धरान/ मोरङको मायागञ्ज सीमा प्रहरी चौकी दरबन्दी भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत् प्रहरी जवान श्रवणकुमार चौधरी माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
अपराध अनुसन्धानका क्षेत्रमा विशेष योगदान पु¥याउनुका साथै विभिन्न आपराधिक घटनामा संलग्नहरूलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्तवपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई माघ ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो ।
प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने उद्देश्यले सम्पादित कार्यको मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालयले प्रदेशभरिका प्रहरी कर्मचारीहरूबाट प्रत्येक महिना एकजनालाई सर्वोत्कृष्ट प्रहरीका रूपमा छनोट गर्ने गरेको छ ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहित फ्लेक्स प्रिन्ट गरेर प्रदेश प्रहरी कार्यालयमा निर्माण गरिएको स्तम्भ तथा प्रदेशअन्तर्गत रहेका ‘क’ स्तरसम्मका इलाका प्रहरी कार्यालयहरूमा एक महिनासम्म राख्ने गरिएको छ ।