धरान÷ नेपाल चलचित्रकर्मी महासङ्घको १ नम्बर प्रदेश समितिले विपन्न तथा असहायहरूलाई न्यानो कपडा र कम्बल वितरण गरेको छ ।
समितिले शनिबार धरानको सरस्वती बाल आश्रम, इटहरीको मायाघर र विराटनगरको मानव सेवा आश्रममा पुगी त्यहाँ आश्रितहरूलाई न्यानो कपडा वितरण गरेको महासङ्घका प्रदेश अध्यक्ष अरूणकुमार प्रधानले जनाए।
त्यस क्रममा बाल आश्रममा आश्रित ३० बालबालिका, मायाघरमा आश्रित एक सय १० र विराट वृद्ध आश्रममा आश्रित एक सय ४० जनालाई न्यानो कपडा वितरण गरिएको उनले बताए । अध्यक्ष प्रधानले यस्ता कार्यमा अझ क्रियाशील हुने बताए ।
विराटनगरको कार्यक्रममा हाल जापानमा बस्ने चलचित्रकर्मी विनोद बुढाथोकीले वृद्ध आश्रमलाई ५ हजार १ सय रुपैयाँ प्रदान गरेका थिए ।
उनले जापान पुगेर कपडा सङ्कलन गरी नेपाल पठाउने जानकारीसमेत दिएका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू तथा स्थानीय उपस्थित थिए ।
इनास युके परिवार र प्रतिभा नक्षत्र परिवार युकेको सहयोगमा कपडा वितरण गरिएकोे चलचित्रकर्मी महासङ्घले जनाएको छ ।
कार्यक्रममा महासङ्घका प्रदेश अध्यक्ष प्रधान, महासचिव दिनेश कोइराला, सल्लाहकार प्रेम सुब्बा, कलाकारहरू हिमाल दाहाल, कृष्ण नेपाल, त्रिविक्रम कोइराला, मिलन सुवेदी, शत्रुधन अन्सारी, हस्त लिवाङ, विजय संयोक सुब्ब्बा, विनोद श्रेष्ठ, सन्तोष सरकार, विनोद पुडासैनी, भीम लामा, प्रबलदीप विश्वास, विक्रम राजवंशी, रुक्मिणी मास्केलगायत उपस्थित थिए ।
विराट वृद्ध आश्रममा आयोजित कार्यक्रमको संयोजन राजवंशी चलचित्रकर्मी सङ्घ, मोरङले गरेको थियो ।