विराटनगरमा निजी अस्पतालबाट पीसीआर जाँच शुरु, नोबेलमा साढे १५ सय शुल्क

  • असोज १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगरमा पहिलो पटक निजी अस्पतालबाट कोभिड १९ को परीक्षण शुरु भएको छ ।
लक्ष्यणसहितका कोरोना संक्रमितको उपचार गर्दै आएको प्रदेश राजधानीको न्युरो अस्पतालले पीसीआर प्रविधिबाट कोरोना परीक्षणपनि शुरु गरेको हो ।

अस्पतालका अनुसार नेपाल सरकारको अनुमतिमा प्रदशमै पहिलो पटक निजीस्तरबाट अत्याधुनिक ल्याबबाट कोरोना परीक्षण शुरु गरिएको जनाएको छ । न्यूरो हस्पिटलद्वारा संचालित कोभिड अस्पतालमा आरटि पिसिआर ल्याब संचालनमा आएको हो ।
यो ल्याबमा दैनिक एक हजारभन्दा धेरै नमूना परीक्षण गर्न सकिने अस्पतालका अपरेशनल डाइरेक्रटर राजेश भट्टराईले जानकारी दिदै भने,“अस्पतालमै आई नमूना दिने अथवा स्वाबको घरबाटै संकलन गर्न (होम सेम्पलेङ) को व्यवस्था गरिएको छ ।”
अस्पतालले सामाजिक विकास मन्त्रालयसंग सम्झौता गरी लक्ष्यणसहितका कोरोना संक्रमितको उपचारको व्यवस्थासमेत मिलाएको छ ।
यता, प्रदेश १ को राजधानी विराटनगरमा अवस्थित नाबेल मेडिकल कलेजले साढे १५ सय रुपैयाँमै पीसीआर परीक्षण गरिदिन थालेको छ । विराटनगरका निजी अस्पतालले पीसीआर परीक्षण गर्न इजाजत पाएसंगै सोमबारबाट परीक्षण थालिएको अस्पतालले जनाएको छ ।

प्रदेशका ल्याबहरुमा स्वाबको चाप बढेर परीक्षणको रिपोर्ट आउन ढिलाई भईरहेको अवस्थामा निजीमा परीक्षण गराउन चाहनेका लागि सर्वसुलभ मूल्य तोकिएको बताइएको छ । नोबेलले एक महिनाअघि पीसीआर ल्याब तयार गरेको जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षणको अनुमति आएसँगै पीसीआर परीक्षण गर्न थालिएको बताउँदै कलेजका सञ्चालक डा.सुनिल शर्माले भने,“परीक्षण इजाजत प्राप्त भएकोले सर्वसाधारणलाई आर्थिक भार भपरोस भनेर ध्यान दिइएको हो ।”दुई वटा पीसीआर मेसिन भएकाले एक दिनमा दुई हजार स्वाब परीक्षण गर्न सकिने नोबेलका बरिष्ठ ल्याब अधिकृत गणेश कुमार सिंहले बताएका छन ।

पीसीआरको रिर्पोट ४ देखि ६ घण्टा भित्रै दिने अस्पतालले तयारी गरेको र शुल्क मूलुककै सबैभन्दा सस्तो भएको सुनाए ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved