समाचार

    Showing 8,531-8,540 of 10,050 items.
  • डा. केसीको जिवन रक्षाको माग गर्दै वीपीमा शुक्रबार देखि ओपिडि सेवा बहिष्कार

    धरान । तीन साता देखि मेडिकल माफिया विरुद्ध सत्यग्रहमा बसेका डाक्टर गोविन्द केसीको जिवन रक्षाको माग गर्दै आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरुले शुक्रबार देखि ओपिडि सेवा बहिष्कार गर्ने घोषणा गरेका छन् । नेपाल मेडिकल एशोसियसनको देशव्यापी आव्हान अनुसार प्रतिष्ठानका चिकित्सकहरु केही दिन देखि देखि प्रतिष्ठान परिसरमा धर्ना दिदै आएका छन् । दैनिक ९ बजे देखि ११ बजे सम्म ओपिडि अघि धर्नामा बस्दै आएका उनीहरुले विहिबार २ घण्टा ओपिडि नै बहिष्कार गरेका छन् । शुक्रबार देखि पुर्ण रुपमा ओपिडि सेवा बहिष्कार गर्ने चिकित्सकहरुले बताएका छन् । आन्दोलनमा प्रतिष्ठानका सिनियर, जुनियर

    • प्रकाशित मितिः असोज २३, २०७७
    • 1,329 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाले नेपाली बजारलाई फाइदा, पारी जाने ग्राहक वारि नै रोकिए

    विराटनगर । कोरोनाका कारण यतिबेला सिमावर्ती नेपाली क्षेत्रका बजार गुलजार भएका छन् ।  कोरोना भाइरसको महामारीका कारण प्रदेश १ का भारतीय सीमावर्ती बजार नजिकै सीमा सिल छन । यसको प्रत्यक्ष फाइदा स्वदेशी बजारमा परेको छ । ठूलो संख्यामा नेपाली पुग्ने र अधिक खरिददारी हुने जोगबनी बजारसम्म पुग्न कठिन भएपछि अहिले सीमा वारिका बजारमा चहल पहल बढेको हो । लकडाउनका कारण लामो समय बन्द रहेका नेपालतर्फको बजार र पसल खुलिसकेका छन् । यातायात पनि सूचारु भएका छन । नेपाली बजारमा बिस्तारै दशैंको चहलपहल समेत बढेको छ । व्यापारीका अनुसार भारतीय सीमा बन्द भएका कारण मानिसहरु स्वदेशी बजारमा किनमेल गर्न आउन थालेका छन । व

    • प्रकाशित मितिः असोज २३, २०७७
    • 818 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मृगौला पिडित दिपेनलाई युकेबाट सहयोग

    धरान । दुवै मृगौला खराब भई विराटनगर स्थित नोबेल अस्पतालमा उपचार गराईरहेका तेह्रथुमका २१ वर्षिय मृगौला पिडितलाई ४ लाख ८१ हजार ३० रुपैया सहयोग प्राप्त भएको छ । तेह्रथुमको लालिगुरास नगरपालिका वार्ड न ६ सुङ्नामका दिपेन खवाहाङ लिम्बुलाई तेह्रथुम समाज युकेले सहयोग गरेको हो । तेह्रथुम समाज युके परिवारले संकलन गरि नेपाल पठाएको रकम तेह्रथुम समाज युके नेपालका कोर्डिनेटर तथा किराँत याक्थुङ चुम्लुङ सुनसरीका अध्यक्ष मोहन कुमार लिम्बूले बिरामी दिपेन र उनका बुबा भिम बहादुर खवाहाङ लिम्बुलाई प्रदान गरेका छन् । तेह्रथुम समाज युके का अध्यक्ष भुवन खवाहाङ लिम्बुको सम्योजकत्वमा ९५ जनाबाट सहयोग रकम संकलन भएको थियो

    • प्रकाशित मितिः असोज २३, २०७७
    • 451 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउनमा थन्किदा म्याद नाघेका सामान बजारमा ,कोरोना त्रासले अनुगमन भएन

    धरान । गत चैत्र ११ गते देखि घोषणा भएको लकडाउनका कारण बाहिरी मुलुकबाट आयात हुने सबै खाद्यान्न लगायत अन्य आवश्यकीय वस्तुहरु आउन सकेनन् । व्यापारी सँग स्टक भएका उपभोग्य वस्तुहरु लकडाउनका कारण गोदाममै थन्किन पुगे । लकडाउनको समयमा थन्किएका उपभोग्य वस्तुहरु बजारमा देखिन थालेका छन् । लामो समय देखि स्टक भएर बसेका उपभोग्य वस्तुलाई पुनः लेबलिङ गरि बजारमा ल्याउन थालिएको पाइएको छ । विशेष गरि भारतीय बजारबाट आयात हुने बिस्कुट, चक्लेटहरु म्याद थप गरि नयाँ लेबलिङमा बजारमा पाउन थालेको छ । चाडबाड नजिकिदै गर्दा महंगो मुल्यमा पाइने उपभोग्य वस्तुहरुको अनुगमनमा स्थानीय तह चुकिरहेको छ । सरकारी निकायहरुको पनि चासो प

    • प्रकाशित मितिः असोज २३, २०७७
    • 791 पटक पढिएको
    • "संजोगबाबु दाहाल"
  • बराहक्षेत्रमा विद्युत आएको २५ वर्ष पछि श्रीलंका टप्पुमा पुग्यो उज्यालो

    बराहक्षेत्र । होरेच चन्द्रवंशी उमेरले ७५ वर्ष पुगे । ७५ वर्षपछि उनको टहरोमा बिजुली बत्ति बल्यो । वराहक्षेत्र नगरपालिकाको वडा नं. ९ स्थित श्रीलंका टप्पुस्थित गरैयामा जन्मिएका उनले जीवनको उत्तरार्धमा बिजुली बत्ती देख्न पाएकोमा खुसी प्रकट गरे । गरैयामै जन्मिएका र ०४५ सालमा कोशी नदीको कटानमा परेपछि केही वर टप्पुमा सरेका भुराइ चन्द्रवंशीले पनि ६० औं वसन्त पार गरेपछि बिजुली बत्ती बलेको देखे । वराहक्षेत्र नगरपालिकाको श्रीलंका टप्पुमा विद्युत पुग्दा स्थानीय हर्षित भएका छन् । सप्तकोशी नदीले घेरेको वडा नं. ६ र ९ को भूभाग टप्पुमा बिजुली बलेपछि पुख्र्यौली रुपमा खेती किसानी गर्दै आएका किसानमा आशा र उत्सा

    • प्रकाशित मितिः असोज २३, २०७७
    • 1,962 पटक पढिएको
    • "नवराज विष्ट"
  • थप ४३ सय ६४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुग्यो

    धरान /  पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४३६४  जनामा संक्रमण पुष्टि भएको छ । यो सगै देशभर संक्रमित हुनेको संख्या ९८ हजार ६१७   पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रफिङको क्रममा प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६७५  जना निको भए सगै जम्मा निको हुनेको संख्या७१ हजार ३४३ जना पुगेको छ भने मृतकको संख्या ५ सय ९० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ पुगेको मन्त्रालयले जनाएको छ।    

    • प्रकाशित मितिः असोज २२, २०७७
    • 685 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नागरिकता र राहदानी किर्ते गरेको आरोपमा दुई जना पक्राउ

    धनकुटा / नागरिकता र राहदानी किर्ते गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी नगरपालिका–२ का ३० बर्षीय भीमराज लिम्बू र ३६ बर्षीय हडिन रोगु (लिम्बू) छन् । फरार रहेका हडिनलाई धरान र भीमराजलाई धनकुटा बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोबिन्द अधिकारीले बताए । भीमको नागरिकता हडिनले लगेर हराएको भनी जिल्ला प्रशासन कार्यालय धनकुटाबाट आफ्नो फोटो टाँसेर प्रतिलिपि निकालेका थिए । भीमको विवरणमा हडिनको फोटो टाँसेर निकालिएको नागरिकताको प्रतिलिपिबाट हडिनले राहदानी समेत लिएका छन् । त्यसपछि भीमले पनि पुनः आफ्नो नागरिकता हराएको भनी ते

    • प्रकाशित मितिः असोज २२, २०७७
    • 922 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • ब्राउन सुगर सहित इटहरी एक जना पक्राउ

     धरान । लागुऔषध ब्राउन सुगरको कारोबार गर्दै गरेको अवश्थामा प्रहरीले इटहरीका एक जनालाई पक्राउ गरेको छ । इटहरी ५ जनतावस्तीका वर्ष २३ का प्रविण राईलाई प्लाष्टिकमा पोका गरि राखेको अवश्थामा १५ ग्राम ४० मिलीग्राम र घरमा लुकाई राखेको २३ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । बिक्रि वितरण भैरहेको गोप्य सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त प्रहरी टोलिले इटहरी ४ स्थित स्याभाले होटलबाट पक्राउ गरेको हो । प्लाष्टिकको टुक्रा बनाई छुट्टा छुट्टै पोका पारेर राखेको १६ वटा र घरको तलासी गर्दा २७ पोका ब्राउन सुगर पक्राउ गरेको प्रहरीले जनाएको छ

    • प्रकाशित मितिः असोज २२, २०७७
    • 1,544 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खाली चेक दिई नगद ठगि गर्ने पक्राउ

     धरान । खाली चेक दिई नगद पैसा लिदै हिड्ने इटहरी ९ का एक जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । इटहरी ९ स्थित भोजपुर टोल बस्ने भोजपुरे ज्वेलर्सका संचालक वर्ष ३५ का माधव रिसाललाई प्रहरीले पक्राउ गरेको हो । इटहरीका स्थानीयलाई विभिन्न बहाना देखाउँदै नगद लिई खाली चेक दिदै ठगि गर्दै हिडेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । असोज २१ गते इनरुवा ३ सखुवागाछि एरियामा लुकिछिपी बस्दै आएको अवश्थामा उनलाई पक्राउ गरेको हो । रिसाललाई मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिक ठगि गरेको अभियोगमा मुद्धा चलाइएको जनाएको छ ।  

    • प्रकाशित मितिः असोज २२, २०७७
    • 999 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका वडा सहित उपमहानगरपालिकाको कार्यलय एक साताको लागि बन्द

    धरान । धरान उपमहानगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधीहरुमा कोरोना संक्रमण बढ्दै गए पछि उपमहानगरपालिकाको कार्यालय सहित वडा कार्यालयहरु पनि विहिबार देखि बन्द हुने भएका छन् । धरानमा लकडाउन घोषणा नगरि एक साताका लागि कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । बिहिबारदेखि असोज २८ गतेसम्म कार्यपालिका र वडाहरुबाट गरिने अत्यावश्यक सेवा बाहेकका सेवाहरु बन्द गरिने उपमहानगरपालिकाले जनाएको छ ।उपमहानगरपालिकाले सुचना जारी गर्दै कार्यालयका कर्मचारी, वडाका जनप्रतिनिधिहरु समेत कोरोना संक्रमण पुष्टि भएकोले उनीहरु आइसोलेसन तथा क्वारेन्टाइनमा बस्नु पर्ने भएकाले उपमहानगर र वडा कार्यालयहरु बन्द गर्नु परेको जनाएको छ ।

    • प्रकाशित मितिः असोज २१, २०७७
    • 779 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved