आगलागीबाट ताप्लेजुङको दोभान बजार उजाड भयो, ४९ घर जलेर नष्ट

  • फागुन १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

ताप्लेजुङ । ताप्लेजुङको दोश्रो ठूलो बजार दोभानमा आगलागी चपेटमा परेको छ । आगलागीबाट बजार तहस नहसको अवस्थामा पुगेको छ ।

मेरिङदेन गाउँपालिका ३ खाम्लुङमा मंगलबार बिहान स्थानीय भोलानाथ पौडेलको घरबाट आगो उठेको थियो । विधुत चुहावट(सर्ट) भई शुरु भएको आगोले अन्ततः बजारका ४९ वटा घर खरानीमा परिणत गरिदियो ।

विहान ९ः२५ बाट शुरु भएको आगलागी नियन्त्रण गर्न फुङलिङबाट गएको दमकल नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीलाई हम्मेहम्मे परेको थियो । स्थानीय दिपेश कार्कीका अनुसार आगोले दोभान बजारलाई उजाड बनाई दिएको छ । उनले भने,“सम्पूर्ण रुपमा बजार खरानीमा परिणत भएको छ ।” आगलागीबाट दोभान मनिट्रान्सफर र ग्लोबल आईएमई बैंकसहित दर्जनौ घर जलेर नष्ट भएका हुन ।

आगलागी नियन्त्रणको लागि स्काभेटरको माध्यमबाट केही घरहरु भत्काईको जानकारी दिदैं प्रदेश १ प्रहरी कार्यालय विराटनगरका डिएसपी विपीन रेग्मीले आगलागी नियन्त्रण गर्न तीनवटै सुरक्षा निकायले समन्वय गरी मेहनत गरेको बताए । भने,“सुख्खा मौसम र नजिकै सटिएका घरमा सल्किएको आगो नियन्त्रण गर्न निक्कै कठिन भयो ।”
आगलागीको खबर पाउनसाथ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपीको नेतृत्वमा नेपाल प्रहरीको टोली परिचालन भएको थियो ।

ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले ३३ जना घरधनीका ४९ वटा घर जलेर नष्ट भएको र यसबाट २२ जना डेरावालसमेत आगलागीबाट पीडित बनेको जानकारी दिएकी छन् ।

आगलागीमा भएको क्षतिको यकिन नभएको र पीडितलाई टेन्टमा राख्ने प्रबन्ध रेडक्रस, उद्योग वाणिज्य संघ समेतको सहभागितामा भएको बताइन । केही वर्ष पहिले ताप्लेजुङ सदरमुकाम फुङलिङमा भिषण आगलागी हुँदा बजार नै सखाप भएको थियो ।

ताप्लेजुङको मेरिङदेन गाउँपालिका गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बूका अनुसार विस्थापित परिवारलाई राहतका साथै क्षतिको विविरण संकलन गर्न एक समिति गठन गरिएको बताए । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले अग्नीपीडितको उचित व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएकी छन ।

 

वीपी प्रतिष्ठानलाई छ ...

धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धर ...

अमरवस्ती सेतोपुलका ब ...

धरान/ एक बर्ष अघि अविरल वर्षासँगै आएको भीषण बाढीको ...

धरान–१६ मा महिलालाई ...

धरान/  महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने ...

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved