोजगारीनै गुमे पछि दैनिकीमा समस्या थपिदै गएको छ । यातायात मजदुरहरु दिनभरी काम गरेर बेलुका पाएको भत्ताले जिविकोपार्जन गर्ने मजदुरहरु हुन् । चैत्र ११ गते देखिको लकडाउनका कारण जिविकोपार्जनमा समस्या बढ्दै गएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान नगर समितीका अध्यक्ष कमल भट्टराई बताउँछन् । दैनिक ज्याल
धरानका वी पी अस्पतालको आकस्मिक कक्षमा कार्यरत १०० स्वास्थ्यकर्मीहरुलाई तरुण दल सुनसरीबाट के एन ९५ माक्स वितरण गरेको छ । शुक्रबार अस्पतालको आकास्मिक कक्ष अगाडि धरान उपमहानगरपालिकाका नगर प्रमूख तिलक राईले आकास्किब कक्षाका प्रमुख प्रमेन्द्र प्रसाद गुप्तालाई हस्तान्तरण गरे । विरामीहरु सँग अग्रपंक्तीमा रहेर काम गरिरहेका स्वास्थ्यमकीहरुले सामान्य माक्स लगाएको देखेपछि उच्चकोटीको माक्सको आवश्यकता महसुस गरी आफुहरुले पार्टीको तर्फबाट समन्वय गरी के एन ९५ माक्सको व्यवस्था गरेको नेपाली काँग्रेस धरान नगर समितिका सचिव श्याम पोखरेलले बताए ।यसरी नेपाली काँग्रस पार्टी तथा तरुण दलका साथीहरुले गरेको अति आवश्यक र
एक दलित बालिकालाई यौन शोषण गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको छ । धनकुटा नगरपालिका–६ आत्माराकी एक बालिकालाई यौन शोषण गरेको आरोप लागेका चार जना मध्ये तीन जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुव श्रेष्ठले बताए । चार मध्ये एक जना फरार छन् । दलित बालिकालाई लामो समयदेखि धनकुटा नगरपालिका–६ का मदन अधिकारी, गौरी अत्री, धनकुटा सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगरले ललाई फकाई गरी यौन शोषण गर्दै आएका थिए । यौन शोषणबाट पीडित बालिकाको अस्वभाविक रुपमा पेट बढ्दै गएपछि परिवारले
धरान उपमहानगर पालिका वार्ड नंं १४ ले वडमा कार्यरत स्वस्थ्यकमी, प्रहरी र सरसफाईकमीहरुलाई सम्मान् तथा प्रोत्साहत गरेको छ । शुक्रबार वडा कार्यालयमा आयोजित अनौपचारिक कार्यक्रममा उक्त सम्मान् तथा प्रोत्साहन गरिएको थियो । वडाको सरसफाईमा खटेका सरसफाईकमी, शान्ती सुरक्षमा खटिएका प्रहरी विटका प्रहरीहरु र स्वस्थ्यकमी तथा स्वस्थ्य स्वयमसेवीहरुलाई फुलमा र नगद समेतले सम्मान् गरिएको थियो । कोभिड १९ कोरोना संक्रमणको बेला चुनौतिका कार्यरतहरुको मनोवल उच्च बनाउन र प्रोत्साहन गर्न सम्मान् गरिएको १४ नं। वडाका वडाध्यक्ष कृष्ण प्रसाद भट्राईले बताए । धरानको धार्मिक पर्यटकीय क्षेत्रमा बनिरहेको रेडक्रस चैक दे