‘चिकित्सकको माग भन्दा कर्मचारी सरुवामा चासो’

  • असोज १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति भएर आए देखिनै व्यवस्थापनमा विवादित बन्दै आएका डा. ज्ञानेन्द्र गिरीले चिकित्सकहरुको माग प्रति चासो देखाउनुको साटो आफु अनुकुलका विभागमा कर्मचारीहरु सरुवामै व्यस्त बनेका छन् ।

प्रतिष्ठानमा उपकुलपति भएर आए पछि उनले कार्यकारिणी सदस्यहरु सँग सल्लाहनै नगरी आफु खुशी निर्णय गरेको आरोप लागेको थियो । त्यस पछि क्रमशः सिनेट बैठकमा लाने प्रस्ताव, कर्मचारीको सरुवा उनको विवादित विषयहरु हुन् ।
कोरोनाकै त्रासमा घोषित लकडाउनको बिचमा प्रतिष्ठानमा उपकुलपतिको जिम्मेवारी सम्हाल्न आइपुगेका डा. गिरीलाई पहिलो चरण देखि नै चिकित्सकहरुले आफ्ना मागहरु पेश गरेका थिए ।

पटक पटक चिकित्सकहरु धर्नामा बसे, आन्दोलनको घोषणा गरे तर उनले कर्मचारीको सरुवामा चासो दिए, चिकित्सकहरुको माग प्रति कुनै सुनुवाई नै गरेनन् । अझै पनि चिकित्सकहरु आन्दोलनमै रहनु परेको छ । उनी होम आइसोलेसनमा रहेको समय कर्मचारीहरुको सरुवा गर्न भ्याए तर चिकित्सकको माग प्रति कुनै निर्णय गर्न सकेका छैनन् ।

केही दिन देखि चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले दिनहुँ उपकुलपति कार्यालयअघि शान्तिपुर्ण धर्ना दिइरहेको छ । चिकित्सकहरुले मौन धारण पनि गरिरहेका छन् । पटक पटक ज्ञापन पत्र मार्फत आफ्ना मागहरु पेश गरेपनि सुनुवाई नभएको चिकित्सकहरुको भनाई छ । चिकित्सकहरुले अढाई बर्षदेखि रोकिएको बढुवा प्रक्रिया शुरु गर्नुपर्ने, बृद्धि भएको तलब उपलब्ध गराउनुपर्ने, जोखिम भत्ता पाउनुपर्ने लगायत माग लिएर आन्दोलन गरिरहेका छन् ।

सोसाइटीका अध्यक्ष डा.विष्णु पोखरेलले आफ्ना मागप्रति लिखितरुपमा ग्यारेण्टी नभएसम्म कुनै पनि सहमति वा सम्झौता नगरिने बताए । उनले भने, ‘जबसम्म लिखितरुपमा हाम्रो प्रमोशन कहिलेसम्म हुन्छ भनेर ग्यारेन्टी हुदैन, तबसम्म अरु बिषयमा सहमति, सम्झौता केही पनि हुदैन, माग पुरा नभएसम्म हाम्रो आन्दोलन निरन्तर जारी नै रहन्छ ।’

सन्देश र बबिनाको तिह ...

 धरान/ नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै ...

तमोर करिडोरको नावा ख ...

धरान/ अविरल वर्षाका कारण आएको बाढीले तमोर करिडोरअन ...

धरानका युवक चढेको मो ...

बारा/ बाराको जितपुर सिमरामा डिजेल बोकेको ट्यांकर, ...

पुस ९ गतेदेखि हिबिस् ...

धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved