विराटनगर । प्रदेश १ का सांसदले भूतपूर्व गोर्खा सैनिक लाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ता नकाट्न आग्रह गर्दै सरकारको ध्यानाकर्षण गरेका छन् । प्रदेशसभामा शुन्य समयमा बोल्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फे २०७७ असार १७ गते संघीय सरकारले भत्ता कटाउने भन्दै गरेको निर्णय खेदपूर्ण रहेको बताइन । भनिन्,“सामाजिक सुरक्षा सम्बन्धी निर्णय खेदपूर्ण छ । विश्मा वीर गोर्खाली भनेर चिनाउने ब्रिटिस र भारतीय गोर्खा लाहुरेले जति कमाएर ल्याए त्यसमा सरकारको लगानी छैन बरु देशलाई अर्बौ रेमिटेन्स दिंदै आएका छन् ।” सांसद तुम्बाहाम्फेले गोर्खाले पाउँदै आएको पेन्सन ब्रिटिस र भ
इटहरी । गाउँ पसेको बाढीले निकास नपाउँदा बराहक्षेत्र ५ का माझी गाउँ डुबानमा परेको छ । बराहक्षेत्रको भरौल, कालाबञ्जार, लगायतका स्थानहरू अहिले जलमग्न बनेका छन । गए राति देखि परेको अविरल वर्षाका कारण सुनसरीको बराहक्षेत्र स्थित हैटा खोलामा आएको बाढीले बराहक्षेत्र ५ माझी गाउँ अहिले डुबानमा परेको हो । गाउँ सहित ज.डे.ज. मा. वि, मुनविम एकेडेमी, सिद्घार्थ मेमोरियल स्कुलमा समेत पानी पसे पछि डुबान भएको छ । जमेको पानीले निकास नपाउँदा र खोला अतिक्रमण हुने क्रम नरोकिएपछि बाढिले चौतर्फी बितण्डा मचाएको बराहक्षेत्र ५ भरौलका स्थानीयहरूले बताएका छन । बाढीले त्यस क्षेत्रका करीब ३ दर्जन बढी घरहरूमा प्रत्यक्ष असर ग
विराटनगर । प्रहरीले मोरङको कटहरीबाट ठूलो परिमाणमा काठ बरामद गरेको छ । गएराति कटहरी गाउँपालिका वडा नं.४ राम चौकमा को २ त ३२४८ नम्बरको ट्रयाक्टरमा लोड गरी ल्याइँदै गरेको अवस्थमा अवैध काठको गोलिया बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार चोरी गरी विराटनगरतर्फ ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङ तथा सिआरभी टोली कटहरीले काठ बरामद गरेको हो । कटहरी गाउँपालिका वडा नं.२ स्थित आदर्श टोलबाट जिल्ला मोरङ रंगेली नगरपालिका ३ बस्ने बर्ष २७ को चालक मेघनाथ मण्ड, विराटनगर ६ रामपुर बस्ने वर्ष २० को सह–चालक ओम प्रकाश कुमार यादवलाई ट्रयाक्टर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ
धरान / भन्सारमा रहेका सरकारी कार्यालयहरुकै मिलेमतोमा नेपाल तिर प्रतिबन्धीत माछाहरु भित्रिने गरेको पाइएको छ । सिमानाकामा रहेको सरकारी कार्यालयहरुले अनुमती दिएको भारी परिमाणको माछा सुनसरी प्रशासनले रोकिदिए पछि भन्सारका सरकारी कार्यालयहरुले तस्कर सँगको मिलेमतोमा प्रतिबन्धीत माछा निर्यात हुने गरेको पुष्टि गरेको छ । विराटनगरको भन्सार कार्यालयबाट प्रज्ञापनपत्र र पशु क्वारेन्टाइन विराटनगरबाट प्राप्त भएको खानयोग्यको प्रमाणपत्र लिएर आएको क्याट फिस नामक माछा प्रतिबन्धीत रहेको छ । तर पनि भन्सारले प्रमाणपत्र दिएरै आयात गर्न खुल्ला गरि दिएको हो । विक्रीका लागि भारतबाट नेपाल भित्रिएको क्याट फिस
इटहरी / सुनसरीको इटहरी उपमहानगरपालीका वार्ड नं १० बरगाछी टोलमा लायन्स क्लब अफ इटहरी सिटिले बिभिन्न प्रजातीका ३ सय वटा बिरूवा बृक्षारोपण गरेको छ । गाउँघरको पर्यावरण तथा बातावरणलाइ हरीयाली बनाउन क्लबले बिभिन्न प्रजातीका ३ सय बिरूवा रोपेको हो । लियो क्लब अफ ईटहरी सिटिका सभापति सफल पौडेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा बरगाछी टोलका स्थानीयहरूको पनि सहभागीता रहेको थियो । आगामि वर्षदेखि हरियाली भित्रको गाउँ निर्माण गर्न उक्त टोलमा बोटबिरूवा रोपिएको कार्यक्रम संयोजक पौडेलले बताए । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबका जोन चियरप्रसन मेनुका गिरी रहेकी थिईन् भने कार्यक्रमको अध्यक्षता लाय
इटहरी / सुनसरीको इटहरी उपमहानगरपालीकामा नीतिगत अनियमिता कायमै रहेको अर्काे तथ्य फेला परेको छ । महालेखा परिक्षकको ५७ औ वार्षिक प्रतिवेदनमा कानुन बिपरित ७८ लाख रुपैया रकम निकासा भएको देखाएपछि उपमहानगरभित्र अझै पनि नीतिगत अनियमिताता कायमै रहेको तथ्य फेला परेको हो । उपमहानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७९को नीति उलङघन गरी खर्चभार बढाएको महालेखा प्रतिवेदनले उल्लेख गरेको छ । एउटाको शिर्षकमा आएको बजेट अर्काे शिर्षकमा लगेर खर्च गर्नुका साथै यातायात मर्मत, भ्रमण खर्च, भत्ता लगायतका बिषयहरूमा आर्थिक पारदर्शिता कायम नगरेको प्रतिवेदनले प्रस्ट उल्लेख गरेको छ । कुनैपनि स्थानीय तहले कुनै क
धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबार गरिएको स्वाब परिक्षणमा दुई जनामा कारोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि जनकपुर बाट आएका एक व्यक्ति र प्रतिष्ठानमै एमबिबिएसको फाइनल प्राक्टिकल परिक्षा दिन भारतबाट आएकी एक छात्रामा कोरोना पोजिटिभ देखिएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार जनकपुरबाट आएका व्यक्तिलाई आउने बित्तिकै कोरोनाको शंका गरिए पछि सिधै आइसोलेसनमा राखिएको थियो । आइसियुमै राखेर उपचार गरिरहेका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । उनलाई अहिले भेन्टिलेटर सहितको आइसोलेसनमा सिफ्ट गरिएको छ । उनको उपचारमा शुरुवात देखिनै सावधा
इलाम / सूर्योदय नपा १३ की ७३ वर्षीया टीका ढुङ्गेलको मुख्य आम्दानीको स्रोत भनेको तरकारी नै हो । हप्ताको एकपटक स्कुसको टुप्पा र काँक्रा टिपेर बेच्ने गरेकी टीकाले पनि हप्तामा तरकारीबाटै तीन हजार रुपैयाँको हाराहारीमा हात पार्ने गर्थिन । तरकारी खेतिमा लागेकी टीका यस पटक तरकारीखेतीबाट सन्तुस्ट हुन सकिनन् । त्यस्तै सूर्योदय नपा १४ कै बिन्दु पौडेलले गतवर्ष हप्तामा दुई सयदेखि तीनसय मुठा टुप्पा बेचे पनि यो सिजनमा त्यसरी बेच्न सकिनन् । दुई रोपनी जति बारीमा फैलिएको स्कूसको टाँडबाट हप्तैपिच्छे मुण्टा टिप्दा त्यति हुन्छ । टुप्पाबाटै हप्तामा चार हजार पाँचहजार सम्म हुन्थ्यो तर यसपटक उत्पादन भएको तरकारी बेच्न
धरान । लिम्बुवान क्षेत्रमा रहेको ऐतिहासिक तथा साँस्कृतिक स्थलहरुलाई विकाशका नाममा भत्काउने र हिन्दुकरण गर्न खोजेको भन्दै जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समिति, लिम्बुवानले ध्यानाकर्षण भएको जनाएको छ । ताप्लेजुङमा रहेको मुक्कुलुङको मौलिक नाम परिवर्तन गरि पाथीभरा बनाएर लिम्बुवानको साँस्कृतिक स्थल माथि अतिक्रमण गरिएको उनीहरुको आरोप छ । मुक्कुलुङ क्षेत्रलाई लिजमा दिने र केबलकार संचालन नर्ग यती होल्डिङस नामको व्यापारिक कम्पनीलाई दिएको भन्दै समितीले प्रेस विज्ञप्ती जारी गरि आपत्ति जनाएको छ । विज्ञप्तीमा लेखिएको छ, ‘यसरी एक धर्मकर्मको नाममा रैथाने आदिवासी समुदायको पुख्र्यौली भूमि कब्ज
धरान / परिक्षा दिन फर्किएकी धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी एक विद्यार्थीलाई कोराना पोजेटिभ पुष्टि भएको छ । प्रतिष्ठनले केही दिन अघि एमबिबिएस पाँचौं बर्षको फाइनल प्राक्टिकल परीक्षा दिन भारतिय विद्यार्थी हरुलाइ बोलाएको थियो । परिक्षा दिन आएकी ति छात्रालाई कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएपछी ती छात्रालाइ आइसोलेसनमा राखिएको छ । परीक्षा दिन बोलाए पछि प्रतिष्ठानले विद्यार्थीलाई होस्टलभित्र कडाँईका साथ क्वारेन्टाइनमा राखेको वार्डेन इन्द्र लिम्बू ले बताए । भारतिय विद्यार्थी हरु करिब डेढ सय पुरुष९छात्र० र ३६ जना छात्रा आएका थिए । छात्रा ३६ जनाको कोरोन