वीपीमा कोरोना संक्रमित बसेको आवास क्षेत्रमा तिन दिन देखि फोहोर उठेन

  • असोज २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आवाशीय क्षेत्रमा होम आइसोलेसनमा बस्दै आएका कोरोना संक्रमितहरुको आवासमा तिन देखि फोहोर उठ्न नसक्दा थप जोखिममा परेका छन् ।

आवास क्षेत्रमा तिन देखि पानी पनि नआएको र फोहोर पनि उठेको छैन् । तिन देखि समस्या भए पनि प्रशासनले कुनै चासो नदेखाएको आवासमा बस्दै आएका कर्मचारीहरुले गुनासो गरेका छन् । होम आइसोलेसनमा बसेका एक संक्रमितले भने, ‘संक्रमण पुष्टि भई होम आइशोलेसनमा बसेका संक्रमितहरुको आवास क्षेत्रको फोहोर उठेको छैन, धारामा पानि नआएको ३ दिन भयो, प्रशासलाई खवर गर्न खोज्दा प्रशासनको फोन उठ्दैन, फोहोरबाट झन अन्य संक्रमण फैलने उच्च जोखिम छ ।’

प्रतिष्ठानको प्रशासनमा रहेका कर्मचारी तथा अस्पताल निर्देशक र रजिष्टार लाई फोन गर्दा फोन समेत नउठ्ने गरेको वताउदै उनले पानिको अभाव सगै फोहोर समेत कोठामै राख्नु पर्दा दुर्गन्ध समेत फैलन थालेको गुनासो गरे । वाहिर निस्कन पाइदैन खाने पानि समेत नहँुदा झन समस्यामा रहेको वताउदै उनले भने, ‘यो वेला खानपान र सरसफाईमा ध्यान दिनु पछै, तर पानी आउदैन फोहोर पनि उठ्दैन ।’ प्रतिष्ठानको आवाशीय क्षेत्रमा रहेका संक्रमितहरुको अवस्था कस्तो छ भन्ने विषयमा प्रशासनले सोधखोज समेत नगरेको उनीहरुको गुनासो छ । प्रतिष्ठानको आवाशीय क्षेत्रमा कर्मचारी, चिकित्सक, विद्यार्थी तथा उनीहरुका परिवार एक सय भन्दा धेरै संक्रमितहरु होम आइसोलेसनमा वसेका छन् ।

प्रतिष्ठानका रजिष्टार मोहन चन्द« रेग्मीले पानिको समस्या रहेको स्विकार गर्दै प्रयाप्त पानि दिन नसकेको वताए । उनले भने ‘पानिको समस्याका बारे आफु जानकार भएको र समस्या समाधानका लागि निर्देशन दिइसकेको छु ।’ फोहोर नउठेको विषयमा भने कुनै जानकारी नआएको उनले बताए । उनले भने, ‘खबर आएको थियो पानिको समस्या बारे मैले तत्कालै सिभिलको शाखा प्रमुखलाई बोलाएर समस्या समाधानको निर्देशन दिएको छु, प्रतिष्ठानमा पुरानो अन्डरग्राउन्ड वाटर सप्लाई सिस्टम धेरै पुरानो भएकाले पुनःस्थापन गर्नु पर्ने छ ।’ फोहोर उठाउनको लागि डिस्पोजलको मेकानिजम रहेको बताउँदै उनले फोहोर दैनिक उठिरहेको बताए । फोहोर नउठेको विषयमा कुनै जानकारी नभएको उनको भनाइ छ ।

सक्रमितहरु बस्दै आएको आवाश क्षेत्रको अझै पनि फोहोर उठ्न सकेको छैन । होम आइसोलेसनमा बसेकाहरुको अनुगमन तथा व्यवस्थापन राम्रो हुन नसक्दा थप समस्या उत्पन्न हुन थालेको छ । प्रशासनको यस तर्फ ध्यान पुग्न नसक्दा संक्रमणको थप जोखिम बढीरहेको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved