सङ्खुवासभा÷ भीरबाट लडेर शनिबार राति सङ्खुवासभाका एकजना पुरुषको मृत्यु भएको छ ।
सभापोखरी–३, फुकामका ५२ वर्षीय सूर्यबहादुर घलेको मृत्यु भएको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पावाबाट घर फर्कने क्रममा बालिङ्गे भीरबाट लडेर घलेको मृत्यु भएको जानकारी स्थानीयले प्रहरीलाई दिएका थिए ।