मोबाइल भेनमा घर घर पुगेर स्वाब संकलन गर्दै

  • असोज १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । कोरोना संक्रमितको संख्या दैनिक बढे सँगै मोबाइल भ्यानद्वारा कोरोना जाँचको स्वाब संकलन गर्न शुरु गरेको विराटनगर महानगरपालिकाले अशक्त व्यक्तीको घर–घर पुगेर स्वाब संकलन गरेको छ ।

शनिबार देखि अशक्तको घरमै पुगेर स्वाब संकलन कार्य शुरु गरेको हो । संक्रमितको सँख्या बढ्न थाले पछि अधिक संख्यामा नमुना संकलन गर्न गत मंगलबार देखि मोबाइल भेन शुरु गरेको थियो । स्थानीय स्रोत साधन प्रयोगबाट अत्याधुनिक र सुविधा सम्पन्न मोबाइल स्वाब भेनद्वारा घर घरमै स्वाब संकलन गर्न थालेको हो ।

विराटनगर महानगरपालिकाका अनुसार शनिबार विराटनगरका तीनवटा वडाका १८ जनाको घरघरमा पुगेको स्वाब संकलन भएको छ । मेयर भीम पराजुली सहित पुगेको टोलीले विराटनगर–४, ५ र ११ नम्बर वडाबाट अशक्तको स्वाब संकलन गरी परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाएको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।

विराटनगर महानगरपालिकाले विराटनगरको जैन भवनमा स्वाब संकलन बुथ सञ्चालन गरिरहेको छ । स्वाब संकलन बुथसम्म आउन नसक्नेहरूको घरमै पुगेर स्वाब संकलन गरिने कार्कीले बताए । एकै स्थानमा स्वाब संकलन गर्दा भिडभाड हुने भएकाले स्वाब भेनबाट घर घरमै पुगेर स्वाब संकलन गर्दा सहज भएको नगरप्रमुख भीम पराजुलीले बताए ।

 

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved