उनन्पचास बोतल डाइलेक्स सहित एक पक्राउ

  • असोज ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान । खुला सिमानाका भएका कारण तराईका विभिन्न स्थानबाट अवैध लागुपदार्थ ओसारपसार बढ्दै गएको छ । भारतीय बजारबाट लागुऔषधहरु ओसारपसार गर्न तराई क्षेत्रका युवाहरु प्रयोग हुने गरेका छन् ।
सुनसरीको तल्लो क्षेत्रका सिमानाकाबाट पनि दैनिक जसो अवैध लागुऔषधहरु भित्रिने गरेका छन् । यसै बिच सुनसरी जिल्ला प्रहरी कार्यालयले विहिबार ४९ बोतल डाइलेक्स डिसि १ सय एमएल पक्राउ गरेको छ । इनरुवा नगरपालिकाको वडा नम्बर १ स्थित गोलपार्क नजिकै प्रहरीको टोलिले ४९ बोतल डाइलेक्स सहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीको टोलिले हरिनगर गाउँपालिका वडा नम्बर ६ स्थित घुस्की बस्ने वर्ष १९ का मो. इन्तियाज अंसारी र घुस्की बजार बस्ने अकमुल अन्सारीलाई पक्राउ गरेको हो । इन्तियाजले चलाएको साइकलको पछाडि सवार रहेका अकमुललाई प्रहरीले शंका गरि खानतलासी गर्न खोज्दा अकमुलले बोकेको झोलामा लागुऔषध भेटिएको थियो भने इन्तियाज फरार रहेका छन् ।
उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट ५ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाएको जनाएको छ ।

 

 

 

 

 

 

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved