अनलाइन ‘सप अर्डर’ सञ्चालनमा

  • फागुन ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान दैनिक उपभोग्य र तरकारीजन्य वस्तुका साथै लत्ताकपडा, खाद्य परिकार, विभिन्न इलेक्ट्रोनिक्स आइटमलगायत घरायसी वस्तुहरूको अनलाइन व्यापारका लागि ‘सप अर्डर’ मङ्गलबार सुरु भएको छ ।

धरान–१५ स्थित भानुमार्गमा धरानका युवाले सञ्चालनमा ल्याएको ‘सप अर्डर’ धरानका नगर प्रमुख तिलक राईले ल्यापटपबाट राजनीतिक पुस्तकको अर्डर लिएर उद्घाटन गरे । संस्थाका अध्यक्ष सुमन लिम्बूले घरैमा पुगेर सेवा पु-याउने उद्देश्यले सप अर्डर सञ्चालनमा ल्याइएको बताए ।

उद्घाटन भएको दिनदेखि एक महिनासम्म हरिया तरकारी, फलपूल र किराना आइटममा निःशुल्क डेलिभरी सेवा दिने संस्थाले जनाएको छ । यस्तै, फुड आइटममा एक सातासम्म १० प्रतिशत छुटको व्यवस्था हुनेछ भने एक सातासम्म सेवा लिने ग्राहकलाई लक्की ड्र कुपनमार्फत् तीनजना विजेतालाई विशेष उपहार दिइने पनि अध्यक्ष लिम्बूले बताए ।

बिहान ८ देखि साँझ ७ बजेसम्म फोन, इन्स्टाग्राम र वेभसाइटबाट सामान अर्डर गर्न सकिने संस्थाले जनाएको छ । संस्थाले २ सय रूपैयाँसम्मको अर्डर लिने र भानुचोकबाट पाँच किलोमिटर क्षेत्रमा २५ रूपैयाँ डेलिभरी शुल्क लिनेछ । त्यसभन्दा टाढा ४० देखि १५० रुपैयाँसम्म पनि शुल्क लिने अध्यक्ष लिम्बूले बताए । धरानसँगै तरहरा, इटहरी, याङ्सिला, सतिसाले, चतरा, चक्रघट्टीसम्म सेवा दिइने संस्थाले जनाएको छ ।

3449aae9-c365-3709-ac59-77fed703eb85_1613458800

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

वीपी प्रतिष्ठानलाई छ ...

धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धर ...

अमरवस्ती सेतोपुलका ब ...

धरान/ एक बर्ष अघि अविरल वर्षासँगै आएको भीषण बाढीको ...

धरान–१६ मा महिलालाई ...

धरान/  महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved