सप्तकोशीमा नदी पूजा सम्पन्न

  • फागुन १९, २०७७
  • "संगम विष्ट"
alt

वराहक्षेत्र / माझी जातिले मङ्गलबार १५ औँ कोशी पूजा मनाएका छन् । सोमबार राति घर–घरमा दीपावली मनाएका उनीहरूले मङ्गलबार कोशी किनारमा भेला भएर पूजा–अर्चना गर्दै बलि दिए ।

वराहक्षेत्र नगरपालिकास्थित सप्तकोशीमा आयोजना भएको पूजा नेपाल माझी उत्थान सङ्घ सुनसरीले आयोजना गरेको हो । आदिवासी जनजातिका रूपमा सूचीकृत माझी जातिले नदी पूजाको रूपमा हरेक वर्ष फागुन महिनाको तेस्रो मङ्गलबार कोशीमा मनाउने गरेको छ । उनीहरूले कोशीबाहेक अन्य नदी, ताल, तलाउमा पनि पूजा गरी पुख्र्यौली पेशा नाउ चलाउँदा र माछा मार्दा कुनै भवितव्य नहोस् भनेर भाकल गर्ने गर्छन् । यस क्रममा भैँसी, सुङ्गुर, हाँस, कुखुरा र खसीको पञ्चबलि दिने प्रचलन रहेको सङ्घका केन्द्रीय महासचिव पदम माझीले बताए ।

वराहक्षेत्र–२ स्थित सिसौली घाटमा आयोजित पूजामा सुनसरी र वरपरबाट सयौँ माझी परिवार उपस्थित भएका थिए । सङ्घका सुनसरी अध्यक्ष घनश्याम माझीको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमका प्रमुख अतिथि वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल थिए ।

फागुनको तेस्रो सोमबार दीपावली, मङ्गलबार पूजा र बुधबार मझेस्वा गरी तीन दिनसम्म मनाउने प्रचलन रहेको मूल पुजारी भीमबहादुर माझीले जनाए । उनका अनुसार सप्तकोशी देवीलाई सम्झेर सुनसरी, मोरङ, उदयपुरलगायतका क्षेत्रबाट माझीहरू यहाँ पूजा गर्न आउने गरेका छन् ।

IMG_20210302_140255

बराहक्षेत्र बालमैत्र ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले आगमि मंसि ...

धरान ब्याडमिन्टन प्र ...

धरान/ धरान ब्याडमिन्टन क्लबले आयोजना गरेको दोस्रो ...

नयाँ शिक्षा प्रणालीक ...

धरान/नेपालको शिक्षा प्रणालीमा लागू भएको नयाँ शैक्षिक सं ...

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved