डा. केसीको जिवन रक्षाको माग गर्दै वीपीमा शुक्रबार देखि ओपिडि सेवा बहिष्कार

  • असोज २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । तीन साता देखि मेडिकल माफिया विरुद्ध सत्यग्रहमा बसेका डाक्टर गोविन्द केसीको जिवन रक्षाको माग गर्दै आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरुले शुक्रबार देखि ओपिडि सेवा बहिष्कार गर्ने घोषणा गरेका छन् ।
नेपाल मेडिकल एशोसियसनको देशव्यापी आव्हान अनुसार प्रतिष्ठानका चिकित्सकहरु केही दिन देखि देखि प्रतिष्ठान परिसरमा धर्ना दिदै आएका छन् । दैनिक ९ बजे देखि ११ बजे सम्म ओपिडि अघि धर्नामा बस्दै आएका उनीहरुले विहिबार २ घण्टा ओपिडि नै बहिष्कार गरेका छन् । शुक्रबार देखि पुर्ण रुपमा ओपिडि सेवा बहिष्कार गर्ने चिकित्सकहरुले बताएका छन् ।

आन्दोलनमा प्रतिष्ठानका सिनियर, जुनियर सबै चिकित्सकहरु सहभागी छन् । मेडिकल एशोसिएनको आह्वानमा चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाज र जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटी वीपी प्रतिष्ठान पनि आन्दोलनमा उत्रिएको हो । चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष डा. विष्णु पोखरेलले भने, ‘एनएमएको आह्वानमा आज २ घण्टा ओपिडी पनि बहिष्कार भयो, भोलीदेखि पुरै ओपिडी सेवा नगर्ने घोषणा गरिएको छ ।’

डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै शुक्रबार देखि प्रतिष्ठानका जुनियर रेसिडेन्टहरुले रिले अनसन बस्ने भएका छन् । उनीहरुले डा.केसीको जीवन रक्षा र जायज माग तत्काल पुरा गर्न माग गर्दै रिले अनसन बस्ने घोषणा गरेका हुन् । जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष पदम नेपालीले डा.केसीको ज्यान जोखिममा भएकोले सरकारले तत्काल वार्ता गरेर माग पुरा गर्न र जीवन रक्षा गर्न माग गरे । डा.केसीको माग बारे सरकार र केसी दुवै तर्फबाट वार्ता टोली गठन भइसकेको छ । अहिले दुवै पक्षको टोलीबीच छलफल भइरहेकोले सहमति हुनसक्ने सम्भावना पनि छ ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved