राष्ट्रवादको नारा लाउने सबै नेता राष्ट्रघाती : अध्यक्ष कट्टेल

  • फागुन १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले मुलुकका अधिकांश प्रमुख दलका नेताहरू राष्ट्रघाती रहेको प्रमाणित भइसकेको बताएका छन् । इटहरीमा मङ्गलबार आयोजित आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
चुनावको बेला आपूmलाई राष्ट्रवादी बताउने सबै नेता चुनाव जितेर सत्तामा पुगेपछि पद र पैसाको लोभले देशप्रति जिम्मेवार नबनेको अध्यक्ष कट्टेलको आरोप छ ।

रणनीतिक संयुक्त मोर्चाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष कट्टेलले मुलुकमा विद्यमान् राजनीतिक परिघटनाका कारण देशवासी अलमलमा परेको र यसको जिम्मा सरकार आपैmँले लिनुपर्नेमा जोड दिए । नेकपाभित्र देखिएको गुटबन्दीका कारण देशवासी चेपुवामा परेको बताउँदै उनले पार्टीगत विवाद सडकमा नभई वार्तामा बसेर टुङ्ग्याउनुपर्ने धारणा राखे ।

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेल, धिरेन्द्रकुमारी उपाध्याय (भृकुटी) देशभक्त जनमञ्चका अध्यक्ष सुरेन्द्र कार्की, स्वतन्त्र वाम बुद्धिजीवी नरेन्द्र बस्नेत, मधेशी मुक्ति आन्दोलनका अगुवा महेश यादवलगायतले बोलेका थिए । कार्यक्रम नेकपा (क्रान्तिकारी माओवादी) का प्रदेश एक इन्चार्ज मिनकुमार राउतको अध्यक्षतामा भएको थियो ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved