धरानमा खुल्यो नयाँ ब्युटि क्लिनीक "स्तरिय क्लिनिकल सेवा र तालिम दिईने"

  • फागुन ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानमा ब्युटिसियन बन्ने र पार्लरमा सेवालिनेहरुका लागि नयाँ ब्युटि क्लिनिक (पर्लार) खुलेको छ । धरान–१० स्थित पुतली लाईनको खहरे खेला पारी रहेको सिंहबाहिनी भगवती मन्दिरको ब्यबसायीक भवनमा सोमबारबाट आर्या ब्युटि आर्ट एण्ड एकेडेमी सुरुवात भएको हो ।

आर्या ब्युटिआर्ट एण्ड एकेडेमीको मङगलबार सरस्वती पुजाको अवसर पारेर धरान उपमहानगरपालिकाकी उप प्रमुख मञ्जु भण्डारी सुबेदीले उद्घाटन गरेकी छिन्। ३२ लाख रुपैया लगानी गरेर क्लिनक एबम एकेडेमी सञ्चालनमा ल्याइएको एकेडेमीकी सिइओ सीता मिश्रले जानकारी दिइन ।

उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य दिदै प्रमुख अतिथी सुबेदीले धरानमा स्तरिय ब्युटि क्निक तथा एकेडेमीको अभाब भईरहेको बेलामा आर्याको आगमनले त्यो अभाब मेटिने विश्वास लिएको बताइन । धरानमा धेरै ब्युटि पार्लर र ट्रेनिङ सेन्टरहरु भएतापनि राम्रो तालिम लिन र सेवा लिन धरानबाहिर जानु पर्ने बाध्यता रहेको उनले बताइन ।धरानका केही नाम चलेका ब्युटिपार्लर र ट्रेनिङ सेन्टरहरु छन,त्यसमा अब आर्यापनि थपिएको छ अब धरानका मान्छे राम्रो तालिम र सेवा लिन धरान बाहिर जानुपर्ने बाध्यता हट्ने उनको विश्वास थियो ।

आर्या ब्युटि आर्ट एण्ड एकेडेमीकी सिइओ सीता मिश्रले ब्युटिसियन बन्न चाहानेहरुलाई दक्ष बनाउने र स्वरोजगार बनाउने आफुहरुको उदेश्य रहेको बताइन । हामी क्लिनिकल (पार्लर) सेवापनि उत्तिकै राम्रो दिने तयारीमा छौ उनले भनिन् ब्युटिपार्लरहरुमा जथाभावि प्रयोग हुने क्रिम तथा कस्मेटिक बस्तुहरुले धेरै महिलाहरुमा समस्या आएको हामीले भेटेका छौ,हामी हाम्रा ग्राहकहरुमा त्यस्तो समस्या नओस भन्नेमा सचेत भएर सेवा दिन्छौ ।

एकेडेमीकी निर्देशक अनिशा दाहालले विद्यार्थी तथा ग्राहकलाई राम्रो तालिम र सेवा दिन दक्ष प्रशिक्षक र ब्युटिसियनको टिम रहेको जानकारी दिइन ।‘हामीले ब्युटिसियन बन्न चाहानेलाई सिटीइभिटीको कोर्षबाट सिकाउने र त्यसको परिक्षा तथा शिप परिक्षणमा सहभागि गराउने ब्यबस्था मिलाएका छौ प्रमुख प्रशिक्षक दुर्गा अधिकारीले जानकारी दिइन । आर्याले चाडै पुर्वका विभिन्न शहरमा आफ्नो ब्रान्चपनि विस्तार गर्ने सोच राखेको सिइओ सिता मिश्रले जानकारी दिइन ।

aarya 1

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

वीपी प्रतिष्ठानलाई छ ...

धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धर ...

अमरवस्ती सेतोपुलका ब ...

धरान/ एक बर्ष अघि अविरल वर्षासँगै आएको भीषण बाढीको ...

धरान–१६ मा महिलालाई ...

धरान/  महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved