इलाममा १६ वटा सिँचाइ आयोजना निर्माण हुँदै

  • फागुन १९, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम/  दुई वर्षभित्र जिल्लामा १६ वटा सिँचाइ आयोजना निर्माण हुने भएका छन् । नेपाल सरकार र स्वीस सरकारको साझेदारीमा साना सिँचाइ परियोजनामार्फत् चार वर्षमा सिँचाइ आयोजना निर्माण हुने भएका हुन् । जिल्लाका छ स्थानीय तहमा सिँचाइ आयोजना निर्माण हुने परियोजनाका फिक्कल क्लस्टर संयोजक केशव लामाले बताए ।

जिल्लाका इलाम नगरपालिका, सूर्योदय नगरपालिका, रोङ गाउँपालिका, चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र सन्दकपुर गाउँपालिकामा सिँचाइ आयोजना निर्माण भइरहेका छन् । इलाम नगरपालिकाले झुत्रेखोला सिँचाइ आयोजना र निफोक खोला सिँचाइ आयोजना निर्माण गर्दैछ । सूर्योदयमा कन्याम फाजिगाउँ सिँचाइ आयोजना, साउने खोला सिँचाइ आयोजना र ढकालगाउँ सिँचाइ आयोजना निर्माणका क्रममा छन् ।

यस्तै, रोङ गाउँपालिकामा झटारे सिँचाइ आयोजना र जुरेखोला हुँदै लाप्चागाउँ सिँचाइ आयोजना बन्दैछन् । चुलाचुली गाउँपालिकामा चारहाजारे कुलो सिँचाइ आयोजना, फुङनाम सिँचाइ आयोजना, सन्दकपुर गाउँपालिकामा सानीमाई खरीबोटे सिँचाइ आयोजना र चैतेटारी सिँचाइ आयोजना बन्ने क्रममा छन् । माङ्सेबुङ गाउँपालिकामा पार्टीगाउँ सिँचाइ आयोजना र रतुवा कोप्चे सिँचाइ आयोजना र देउमाई नगरपालिकामा झुत्रे मूलखर्क सिँचाइ आयोजना, लुम्धे सिँचाइ आयोजना र झुत्रे सिम्ले कुलो आयोजना बन्दैछन् ।

सिँचाइ आयोजना निर्माणमा स्थानीय तहले २० प्रतिशत, उपभोक्ताले १० प्रतिशत तथा बाँकी रकम प्रदेश र सङ्घीय सरकारले व्यहोर्ने गरेका हुन् । साना सिँचाइ परियोजना कार्यान्वयनका लागि प्रत्येक स्थानीय तहमा कार्यालय स्थापना हुने क्रममा रहेको लामाले बताए । यस्तै, भर्खरै सम्झौता भएका सिँचाइ आयोजना पनि जिल्लामा छन् ।

देउमाई नगरपालिका, सूर्योदय नगरपालिका र सन्दकपुर गाउँपालिकामा ५÷५ वटा आयोजना बन्ने सम्झौता भएको छ । यस्तै, इलाम नगरपालिका, माङ्सेबुङ गाउँपालिका र रोङ गाउँपालिकामा ४÷४ वटा सिँचाइ आयोजना बनाउने सम्झौता भएको संयोजक लामाले जनाए । यी परियोजनामध्ये देउमाई नगरपालिकामा एक करोड ६६ लाख ४० हजार, इलाम नगरपालिकाका एक करोड २४ लाख ८० हजार, माङ्सेबुङ गाउँपालिकामा एक करोड ६६ लाख ४० हजार लागत अनुमान गरिएको छ ।

यस्तै, रोङ गाउँपालिकामा एक करोड २४ लाख ८० हजार, सूर्योदय नगरपालिकाको दुई करोड ३५ लाख १९ हजार रूपैयाँका योजना छन् ।

धरान–१६ मा महिलालाई ...

धरान/  महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने ...

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved