धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति भएर आए देखिनै व्यवस्थापनमा विवादित बन्दै आएका डा. ज्ञानेन्द्र गिरीले चिकित्सकहरुको माग प्रति चासो देखाउनुको साटो आफु अनुकुलका विभागमा कर्मचारीहरु सरुवामै व्यस्त बनेका छन् । प्रतिष्ठानमा उपकुलपति भएर आए पछि उनले कार्यकारिणी सदस्यहरु सँग सल्लाहनै नगरी आफु खुशी निर्णय गरेको आरोप लागेको थियो । त्यस पछि क्रमशः सिनेट बैठकमा लाने प्रस्ताव, कर्मचारीको सरुवा उनको विवादित विषयहरु हुन् । कोरोनाकै त्रासमा घोषित लकडाउनको बिचमा प्रतिष्ठानमा उपकुलपतिको जिम्मेवारी सम्हाल्न आइपुगेका डा. गिरीलाई पहिलो चरण देखि नै चिकित्सकहरुले आफ्ना मागहरु पेश गरेका थ
विराटनगर । संघीय शिक्षा मन्त्रालयले सिकाई सहजीकरण निर्देशिका जारी गरेको छ । त्यसैलाई टेकेर धेरै विद्यालयले कक्षा तथा विद्यालय संचालनको तयारी गरेका छन । तर, गृहमन्त्रालयको अर्को निर्देशनले भने स्थानीय तह विद्यालय खोल्ने अवस्थामै पुग्न सकेका छैनन् । उदयपुरको त्रियुगा नगरपालिकाले लकडाउन र निषेधाज्ञा सहज भएपछि विद्यालय खोल्ने विषयमा तयारी थाल्यो । संघीय शिक्षा मन्त्रालयले जारी गरेको निर्देशनलाई टकेर भौतिक दूरी कायम गरी कक्षा चलाउने नगरपालिकाको तयारी थियो । तर, गृहमन्त्रालयले भने विद्यालय संचालन नगर्न खबरदारी गरेसंगै त्रियुगामा विद्यालय कसरी खोल्ने र कक्षा चलाउने भन्ने विषय छलफलमै सीमित बन्न पुगेक
विराटनगर । विराटनगरमा पहिलो पटक निजी अस्पतालबाट कोभिड १९ को परीक्षण शुरु भएको छ । लक्ष्यणसहितका कोरोना संक्रमितको उपचार गर्दै आएको प्रदेश राजधानीको न्युरो अस्पतालले पीसीआर प्रविधिबाट कोरोना परीक्षणपनि शुरु गरेको हो । अस्पतालका अनुसार नेपाल सरकारको अनुमतिमा प्रदशमै पहिलो पटक निजीस्तरबाट अत्याधुनिक ल्याबबाट कोरोना परीक्षण शुरु गरिएको जनाएको छ । न्यूरो हस्पिटलद्वारा संचालित कोभिड अस्पतालमा आरटि पिसिआर ल्याब संचालनमा आएको हो । यो ल्याबमा दैनिक एक हजारभन्दा धेरै नमूना परीक्षण गर्न सकिने अस्पतालका अपरेशनल डाइरेक्रटर राजेश भट्टराईले जानकारी दिदै भने,“अस्पतालमै आई नमूना दिने अथवा स्वाबको घरबाटै
धरान । कोरोना संक्रमण पुष्टि भएका धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १ जनाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । विहिबार राती उपचारमा रहेका धरान २ का एक ३८ वर्षिय महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृत्तकलाई घरबाट प्रतिष्ठानको इमर्जेसीमा ल्याएको र असोज १२ गते कोरोना संक्रमण देखिए पछि प्रतिष्ठान स्थित कोभिड अस्पतालमा रिफर गरिएको थियो । उनलाई ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन र नेमोनियाको लक्षण देखिएको थियो । दिर्घरोगको विषयमा कुनै जानकारी नरहेको तर प्रतिष्ठानको इमर्जेसिमा परीक्षण गर्दा अत्यधिक मात्रामा ब्लड सुगर
धरान / पोल्याण्डर पोल्याण्डमा रहेका नेपाली मूलका व्यवसायी,उद्यमी,पेशाकर्मी तथा स्वरोजगारहरुलाई संगठित गर्दै नेपाली व्यवसायी संघ पोल्याण्डको गठन भएको छ। पोल्याण्डका लागि नेपाली पर्यटन दूत तथा व्यवसायी डाक्टर उदय देव आचार्यको अध्यक्षतामा गठन भएको व्यवसायी संघको उपाध्यक्ष रिता न्यौपाने सचिव आनन्द घिमिरे र सदस्यहरुमा नरेश सापकोटा,अमितकुमार यादव,अनुपा रेग्मी र राजेश कार्की रहेका छन्। त्यसै गरी लेखा समितिमा टंक कटुवाल, मित्रलाल पार्दे र अक्षय रिजाल चयन भएका छन्। १७ जना संस्थापक सदस्यहरु रहेको व्यवसायी संघको जिवन केसी,गणेश थापा, प्रेमलाल गैरे,इश्वर देवकोटा,शेरबहादुर परियार, प्रकाश तिवारी र रामचन्द्र
धरान । सुनसरी जिल्ला प्रहरी कार्यालयले भारतबाट ल्याइएका भारी मात्रामा अवैध लागुऔषध पक्राउ गरेको छ । सुनसरीको भोक्राहा नर्सिङ ४ चिरौली नहरबाट वर्ष २० का जमाल अन्सारी र सोही स्थान बस्ने वर्ष २२ का प्रविण कुमार उरावलाई लागुऔषध सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट डाइलेक्स डिसि १ सय एमएल १ सय ७ बोतल, निट्रा भेट ३ हजार ट्याब्लेट र स्पास्मो प्रोक्सीभोन प्लस २९ पत्ता बरामद गरेको हो । उनीहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम सुनसरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
धरान । भारतबाट अवैधरुपमा ल्याइएका चौपायाहरु जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । प्रहरीले मिनि ट्रकमा हालेर भारतबाट अवैध रुपमा ल्याउँदै गरेको २४ थान रागा सहित १ वटा पाडी बरामद गरेको हो । इनरुवा नगरपालिका वडा नम्बर ४ स्थित बसपार्क नजिकै पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको प्र–१–०–२००१ ख ८१५६ नम्बरको मिनि ट्रकमा ल्याइएका चौपायाहरु पक्राउ गरेको प्रहरीले जनाएको छ । करिब २ लाख ४० हजार मुल्य बराबरको २४ थान रागा, १० हजार मुल्य बराबरको १ वटा पाडी र १५ लाख मुल्य बराबरको मिनि ट्रक नियन्त्रणमा लिएको जनाएको छ । ट्रकका चालक इनरुवा ४ बस्ने वर्ष २८ का राजकुम
धरान । बराहक्षेत्र नगरपालिका कटहरेकी १२ वर्षिय बालिकाको हत्यामा संलग्न एक जनालाई पक्राउ गरि ५ दिनको म्याद थप गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले शनिबार आशंकामा ८ जनालाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा १ जनालाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धानको कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गत शुक्रबार बराहक्षेत्र १ की १२ वर्षिय बालिका मिना राईको आफ्नै घरमा हत्या भएको थियो । ज्यान सम्बन्धी अनुसन्धनमा प्रयोग गरिनै लैला नामको कुकुरको प्रयोग गरिएको थियो । अनुसन्धानबाट कर्तव्य गरी मार्ने वर्ष १५ का एक युवालाई थप अनुसन्धानका लागि म्याद थप गरिएको प्र
धरान । कोरोनाको कारण प्रभावित बनेको पर्यटन व्यवसायीले पर्यटन प्रवद्र्धनका लागि भए पनि सामान्य रुपमा ४१ औं पर्यटन दिवस मनाएका छन् । पर्यटन व्यवसाय तहसनहस भए पनि स्थानीय सरकारले पर्यटन प्रवद्र्धनलाई मुख्य रोजगार र समृद्धिको आधार मानेकाले पर्यटन दिवसलाई स्मरण गर्न पर्यटन व्यवसायीहरुले बेलुन उडाएर मनाएका छन् । पर्यटन व्यवसाय अझै धरायसी नै भएका छैनौं, सम्भावना बाकी नै छ भन्ने सन्देश दिनका लागि बेलुन उडाएर भए पनि दिवसको स्मरण गरिएको पर्यटन व्यवसायी बासुदेव बरालले बताए । आइतबार पर्यटन दिवसको अवसरमा धरान उपमहानगरपालिका परिषरमा धरानका प्रमुख तिलक राईले बेलुन उडाएका थिए । अघिल्लो वर्षहरुमा पर्यटन दिवस
धरान / पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १५ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै देशभर संक्रमित हुनेको संख्या ७३ हजार ३९४ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रफिङको क्रममा प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ८५ जना निको भए सगै जम्मा निको हुनेको संख्या ५३ हजार ८ सय ९८ जना पुगेको छ भने मृतकको संख्या ४ सय ७७ पुगेको छ ।