कोरोना पुष्टि भएका दुई जनाको कोभिड अस्पतालमा मृत्यु

  • असोज ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना संक्रमण पुष्टि भएका धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जनाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

विहिबार राती उपचारमा रहेका सप्तरीको राजविराज ३ का एक ७० वर्षिय पुरुष र मोरङ कानेपोखरी १ का ५५ वर्षिय पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृत्तक मध्ये राजविराज ३ का पुरुषलाई गजेन्द्र नारायण सिंह अस्पतालबाट भदौ २५ गते कोरोना संक्रमण देखिए पछि प्रतिष्ठान स्थित कोभिड अस्पतालमा रिफर गरिएको थियो । उनलाई ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन र नेमोनियाको लक्षण देखिएको थियो । दिर्घरोगको विषयमा कुनै जानकारी नरहेको उनले बताए । उनको विहिबार राती ११ बजे मृत्यु भएको जनाएको छ ।

त्यसै गरि मोरङको कानेपोखरी १ का पुरुषको प्रतिष्ठानको सर्जिकल आइसियुमा रहेका थिए ।

उनको आन्द्राको क्यान्सर भएर शल्यक्रिया गरिएको थियो । पुरै भागमा क्यान्सर फैलिसकेको अवश्थामा उनी उपचारमै रहेका थिए । उनलाई असोज ८ गते कोरोना पोजिटिभ देखिए पछि कोभिड अस्पतालमा रिफर गरिएको थियो । उनको विहिबार साँझ साढे ८ बजे मृत्यु भएको जनाएको छ ।

दुवै मृत्तकको शव व्यवस्थापन नियम अनुसार व्यवस्थापन भइरहेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved