काठमाडौं । कोरोना भाइरस संक्रमणप्रति सतर्कता अपनाउन मुलुकमा लगाइएको लकडाउन जेठ मसान्तसम्म लम्बिएको छ । सरकारले लकडाउन जेठ ३२ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउन फेरि १२ दिन थप्ने निर्णय गरेको हो । मन्त्रिपरिषदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ उडान असार १६ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ । कोरोना भाइरसप्रति सतर्कता अपनाउन सरकारले शुरूमा चैत ११ गते एक साताको लागि लकडाउन घोषणा गरेको थियो । त्यसपछि विभिन्न चरणमा थप गर्दै लगेको हो । सरकारले यसअघि लकडाउन जेठ २० गतेसम्म कायम राख्ने निर्णय गरेको थियोे । लकडाउनको म्याद सकिनु २ दिन अगावै फेरि त्यसलाई
धरान । रुकुम पश्चिममा जातीय विभेद कारण ६ जना हत्या काण्डका हत्याराहरुलाई कार्वाहीको माग गर्दै धरानमा तेस्रो दिन पनि शान्तिपुर्ण विरोध प्रर्दशन गरेका छन् । उपेक्षित उत्थान सरोकार केन्द्र धरानले आयोजना गरेको कार्यक्रममा धरानका सबै राजिनितिक दल, नागारिक समाज, सामाजिक संघसंस्था र सयौँ मानिसको उपस्थिति रहेको थियो । \कार्यक्रममा नेकपा धरान अध्यक्ष नारायण सुवेदी, नेपाली कांग्रेस वडा नं. ८ अध्यक्ष उमेश पौड्याल, लिम्बुवान मञ्चका पर्शुराम वाइवा, जनता समाजबादी पार्टीका भगिरथ राई र दलित विकास समिति धरानका सचिव तारा लामगादे साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरु खगेन्द्र नेपाली, गंगा कालिकेटे, जुद्ध लोहनी
नेपालमा थप १८९ जना कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमतिहरुको संख्या १४०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रसे व्रिफिङको क्रममा बोल्दै मन्त्रालयका प्रवक्ता डा बेकास देबकोटाले थप १८९ जनामा संक्रण पुष्टि भएको जनाकारी दिएका छन् । उनका अनुसार नयाँ संक्रमितहरु मध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन्। कोरोना संक्रमण पुष्टि भएका हरु मध्ये २१९ जना निको भएका छन् भने ६ जना संक्रमतिहरु मृत्यु भइसकेको छ ।
धरान । सबै कार्यपालिका सदस्यहरुलाइ खबर नभए पछि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ । कार्यपालिका बैठकका लागि निर्वाचित वडाअध्यक्ष बाहेकका ८ जना कार्यपालिका सदस्यहरुलाई खबर नगरे पछि उनीहरुको अनुपश्थित रहे पछि बैठक स्थगित गरिएको हो । कार्यपालिका बैठकका लागि ५ जना महिला, एकजना दलित र दुई जना अल्पसंख्यक गरि ८ जना कार्यपालिका सदस्यहरुलाई खबर गरिएको थिएन । आठ जना निवार्चित कार्यपालिका सदस्यहरु उपस्थित नभएको र खोजी गर्दा बैठकबारे कसैलाई पनि खबर नपुगेको थाहा भएपछि स्थगित गरिएको प्रवक्ता एवं वडा नं २० का अध्यक्ष मणिराम राईले जानकारी दिए । बैठक आइतबारको लागि सारिएको उनले बताए । कुनै
अघिल्लो वर्ष देखि नेपालमा फैलिएको अमेरिकन फौजि किराको प्रकोपले मकैबाली नष्ट भए पछि किसानहरु चिन्तित बनेका छन् । फौजी किराको प्रकोप भोजपुरमा फैलिन थालेको छ । फौजि किराले मकैबालि नष्ट भए पछि भोजपुरका विभिन्न स्थानका किसानहरु चिन्तित बनेका छन् । जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको कोट, गोगने, पौवादुङमा गाउँपालिकाको च्याङग्रे, तिवारीभञ्याङ, अरुण गाउँपालिकाको विभिन्न वडामा किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप बढेको हो । गोडिसकेको मकैको किराले हरियो गुबो खाएर सखाप बनाएको टेम्केमैयुङ गाउँपालिका वडा नं ७ का किसान विजयकुमार राईले बताए । यसरी नै किराको प्रकोप बढ्दै जाने हो भने आगा
धरान । झापाबाट धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएका कोरोना संक्रमित बिरामीलाई रातभरी बाहिर राख्नु प्रतिष्ठानको चरम लापरवाही रहेको सामाजिक विकाश मन्त्री जिवन घिमिरेले बताएका छन् । झापाको केचनाकवल गाउँपालिकाबाट ल्याइएका २७ जना कोरोना संक्रमितहरुलाई बेडको अभाव देखाउँदै रातभरी बाहिर राख्नु प्रतिष्ठानको लापरवाही रहेको उनले बताए । रातभरी बाहिरै बस्नु परेको भन्दै बिरामीहरुले गुनासो गरे पछि मन्त्री घिमिरे शनिबार बिहानै धरान आएका थिए । मन्त्री घिमिरले संक्रमितहरुलाई रातभर बाहिरै राखेर अमानवीय कार्य भएको बताए । साथै उनले वीपी जस्तो प्रतिष्ठित स्वास्थ्य संस्थाबाट लापरवाही
धरान । बेडको अभावमा रातभरी अस्पताल बाहिर बसेका झापाबाट आएका २७ जना कोरोना संक्रमितहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना गरिएको छ । शुक्रबार साँझ झापाको कचनकवल गाउँपालिकाबाट बसबाट धरान आएका २७ जना कोरोना संक्रमितलाई बेड अभावले गर्दा व्यवस्थापनमा कठिनाई भएको प्रतिष्ठानका प्रवक्ता डा. नितेश सापकोटाले बताए । उनले भने, ‘आज बिहानै उनीहरु सबैलाई आइसोलेसनमा भर्ना गरिसकिएको छ, समन्वय नहुँदा केही समस्या आएको थियो ।’ पेइङ वार्डलाई आइसोलेसन कक्ष बनाइएको छ । आइसोलेसनमा करिब ६० जना बिरामी भएकाले तुरुन्तै सबैलाई भर्ना गर्न नसक्दा समस्या भएको उनको भनाई छ । संक्रमणक
नेपालमा थप १७० जनामा कारोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १२१२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा बोल्दै मन्त्रालयका प्रवक्ता डा बिकास देबकोटाले थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । अहिले थपिएका नयाँ संक्रमितहरु मध्ये १६५ जना पुरुष र ५ जना महिला रहेको प्रवक्ता देबकोटाले जनाकारी दिएका छन् । उनका अनसार संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका ५६, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना
कपिलवस्तु जेठ १६ कपिलवस्तु जिल्लाका थप ४ जना कोरोना संक्रमण मुक्त भएका छन्। कोरोना विषेश अस्पताल दाङमा उपचाररत कृष्णनगर नगरपालिकाका ३ जना र शिवराज नगरपालिकाका १ जना कोरोनामुक्त भएका हुन्। यसअघि गत आइतबार कोरोना बिशेष अस्पताल बुटवलबाट १० जना संक्रमित निको भएर घर फर्किएका थिए। जसमा बुद्धभुमी नगरपालिकाका १ जना पुरुष, कपिलवस्तु नगरपालिकाका ३ जना पुरुष, मायाँदेबी गाउपालिकाका ३ जना पुरुष र यशोधरा गाउपालिका ३ जना पुरुष थिए। त्यस्तै, कपिलबस्तु अस्पतालमा कार्यरत नर्सले पनि कोरोना जितेर घर फर्किएका छन्। यससंगै कपिलवस्तुमा निको हुनेको संख्या १५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुका फोकन पर्सन कु
धरान । पश्चिम रुकुमको चौरजहारीमा सामुहिक दलित युवाहरुको हत्या गरेको विरोधमा राष्ट्रिय दलित पत्रकार संघ सुनसरीले दिउँसै मैनबत्ती बालेर कानुन कार्यान्यवनमा अध्यारो कुनामा बसेको सरकारको ध्यानाकर्षण गराएका छन् । संघको केन्द्रिय समितीले जारी गरेको निर्देशन अनुसार सुनसरीको कार्यसमितीले धरान स्थित इलाका प्रशासन कार्यालयको मुल गेटमा मृत्तकहरुलाई श्रद्धान्जली दिर्दै विभेद विरुद्धको कानुनलाई अक्षरशः पालना गराउन सरकारको ध्यानाकर्षण गराएको छ । संघको निर्देशन अनुसार देशका ७७ वटै जिल्ला संगठनहरुले पायक पर्ने जिल्लाका प्रशासन कार्यालय अघि शान्तिपुर्ण विरोध प्रदर्शन गरेका छन् । संघका प्रदेश समिती सचिव रणध्व