इलाम / इलामको सन्दकपुर गाँउपालिका ५ को जमुनामा अन्तर्राष्ट्रिय फुटबल रंगशालाको निर्माण कामको धमाधम भईरहेको छ । प्रदेश सरकारको १५ र सन्दकपुर गाउँपालिकाको २० लाख रुपैयाँ लागतमा गजाधर धनमाया रंगशालाको काम भईरहेका हो । केही समय अगाडी जमुनाका फुटबल खेलप्रेमी, बौद्धिक व्यक्तित्व र जनप्रतिनिधिको पहलमा जमुनामा चन्द्रपाल थेबे ढापपोखरीका नजिकै स्थानीय समाजसेवी तोयानाथ भट्टराई सँग १५ लाखमा १८ रोपनि जग्गा किनेको र बाँकि भट्टराईले निशुल्क जग्गा दान गरेपछि २५ पुगेको र रंगशाला बन्न आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप काम थालिएको गजाधर धनमाया रंगशाला उपभोक्ता समितिका अध्यक्ष उमेश गुरुङले बताए । जसमा अहिले
धनकुटा / प्रदेश नम्बर १ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले धनकुटामा कोरोना भाइरसको कारण मारमा परेका किसानहरुलाई एक करोड ५३ लाख ७१ हजार ४ सय ५१ रुपैयाँ राहत वितरण गरेको छ । कोरोना भाइरसको कारणले सरकारले गरेको लकडाउनका कारण प्रभावित भएका धनकुटाका ८४ वटा कृषि फर्म तथा समुहमा आवद्ध किसानलाई राहत वितरण गरेको हो । प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि ज्ञान केन्द्र धनकुटा मार्फत तरकारी÷च्याउ अनुदान, हरियो चिया र कृषि ऋण ब्याज अनुदान कार्यक्रम शिर्षकमा सञ्चालित ३० वटा कृषि फर्म तथा समुहमा आवद्ध कृषकहरुलाई राहत रकम वितरण गरेको हो । त्यस्तै भेटेरीनरी अस्पताल त
विराटनगर / कोशी अस्पतालमा कोरोना भाईरस परीक्षण गर्ने पीसीआर मेसिनमा खराबी आएको छ । संकलन गरिएको स्वाब परीक्षण गर्ने मेसिनमा खराबी आएपछि मर्मत गर्न कामठमाडौ पठाउन लागिएको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले केही मेसिनमा केही प्राविधिक समस्या आएको बताए । संघीय सरकारबाट एचआईभी परीक्षण गर्न उपलब्ध भएको मेसिन नै स्वाब परीक्षणमा प्रयोग गरिएको थियो । मेसिनले एक पटकमा ७२ वटासम्म स्वाबको परीक्षणको नतिजा दिन्थ्यो । प्रयोगशालमा दैनिक ७ जना प्राविधिक खदिंदा २५० वटासम्म स्वाबको नतिजा आउने गरेको दासले बताए । सोमबारबाट केही समस्या देखिएको थियो । कोशीको मेसिन काठम
धरान / पहाडी जिल्लाहरुमा सोमबार साझ देखि निरन्तर परेको बर्षाको कारण सप्तकोशी को बहाब पनि बढदै गएको छ । निरन्तरको बर्षाले तमोर नदी मुलघाट, धनकुटामा जलसतहले सतर्कता पार गरेको कारण सप्तकोशी को बहाब पनि बढदै गएको छ । कोशी ब्यारेजका अनुसार आज बिहान साढे ९ बजे को मापन अनुसार सप्तकोशिको बहाब १ लाख ८७ हजार ६ सय ३२ मापन गरिएको छ । सप्तकोशी मा बहाब बढदै गएकाले सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा दिउँसो सम्मै उच्च सतर्कता अपनाउन कोशी ब्यारेजले स्थानियलाइ आग्रह गरेको छ । मंगलबार देखि आउदो ३ दिन सम्म कन्काई, कोशी लगाएत प्रदेश १ का नदीमा बहाव खतरा आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले
इलाम / इलाममा निर्माणाधिन सुपरमाई हाइड्रोले अन्य दुई खोलाको पानी मिसानउन खोजेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । माईखोलामा निर्माणाधिन सुपरमाई हाइड्रोले अन्य दुई खोलाको पानी मिसाउन खोजेको भन्दै पत्रकार सम्मेलन गरी आपत्ति जनाएका हुन । प्रभावित क्षेत्रबाट गठित संघर्ष समितिले परियोजनाको मुुख्य पानीको श्रोत माइखोला मात्रै भएको दावी गर्दै माइखोला आसपासबाट बग्ने इङला खोला र समाह खोलाको पानी प्रयोग गर्न नदिने बताउँदै स्थानीय सँग समन्वय नभई काम अघि बडीरहेमा काम रोकिदिने चेतापनी दिएका छन । हाइड्रोले ‘स्थानीयबासीसंग सरसल्लाह बिना पानी प्रयोग गर्न लागिएकोमा हाम्रो गम्भीर आपत्ति छ’,
सुनसरी । लकडाउनका कारण परिक्षा नै स्थगित भएको माध्यमिक शिक्षा परिक्षाको नतिजा विद्यालयको आन्तरिक मुल्यांकनको आधारमा एक साता भित्र सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको जनाएको छ । देशै भरीका विद्यालयहरुले आन्तरिक मुल्यांकनका विवरणहरु पठाईसकेको र सकंलन भएका हार्डकपी र सफ्टकपी रुजुको काम अघि बढिरहेकाले यसै साता भित्र नतिजा सार्वजनिक गर्ने तयारीमा रहेको बोर्डका परिक्षा नियन्त्रक रामराज खकुरेलले बताए । उनका अनुसार २५ वटा समुह बनाएर विहिबार देखिनै हार्डकपी र सफ्टकपी रुजुको काम भईरहेको छ । शिक्षा पत्रकार समूहको सोमबारको ‘शिक्षाबार भर्चुअल संवाद’मा परीक्षा नियन्त्रक खकुरे
बराहक्षेत्र । सुनसरीको भित्रि गाउँ हुँदै शहरमा लागुऔषधको कारोबार गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय चक्रघट्टीले पक्राउ गरेको छ । जिल्लाको भित्री गाउँको बाटो हुँदै बजार सम्म लागुऔषधको कारोबार गर्ने बराहक्षेत्र नगरपालिकाको आन्द्रमोढका ३९ वर्षिय पिन्टु भन्ने अभिराज चौधरी पक्राउ परेका हुन् । उनको साथबाट डाइजेपाम ३१, फेनार्गन ३१, लुपीजेसिक ३१ एम्पुल बरामद गरेको छ । आइतबार को २४ प ४४४२ नम्बरको स्कुटीको डिकीमा लागुऔषध राखेर ल्याउने गर्दाको अवश्थामा उनी पक्राउ परेका हुन् । प्रहरीले विशेष सुराकीको आधारमा स्कुटीको सिट मुनि लुकाएर ल्याउँदै गरेको अवश्थामा चेकजाँचका क्रममा बराहक्षेत्र ४ स्थित सुनसरी ख
विराटनगर । विराटनगर बजारमा मास्क नलगाई व्यापार गर्न बसेका व्यापारी र सडकमा भेटिएका सर्वसाधारणलाई मास्क वितरण गर्न शुरु गरिएको छ । विराटन व्यापार संघ महिला उपसमितिको पहलमा बजारका व्यापारी तथा मास्क नलगाईं हिंडिरहेका सर्वसाधारणलाई मास्क वितरण गर्न शुरु गरिएको हो । सोमबार महिला उपसमितिका सदस्यहरुले बजारमा कोभिड १९ को विषयमा सचेतना दिलाउँदै मास्क वितरण गरेका छन् । विश्वव्यापी रुपमा फैलिरहेको र विराटनगरमा संक्रमितको संख्या समेत बढ्न शुरु भएपछि बजार क्षेत्रमा सावधानी अपनाउन अनि मास्क अनिवार्य रुपमा लगाउन महानगरले समेत अपिल गरेको छ । विराटनगरको पुरानो गुद्रीबजारमा हात धुने व्यवस्थाका लागि पानीटंकी
विराटनगर । प्रदेश १ मा सोमबार २३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९, झापामा २, पाँचथर र धनकुटामा एक एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५ महिला, २ पुरुष, रतुवामाईमा १२ पुरुष, झापाको बाह्रदशीमा २ पुरुष, पाँचथरको याङवरक र धनकुटाको महालक्ष्मीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमणको संख्या ९ सय ४५ पुगेको छ । प्रदेश १ बाट ७ सय ४७ जना डिस्चार्ज भईसकेका छन् । प्रदेश १ मा आज ५ सय १८ जनाको पीसीआर परीक्षण गरिएको छ । प्रदेश १ मा आज सम्म ४० हजार १८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले
इलाम / सवारी नियम मिच्ने साधनलाई कारबाहिबाट संकलन हुने राजश्व आर्थिक ०७५/७६ को तुलनामा ०७६/७७ मा कम भएको छ । कोरोना र लकडाउनका कारण ०७६।७७मा राजश्व संकलनमा कमी भएको हो । आर्थिक वर्ष ०७६।०७७ मा ८ हजार ७ सय १५ वटा सवारी साधनबाट कारबाहि स्वरुप ४९ लाख ९९ हजार राजश्व संकलन भएको छ । जुन गत वर्षको भन्दा कमी हो । अघिल्लो वर्ष सवारी साधनबाट ८० लाख १४ हजार ५ सय संकलन भएको थियो । लकडाउनको कारण चैत्र देखि सवारीसाधन बन्द भएका कारण अघिल्लो वर्षको तुलनामा ३० लाख १५ हजार ५ सय रुपैयाँ कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्याल इलामले जनाएको छ । कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७६/७७मा १ सय ८६ वटा बसब