बीपी प्रतिष्ठानमा आर्थिक सङ्कट

  • फागुन ९, २०७७
  • "गोविन्द बस्नेत"
alt

धरान/ यहाँस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक सङ्कट चुलिएको छ । कोभिड–१९ का कारण आठ महिनाभन्दा बढी समय चरम आर्थिक सङ्कटमा फँसेको प्रतिष्ठानको आर्थिक अवस्था झन् बिग्रिएको छ ।

कोडिभका कारण आर्थिक अभाव झेलेको प्रतिष्ठानले सरकारको अनुदानसमेत समयमा नपाउँदा प्रतिष्ठान सञ्चालनमा समस्या भएको हो । प्रतिष्ठानका अनुसार कोरोना भाइरसको सङ्क्रमणअघि प्रतिष्ठानले अस्पतालबाट सरदर मासिक ८ करोड २४ लाख र कलेजबाट वार्षिक १ अर्ब २८ करोड रूपैयाँ आम्दानी हुने गरेको थियो । बन्दाबन्दीका कारण अस्पतालबाट हुने मासिक आम्दानी घटेर २ करोडमा सीमित भएको थियो । बन्दाबन्दी हटेपछि भने आर्थिक रूपमा केही सुधार देखा पर्न थालेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा चूडामणि पोखरेले बन्दाबन्दीका कारण शैक्षिक सत्र २०२० मा नयाँ भर्ना प्रभावित भएको बताए । विद्यार्थी भर्ना नहुँदा एक वर्षमा प्रतिष्ठानलाई २२ करोड रूपैयाँ घाटा भएको उनले जनाए । उनका अनुसार एकातिर आम्दानी घटेको छ भने अर्कोतर्पm विपन्न नागरिक स्वास्थ्य सेवा, गम्भीर प्रकृतिका रोगीको उपचार, ज्येष्ठ नागरिक उपचारलगायतका सेवाबापत प्रतिष्ठानले सरकारबाट पाउनुपर्ने रकम नपाउँदा अझ समस्या थपिएको छ । यी शीर्षकमा पाउनुपर्ने ३२ करोड रूपैयाँ सरकारबाट अभैm भुक्तानी नभएको डा पोखरेलले जानकारी दिए ।

यसले समग्र प्रतिष्ठान सञ्चालनमा समस्या भएको सहप्रवक्ता पोखरेलको भनाइ छ । ‘आर्थिक समस्याकै कारण वीपीले समयमा तलबसमेत भुक्तानी गर्न सकेको छैन’, उनले भने, ‘तर कोरोनाको सङ्क्रमण कम हुन थालेपछि प्रतिष्ठानमा बिरामीको चाप बढेको छ । अस्पतालले दिँदै आएका सम्पूर्ण सेवाहरू सञ्चालनमा आइसकेका छन् ।’ प्रतिष्ठानमा पूर्वका विभिन्न जिल्लाहरूसहित छिमेकी मुलुक भारतबाट समेत बिरामीहरू उपचारका लागि आउने गरेका छन् । अब भने प्रतिष्ठानले पुरानै लय समात्नेमा पदाधिकारीहरू आशावादी छन् ।

प्रतिष्ठानका आर्थिक सल्लाहकार अमित कौडगियाले आम्दानी कम भएको अवस्थामा सरकारले विभिन्न शीर्षकमा भुक्तानी गर्नुपर्ने रकम भुक्तानी नहुँदा कोरोनाको उपचारमा खटिने चिकित्सक तथा कर्मचारीलाई जोखिम भत्तासँगै समयमा तलबसमेत भुक्तानी गर्न समस्या भएको बताए ।

चरम भ्रष्टाचार र अनियमिततामा फँसेको प्रतिष्ठानमा सुधारका केही सङ्केत देखा पर्नासाथ सुरु भएको कोरोना महामारीका कारण प्रतिष्ठान झन् थलिएको थियो । कोरोनाको कहर सामान्य हुँदै जाँदा प्रतिष्ठानमा सुधारका केही सङ्केत देखा पर्न थालेका भए पनि प्रतिष्ठानका केही पदाधिकारी सुविधाभोगी हुँदा भने प्रतिष्ठानमा सङ्कट बढेको छ । प्रतिष्ठानका पदाधिकारीबीच भएको बेमेलले पनि प्रतिष्ठानको प्रगतिमा बाधा पुगेको त्यहाँका कर्मचारीहरू बताउँछन् । प्रतिष्ठानलाई जनकपुर चुरोट कारखाना लिमिटेड, बाँसबारी छाला उद्योगको हविगतबाट जोगाउन पदाधिकारीहरू एक भएर लाग्नुपर्ने कर्मचारीहरूको सुझाव छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved