माघ २५ गते बोलाइयो प्रदेशसभा बैठक

  • माघ १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt फाइल फोटो

विराटनगर÷ प्रदेश १ को प्रदेशसभा बैठक यही माघ २५ गते बस्ने तय भएको छ ।

प्रदेशसभा सचिवालयले आइतबार सूचना प्रकाशन गरी माघ २५ गते २ बजेको लागि बैठक बस्ने जानकारी दिएको छ ।

माघ ७ गते करीब तीन मिनेट बसेर अर्को सूचना नहुन्जेलसम्मका लागि भन्दै बैठक स्थगन गरिएको थियो । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखको शुभकामना सन्देश पढेर बैठक स्थगन गरेका थिए ।

नेकपाको विवाद र मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावका कारण प्रदेशसभा बैठकलाई बाहिरबाट समेत निक्कै महŒवका साथ हेरिएको छ । नेकपाभित्र चलेको एक समूहले अर्कोलाई कार्वाही गर्ने शृङ्खलाबीच फेरि बस्न लागेको बैठकको विषयमा जनस्तरमा समेत चासो रहेको छ ।

अबको बैठकमा अविश्वास प्रस्तावमा छलफल हुनेछ । प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्तावमाथि छलफल चाहेका छन् भने ओली निकटले यो प्रस्ताव नै विधिसम्मत नभएको दाबी गर्ने गरेका छन् ।

तर, प्रमुख विपक्षी काङ्ग्रेसले भने पार्टीको विवादले प्रदेशसभाका काम–कारवाहीमा प्रभाव पर्न नहुने बताइरहेको छ ।

मुख्यमन्त्री राईलाई प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेताबाट हटाएको छ ।

यसैगरी राई समूहले पनि नेता भीम आचार्यसहित १६ जनालाई निलम्बन गरिएको जनाएको छ, तर यो विवादले प्रदेशसभामा असर गर्न नहुने विपक्षी सांसद्हरूको मत छ ।

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

वीपी प्रतिष्ठानलाई छ ...

धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved