इलाम / इलाम स्थित माई खोला किनारमा एक पुरुष मृत अवस्थमा फेला परेका छन । इलाम नगर पालिका .८ स्थित नामसालिङ जाने माईखोलाको पक्की पुल नजिक खोला किनारामा एक पुरुष मृत अवस्थमा फेला परेका हुन । फेला परेको उक्त लासको हाल सम्म नाम थरवतन केही नखुलेको र टाउको तथा निधारमा निल डाम चोट लागेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । अन्दाजि ३०–३२ वर्षको उक्त लासमा हातको दाहिने नाडिमा रातो पहेलो डोरा बाँधेको र गलामा रातो डोरीमा पहेलो जन्तर(बुटी) लगाएको अन्दाजि ५ फिट ७ ईन्च उचाई भएको, रातो बर्णको, तालुमा पातलो केश भएको लास रहेको प्रहरीको भनाई छ । घटनास्थल लाशजाँच मुचुल्का लगायतका सम्पुर्ण प्रारम्भिक
काठमाडौ / आज थप १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १८ हजार ३ सय ७४ जना पुगेको छ । शुक्रबार थप १को मृत्यु भएको छ मृत्यु हुनेमा वीरगञ्ज- ११, श्रीपुर रसीघाटकी ८५ वर्षीय महिलाको शुक्रबार मृत्यु भएको छ । यो सँगै मृतकको संख्या ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या१२ हजार ९ सय ४७ जना रहेका छन् । नेपालमा हालसम्म सबै
विराटनगर / सर्वोच्च अदालतले श्रीमती हत्यामा सजाय पाई जेलमा रहेका पूर्वडिआइजीलाई रिहा गरेको विषयमा प्रदेश १ को संसदमा गम्भीर प्रश्न उठाइएको छ । संसदको आजको बैठकमा सहभागी सांसदले श्रीमती हत्या गरेकालाई सर्वस्वसहित जन्मकैद गर्नु भन्ने तल्लो अदालतले गरेको निर्णयलाई उल्ट्याएर अपराधीलाई छुट्कारा दिलाउने सर्वोच्चको निर्णयले जनमानसमा अदालत प्रतिको विश्वसनीयतामाथि नै प्रश्न उठेको बताए । नेकपाकी सांसद अम्बिका थापाले भनिन्, “न्यायको तराजु समाएर बस्ने न्यायमूर्तिहरु दिनदहाडै मारिने महिलाको लागि न्याय खोज्न अब कहाँ जाने ।” उनले पूर्व डिआइजील रञ्जन प्रसाद कोइरालाले आफ्नी श्रीमती मारे
विराटनगर–प्रदेश १ सरकारले उद्योगका प्रकृति अनुशारको जनशक्ति उत्पादन गर्ने भएको छ । रोजगारीका नाममा दिने गरिएका तालिम, प्रशिक्षण प्रभावकारी नभएपछि प्रदेश १ सरकारले रोजगारदातासँग छलफल गर्दै उनीहरुका लागि आवस्यक जनशक्ति तयार गर्ने तयारी शुरु गरेको हो । सामाजिक विकास मन्त्रालयको रोजगारी प्रर्वद्धन, सीप विकास कार्यक्रम अन्र्तगत सुनसरी–मोरंग औद्योगिक करिडोरका ठुला उद्योगहरुसँग छलफल शुरु गरेको छ । उद्योगहरुको माग अनुसारको जनशक्ति तयार गर्नेगरि छलफल अघि बढाएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । बेरोजगारीलाई जागिर खोज्ने कामका लागि अहिले सम्म सरकारी स्तरबाट भएका तालिम खासै उपलब्धीप
विराटनगर / प्रदेश नं १ मा मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा आएको छ । आज एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्डको उद्घाटन गर्नुभएको छ । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डबाट योजना, विकास निर्माण लगायत गतिविधि प्रत्यक्ष हेर्न मिल्ने र तत्कालै समस्या समाधान गर्ने गरी ड्यासबोर्डको निर्माण गरिएको हो । ड्यासबोर्ड उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार डिजिटल प्रदेशको अवधारणामा अगाडि बढेको बताउनुभयो । डिजिटल प्रविधिमा आधारित भएर चुस्त दुरुस्त काम गर्नका लागि ड्यासबोर्ड प्रभावकारी हुने मुख्यमन्त्री राईको विश्वास छ । ड्यासबोर्डबाट प्रदेशमा सञ्चालित योजना, कार
इलाम / इलामकोे माङसेबुङ गाउँपालिकाले मातृभाषा शिक्षाका लागि १३ लाख १४ हजार ६ सय ३० रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७।०७८ का लागि गाउँपालिकाको ४ वटा सामुदायिक विद्यालयमा मातृभाषा शिक्षा पठनपाठन गराउन मातृभाषा पठन पाठन प्रोत्साहन कार्यक्रम अन्र्तरगत सो रकम विनियोजन गरेको हो । मातृभाषामा पठनपाठन गराउने सामुदायिक, धार्मिक वा वैकल्पिक विद्यालयहरुलाई मापदण्डका आधारमा कार्यक्रम अनुदान तथा मातृभाषा शिक्षक दरबन्दी अनुदानका लागि गाउँपालिकाले रकम विनियोजन गरेको हो । कार्यक्रम अन्तरगत माङसेबुङ ५ को किराँत साम्जिक मुन्धुम आधारभूत विद्यालयका लागि २ लाख ८८ हजार २ सय १० रुपैयाँ र सरस्वती माध्यमिक
सुनसरी । भारतीय न्युज च्यानलहरुले नेपालको विषयमा अतिरञ्जित सामग्री प्रसारण गरेको भन्दै केही भारतीय च्यानल बन्द गरेको थियो । तर धरानका एउटा केवलले भने बन्द घोषणा गरिएको च्यानल पनि प्रसारण गरिरहेको पाइएको छ । धरान स्थित धरान केबलको प्रसारण लाईनबाट प्रतिबन्ध गरिएका भारतीय च्यानल प्रसारण गरेको पाइएको छ । गत असार २५ गते च्यानल वितरक कम्पनीहरुले चिन सँग जोडेर नेपालका बारेमा अतिरञ्जित सामग्री प्रशारण गरेको भन्दै कम्पनीहरुले स्वतः स्फुर्त रुपमा त्यस्ता च्यानलको प्रशारण बन्द गर्ने निर्णय गरेको थियो । धरान केबलले आज तक लगायतका भारतीय च्यानलहरु अझै पनि प्रसारण गरिरहेको छ । सबैले बन्द गरेको च्यानल धरान क
काठमाडौं / सुनको मुल्य आज शुक्रबार वृद्धि हुदाँ अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ । तोलामा एकैदिन १३ सय रुपैयाँले वृद्धि हुदाँ अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ ।हिजो बिहिबार सुनको मुल्य तोलाको ९४ हजार रुपैयाँ कायम भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासघंका अनुसार बुधबार छापावाल सुुनको भाउ प्रतितोला १३ सयले बढेपछि तोलाको ९५ हजार ८०० रुपैयाँ शुक्रबार कायम भएको हो । त्यस्तै , तेजावी सुनको भाउ तोलाको ९५ हजार ३ सय ६५ रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको ११ सय ५० रुपैयाँ पुगेको छ ।
धरान । सरकारले लागु गरेको लकडाउनको समयावधिमा बुझाउनु पर्ने जुनसुकै कर वा राजस्व तथा सरकारी सुविधाको जरिवाना छुट गर्ने घोषणा गरे पनि सरकारी निकायले नै जरिवाना लिने गरेको पाइएको छ । लकडाउनको समयमा लाइसेन्स रिन्यु गर्न नपाएका सवारी चालकहरुलाई इटहरी स्थित यातायात कार्यालयले जरिवाना लिने गरेको पाइएको हो । लकडाउनको समयावधिमा तिर्नुपर्ने जुनसुकै कर वा सरकारी सेवा शुल्क तिर्न नसकेका सेवाग्राहीलाई लकडाउन खुलेको ६० दिन भित्र कुनै पनि जरिवाना नलिने सरकारले घोषणा गरेको छ । त्यसै गरि प्रदेश १ सरकारले पनि आफ्नो बजेट तथा निती कार्यक्रममै पनि जरिवाना छुट दिने घोषणा गरेको थियो । तर इटहरी स्थित यातायात व्यवस्
इटहरी / वर्षाको मौसम सुरू भए संगै खोला तथा नदीमा आउने बाढीले तराइका जिल्लाहरू प्रभावित हुने क्रम बढ्दो छ । बाढी मानवबस्तीमा प्रवेश गरे पछि ठुलो धनजनको क्षति भइरहेको छ । प्रदेश १ प्रहरी कार्यालय बिराटनगरका अनुसार गत असार ३ गते देखि हाल सम्म वर्षाका कारण बिभिन्न खोला तथा पैनिहरूमा आएको बाढीले प्रदेश एकमा १७ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण खोलाहरूमा बाढी आउदा एक महिनामा १७ जनाले ज्यान गुमाएका छन् भने १७ जना बेपत्ता भएका छन् । बाढीले सबैभन्दा बढी मानवीय क्षती प्रदेश एकको झापा जिल्लामा पुर्याएको छ । झापामा एक महिनाको अवधिमा बाढीले ७ जनाको ज्यान लिएको प्रदेश एक प्रहरी कार्यालय बिराट