समाचार

    Showing 7,871-7,880 of 10,045 items.
  • सुनवर्षीका वडाध्यक्षविरुद्ध दोहोरो नागरिकताको मुद्दा

    विराटनगर/  मोरङको सुनवर्षी नगरपालिका–८ का वडाध्यक्ष नुरुल मियाँले दोहोरो नागरिकता लिएको भन्दै उनीरिुद्ध उजुरी परेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग र मोरङ जिल्ला प्रशासन कार्यालयमा मियाँविरुद्ध वडा सदस्यहरूले नै उजुरी दिएका हुन् । उनीसँग नेपाल र भारत दुवै देशका नागरिकता भएको र उनले दुवैतर्फ कारोबार गर्ने गरेको बताइएको छ । उनले भारतीय ७०५४९२०३५५७० भीआईडी ९१२३८१११८८५३४५० नम्बरको आधार कार्ड लिएको र भारतीय बैङ्कहरूमा खाता खोली एटीएम प्रयोग गर्ने गरेको उजुरी पत्रमा उल्लेख छ । मियाँले आफ्नै नामबाट भारतीय सिमसमेत प्रयोग गर्ने गरेका छन् । उनीविरुद्ध जनता आवासजस्ता कार्यक्रमअन्तर

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • 1,027 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा १६ वटा सिँचाइ आयोजना निर्माण हुँदै

    इलाम/  दुई वर्षभित्र जिल्लामा १६ वटा सिँचाइ आयोजना निर्माण हुने भएका छन् । नेपाल सरकार र स्वीस सरकारको साझेदारीमा साना सिँचाइ परियोजनामार्फत् चार वर्षमा सिँचाइ आयोजना निर्माण हुने भएका हुन् । जिल्लाका छ स्थानीय तहमा सिँचाइ आयोजना निर्माण हुने परियोजनाका फिक्कल क्लस्टर संयोजक केशव लामाले बताए । जिल्लाका इलाम नगरपालिका, सूर्योदय नगरपालिका, रोङ गाउँपालिका, चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र सन्दकपुर गाउँपालिकामा सिँचाइ आयोजना निर्माण भइरहेका छन् । इलाम नगरपालिकाले झुत्रेखोला सिँचाइ आयोजना र निफोक खोला सिँचाइ आयोजना निर्माण गर्दैछ । सूर्योदयमा कन्याम फाजिगाउँ सिँचाइ आयोजना, साउ

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 663 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • जल र बिक्रेताबीच अन्तरक्रिया

    विराटनगर/  महालक्ष्मी वायर एन्ड केबल इन्डस्ट्रिज प्रालिले ‘जल’ ब्रान्डका पाइप एन्ड फिटिङका बिक्रेतासँग बृहत् छलफल गरेको छ । महालक्ष्मीले जल ब्रान्डमा सिपिभिसी र पिभिसी पाइप तथा फिटिङ्सहरू उत्पादन गर्ने गरेको छ । कम्पनीले पहिलो चरणमा सिरहाभन्दा पूर्वका बजार प्रतिनिधि तथा बिक्रेतालाई सहभागी गराएर इटहरीमा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा कम्पनीका सञ्चालक तथा व्यवस्थापकहरू उपस्थित थिए । ‘जल’ लाई अझ सशक्तरूपमा अघि बढाउन यस्तो भेला आजोजना गरेको जनाइएको छ । कार्यक्रममा कम्पनीका सञ्चालकले थप सुविधा र गुणस्तर एकै छाना मुनिबाट पूर्ण होम सोलुसनसहित उपलब्ध गराउन

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 866 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सूचना टाँस गरी प्रदेश १ को प्रदेश सभा बैठक स्थगित

    विराटनगर । फागुन २० गतेलाई तय भएको प्रदेश १ को प्रदेश सभा बैठक चैत २ गतेलाई तोकिएको छ ।प्रदेश सभा सचिवालयले सूचना टाँस गरी विहीबार लाइ तय भएको बैठक स्थगित गरी अर्को मिति तोकेको हो । भोलिको बैठकमा यसअघि मुख्यमन्त्री शेरधन राई विरुद्ध पेस भएको अविश्वासको प्रस्तावमाथि छलफल शुरु हुने नेकपा तथा प्रमुख विपक्षी कांग्रेसल अपेक्षा गरेका थिए । तर त्यसअघिनै‌ अर्को मिति तोकिएको हो । अविश्वासको प्रस्ताव संसदमा पेश भई अघिल्लो बैठक स्थगित भएको थियो । यसअघि फागुन ९ गते बैठक बसेको थियो ।

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 1,104 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पेट्रोलियम ढुवानी सङ्घको उपाध्यक्षमा धरानका गोपाल श्रेष्ठ

    धरान/  पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी सङ्घको उपाध्यक्षमा धरानका व्यवसायी गोपाल श्रेष्ठ निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न सङ्घको १४ औँ वार्षिक साधारणसभाबाट उनी द्वितीय उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनी १३ वर्षयता धरानमा अरूण पेट्रोलियम पम्प सञ्चालन गरिरहेका छन् । उनी सुनसरी उद्योग वाणिज्य सङ्घका कोषाध्यक्षसमेत रहेका श्रेष्ठ पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनका केन्द्रीय सदस्य तथा कोशी पेट्रोल डिलरका समेत सदस्य हुन् ।

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 987 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेयरको बेवास्ताले समय सकियो, धरानका सुकुम्बासीमाथि अन्याय

    धरान । पछिल्लो समय बढ्दै गएको राजनितिक असंतुलनका कारण सुकुम्बासी आयोगले शुरु गरेको सुकुम्बासी लगत संकलनको काम प्रभावित बनेको छ । सुकुम्बासी आयोगले लगत संकलन गरेर सिफारिस गर्न जारी गरेको ३५ दिने सुचना सकिदाँ पनि कतिपय स्थानीय तहले लगत संकलनको फर्म नै भराएका छैनन् भने कतिपय निकायमा सिफारिस समितीनै बन्न सकेको छैन् । राजनितिक असंतुलनका कारण सबै भन्दा ठुलो प्रभाव धरानमा परेको छ । धरानका १२ हजार २ सय ६६ घरधुरी सुकुम्बासीले आयोगले तोकेको समय भित्रै फर्म भर्न पाएनन् । जसका कारण राज्यले लालपुर्जा दिन्छौं भनेर सिफारिस माग्दा पनि धरान उपमहानगरपालिकामा देखिएको राजनितिक असंतुलनले सुकुम्बासी घरधुरी लालपुर्

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 2,461 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सप्तकोशीमा नदी पूजा सम्पन्न

    वराहक्षेत्र / माझी जातिले मङ्गलबार १५ औँ कोशी पूजा मनाएका छन् । सोमबार राति घर–घरमा दीपावली मनाएका उनीहरूले मङ्गलबार कोशी किनारमा भेला भएर पूजा–अर्चना गर्दै बलि दिए । वराहक्षेत्र नगरपालिकास्थित सप्तकोशीमा आयोजना भएको पूजा नेपाल माझी उत्थान सङ्घ सुनसरीले आयोजना गरेको हो । आदिवासी जनजातिका रूपमा सूचीकृत माझी जातिले नदी पूजाको रूपमा हरेक वर्ष फागुन महिनाको तेस्रो मङ्गलबार कोशीमा मनाउने गरेको छ । उनीहरूले कोशीबाहेक अन्य नदी, ताल, तलाउमा पनि पूजा गरी पुख्र्यौली पेशा नाउ चलाउँदा र माछा मार्दा कुनै भवितव्य नहोस् भनेर भाकल गर्ने गर्छन् । यस क्रममा भैँसी, सुङ्गुर, हाँस, कुखुरा र खसीको

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 775 पटक पढिएको
    • "संगम विष्ट"
  • राष्ट्रवादको नारा लाउने सबै नेता राष्ट्रघाती : अध्यक्ष कट्टेल

    इटहरी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले मुलुकका अधिकांश प्रमुख दलका नेताहरू राष्ट्रघाती रहेको प्रमाणित भइसकेको बताएका छन् । इटहरीमा मङ्गलबार आयोजित आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । चुनावको बेला आपूmलाई राष्ट्रवादी बताउने सबै नेता चुनाव जितेर सत्तामा पुगेपछि पद र पैसाको लोभले देशप्रति जिम्मेवार नबनेको अध्यक्ष कट्टेलको आरोप छ । रणनीतिक संयुक्त मोर्चाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष कट्टेलले मुलुकमा विद्यमान् राजनीतिक परिघटनाका कारण देशवासी अलमलमा परेको र यसको जिम्मा सरकार आपैmँले लिनुपर्नेमा जोड दिए । नेकपाभित्र देखिएको गुटबन्दीका कारण देशवासी च

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 973 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महालक्ष्मीद्वारा आफ्नै लोगो सार्वजनिक

    धनकुटा/ धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरको आफ्नै लोगो सार्वजनिक गरेको छ । जिल्लाका सातवटै पालिकामध्ये महालक्ष्मी नगरपालिकाले पहिलोपटक आफ्नै लोगो प्रयोगमा ल्याउन लागेको हो । नगरको छैठौँ नगरसभाले लोगो अनुमोदन तथा सार्वजनिक गर्ने निर्णय पारित गरेको छ । महालक्ष्मीको नक्साभित्र निर्माण गरिएको लोगोमा स्थानीय ठाउँ, उत्पादन र परिवेश झल्कने विषय समावेश गरिएको नगर प्रमुख परशुराम नेपालले बताए । उनले अब नगरले यही लोगो प्रयोग गर्ने जनाए । ‘नगरपालिका स्थानीय सरकार भएकाले आफ्नै लोगो प्रयोग गर्न लागेका हौँ ।’ नेपालले थपे । नगरपालिकाको लेटरप्याडसहित नगरका विभिन्न गतिविधिमा लोगो प्रयोग गरि

    • प्रकाशित मितिः फागुन १९, २०७७
    • 814 पटक पढिएको
    • "सन्तोष रुचाल "
  • आगलागीबाट ताप्लेजुङको दोभान बजार उजाड भयो, ४९ घर जलेर नष्ट

    ताप्लेजुङ । ताप्लेजुङको दोश्रो ठूलो बजार दोभानमा आगलागी चपेटमा परेको छ । आगलागीबाट बजार तहस नहसको अवस्थामा पुगेको छ । मेरिङदेन गाउँपालिका ३ खाम्लुङमा मंगलबार बिहान स्थानीय भोलानाथ पौडेलको घरबाट आगो उठेको थियो । विधुत चुहावट(सर्ट) भई शुरु भएको आगोले अन्ततः बजारका ४९ वटा घर खरानीमा परिणत गरिदियो । विहान ९ः२५ बाट शुरु भएको आगलागी नियन्त्रण गर्न फुङलिङबाट गएको दमकल नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीलाई हम्मेहम्मे परेको थियो । स्थानीय दिपेश कार्कीका अनुसार आगोले दोभान बजारलाई उजाड बनाई दिएको छ । उनले भने,“सम्पूर्ण रुपमा बजार खरानीमा परिणत भएको छ ।” आगलागीबाट दोभान

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 952 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved