विराटनगर । कोरोना संक्रमितलाई आईसोलेसनमा भर्ना गराउने विषयमा तारतम्य नमिल्दा संक्रमितहरुले भने सास्ती खेप्नु परेको छ । आईतबार राति मोरङको ग्रामथानका एक जना पुरुषले अस्पताल भर्ना हुन निक्कै हैरानी खेप्नु प¥यो । रिर्पोट पोजेटिभ आएपछि कोशी कोभिड १९ उपचार केन्द्र लग्नु पर्नेमा उनलाई कोशी अस्पतालको इमरेन्जी वार्डमा ल्याएर छाडेपछि करिब ३ घन्टा अलपत्र बने । “पुलिस घरमा गएर एम्बुलेन्समा चढ्न भन्दै गए । चालकले एकातिर लग्नु पर्ने अर्को अस्पताल लगेर छाडिदिए । कहाँ जाने के गर्ने निक्कै बिलखबन्दमा परें,” उनले भने,“कोभिड अस्पतालतिर लग्नु पर्ने अर्कैतिर ल्याएर छाडि दिएछन् । पछि फेरि अ
सुनसरी । समुदाय स्तरमै कोरोना संक्रमण फैलिन थाले पछि दुहवी नगरपालिकाले २६ गते सम्म का लागि लकडाउन गर्ने निर्णय गरेको छ । स्थानिय ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछी लकडाउन घोषणा गर्ने निर्णय गरेको हो । स्वास्थ्य सेवा र अति आवश्यक काम बाहेकका सबै सेवा बन्द गरिएको नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले जानकारी दिए । खाद्यान्न पसल भने बिहान ८ बजे देखि १ बजे सम्म खोल्ने उनले बताए । दुहवी नगरपालिकाका शिक्षा शाखाका अधिकृत विकास घिमिरेका अनुसार नगरपालिकाकै एक कर्मचारी सहित ४ जनामा कोरोना भाइरसको पुष्टि भएपछि लकडाउन गर्ने निर्णय भएको हो । उनका अनुसार अहिले नगरपालिकाका कर्मचारी र अन्य स्थानीयको पनि
रंगेली सोमबार मोरङको रंगेली नगरपालिकामा एकै परिवारका १४ सहित २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएपछि नगरपालिकाले रंगेली बजार क्षेत्र अर्को सूचना जारी नभएसम्मका लागि सिल गरेको छ। बिराटनगर स्थित कोशीअस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रंगेलीका २२ जनामा संक्रमण पुष्टिद भएको हो । संक्रमण पुष्टि हुनेमा विद्युतप्रधिकरणमा कार्यरत ५ जना र तीन जना रंगेली अस्पतालमा कार्यरत दुईजना प्राविधिक र एकजना भान्से रहेको खुलेको छ । नगरपालिका एक विज्ञप्ति जारी गर्दै अस्पतालको इमरजेन्सी सेवाहरु समेत २० साउनदेखि अर्का सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिएको र स्वास्थ्यसँ
विराटनगर । कोभिड १९ संक्रमणको आशंकामा अस्पताल भर्ना गर्नै लाग्दा उदयपुरका एक व्यक्तिको कोशी अस्पतालमा मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा भर्ना गर्न ल्याइएका उदयपुरको बेलका नगरपालिका वडा नम्बर १ का ५५ वर्षका वेदप्रसाद न्यौपानेको मङ्गलबार बिहान मृत्यु भएको हो । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनदाल दासले मृतकमा कोरोनाको आंशका गरिएको र लक्ष्यणसमेत मिल्दोजुल्दो देखिएको जानकारी दिए । स्वाब परीक्षणपछि मात्र शवको व्यवस्थापनको काम हुने दासले बताए । न्यौपानेले गएरति उच्च ज्वरोको समस्या भएपछि विराट मेडिकल कलेज टंकीसिनवरीमा ल्याइएको थियो तर त्यहाँबाट कोशी पठाइएको थियो । आईसोलेसनमा भर्ना गर्
इलाम / इलामका स्थानीय तहमा एकै आर्थिक वर्षमा ५३ करोड रुपैयाँ भन्दा बढी रकम बेरुजु देखिएको छ । महालेखा परिक्षकको ५७ औ प्रतिवेदनमा इलामका दश स्थानीय तहमा ५३ करोड ९३ लाख ९३ हजार रुपैयाँ बेरुजु देखिएको छ । नौ अर्ब १४ करोड ५१ लाख ७४ हजार रुपैयाँ खर्चको लेखा परिक्षण गर्दा सो रकमको बेरुजु पाइएको हो । इलामको चार नगरपालिका र छ गाउँपालिकामा आर्थिक वर्ष ०७४/७५ मा ६४ करोड ८५ लाख तीन हजार पैयाँ बेरुजु देखिएको थियो भने आर्थिक वर्ष ०७५/७६ मा ५३ करोड ९३ लाख ९३ हजार रुपैयाँ बेरुजु रहेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । उता माई नगरपालिकामा आर्थिक वर्ष ०७५/०७६ मा ८९ करोड ४० लाख ३२ हजार रुपैयाँको लेखा प
जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा पनि आजबाट निषेधाज्ञा जारी गरिएको छ । सोमवार राति १२ बजेदेखि लागु हुनेगरी एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको धनुषाका सिडिओ प्रेमप्रसाद भट्टराईले जानकारी दिए । कोरोना संक्रमितको संख्या दिन-प्रतिदिन बढ्दै गएपछि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको उनले बताए । उनका अनुसार स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यक काम बाहेक बिना पास घरबाट बाहिर निस्किए कारवाही गरिने उनको भनाई छ । निषेधाज्ञाको स
धरान । यस वर्ष नेवार समुदायले आफ्नो मैलिक पर्व गाईजात्रा सामुहिक रुपमा मनाउन पाएनन् । सरकाले कोरोना संक्रमणका कारण मेला पर्व भिडभाड नगर्न अनुरोध गरेको हो । आ आफ्नो घरमा परिवार परिवार मात्र भेला भएर मनाउने नेवाः देय् दबू धरानले पनि निर्णय गरेको छ । कोभिड १९ को संक्रमणको जोखिमबाट बच्न डब्लु एच ओले भनेका सम्पूर्ण सावधानी अपनाउन सवैलाई दबू धरान नगर कमिटिका अध्यक्ष मनोहर शाक्यले अनुरोध गरेको छ । गाईजात्रा पर्वमा आफ्ना एक वर्ष भित्र दिवंगत भएका परिवारजनको स्मृतिमा गाई निकाल्ने गरिन्छ । मृतकको फोटा सहित कुमार केटालाई सिगारेर गाईको मुकुट लगाएर नगर परिक्रमा गरिन्छ । कसै कसैले साच्चैको गाईलाई नै
इटहरी । इटहरी उपमहानगर ५ का एक फर्निचरमा काम गर्ने पुरूषलाइ कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै इटहरीमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या २० पुगेको छ । १५ जना उपचार पछि घर फर्किसकेका छन । गत साउन १५ गते उपमहानगरको कार्यालयमा कार्यरत एक इञ्जिनियरमा कोरोना पुस्टी भएसंगै इटहरी क्षेत्रमा पिसिआस टेस्टको दायरा बढाइएको थीयो । पछिल्लो समय गरिएको पिसिआर परिक्षणबाट इटहरी ५ का एक पुरूषमा कोरोना संक्रमण पुस्टी भएको हो । उनलाइ होम आइसोलेसनमा राखेर उपचार सुरू गरिउको छ । साउन १५ यता इटहरीमा कोरोबाट संक्रमित हुनेहरूको संख्या ५ पुगिसकेको छ । यता उपमहानगरले बिभिन्न समयमा गरेको पिसिआर परिक्षणको र
धरान । औद्योगिक क्षेत्र भित्रको पृती भल्भ उद्योगका कर्मचारीको कन्ट्याक्ट् ट्रेसिङमा रहेका अन्यमा पनि कोरोना संक्रमण देखिएका छन् । उद्योगमा काम गर्नेहरु बाटै धरानमा कोरोना संक्रमण फैलिदै गएको हो । मंगलबार थपिएको २ जना कोरोना सन्क्रमित पनि उद्योगकै कर्मचारीको कन्ट्याक्ट्मा रहेका थिए । आज थपिएका कोरोना संक्रमित धरान १५ का ४३ वर्षीय पुरुष र धरान १ का १ जना २० वर्षीय पुरुष रहेका छन् । उनी हरु दुबै जनामा कोरोना सन्क्रमित को सम्पर्कमा थिए । धरान १५ का ब्यक्तिका दाजु लाई सोमबार कोरोना पुष्टि भएको थियो भने धरान १ का ब्यक्ती १३ का कोरोना सन्क्रमित को सम्पर्कमा थिए । यसै गरी अर्को एक जना धरान १८
विराटनगर । विराटनगरको कोशी अस्पतालको आईसोलेसनमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।विराटनगर–५ का ७७ वर्षीय पुरुषको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएको हो । श्वास प्रश्वास सम्बन्धी समस्या भएपछि उनी आज बिहान १० बजे अस्पतालमा भर्ना भएका थिए । अस्पताल प्रशासनका अनुसार स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो । उनको रिर्पोट पोजेटिभ आएको छ । रिर्पोट आइसक्दा बिरामीको समेत मृत्यु भएको कोशी अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिएका छन् । बिरामीको शरीरमा अक्सिनको मात्रा समेत घट्दो अवस्थामा पुगेर समस्या देखिएको थियो ।