विद्यार्थीमा फुटबल प्रतिको आकर्षण बढ्दो : विद्यालय स्तरबाटै एन्फाको अभियान

  • चैत २१, २०७७
  • "गोविन्द बस्नेत"
alt

धरान । एन्फा एकाडेमीले फुटबल खेललाई व्यवसायीक बनाउने उद्देश्यले दिएको प्रशिक्षणमा प्रशिक्षण लिन आउनेहरुको रुचि बढेको पाइएको छ । केही दिन अघि एन्फामा संचालन भएको प्रशिक्षणमा ३१ जना विद्यार्थीहरुले प्रशिक्षण लिएका थिए ।

सुनसरीबाट छानिएका ३१ जनालाई प्रशिक्षण दिएर राष्ट्रिय स्तरको खेलाडी छनौटका लागि एन्फा एकेडेमी धरानले पठाइसकेको छ । अन्य जिल्लाहरुमा पनि एन्फाले विद्यार्थीहरुलाई फुटबल प्रशिक्षणमा आकर्षित गर्न कार्यक्रमहरु संचालन तयारी थालेको छ ।
अन्तर्राष्ट्रिय स्तरमा फुटबलको क्रेज बढेसंगै एन्फाले समेत ग्रास लेबलबाट प्रशिक्षणलाई तिब्रता दिएसंगै फुटबल सिक्नेको सहभागिता बढेको हो । विगतमा अध्ययनलाई मात्र बढी प्राथमिकता दिने गरेका बालबालिकाका अभिभावक समेत फुटबलप्रति आकर्षित हुदै आफ्नो बच्चाको सहभागितामा जोड दिन थालेका छन् ।

विश्वमा मात्र हैन नेपालमा समेत फुटबल खेलको लोकप्रियता बढेसंगै पछिल्लो समय अखिल नेपाल फुटबल संघ एन्फाले सानै उमेरदेखि नै खेलाडी उत्पादन गर्न प्रशिक्षण कार्यक्रमलाई अगाडि बढाएको छ । गाउँ, नगर, जिल्ला तथा प्रदेशबाटनै खेलाडी उत्पादन गर्ने उद्देश्यले फुटबलप्रति आकर्षण बढाउन चलायमान रहेको एन्फाको अहिले प्रदेशमा समेत कार्यालय खुलेर सञ्चालनमा समेत ल्याइसकेको छ ।

नेपालमा संघीयता आएसंगै स्थानीय तहले समेत ग्रास रुटबाटै खेलाडी उत्पादनसगै विभिन्न प्रतियोगिता आयोजना गर्न थालिसकेको अवस्थामा एन्फाले समेत यस्ता गतिविधिलाई अगाडि बढाएपछि बालबालिकाकाका अभिभावकहरु समेत आफ्ना नानीहरुलाई फुटबल खेलाडी बनाउने अभिलाषा राखेर प्रशिक्षणमा सहभागी गराउन थालेका हुन् । नेपालले फुटबल खेलमा नेपालीहरुले अबका नयाँ खेलाडीबाट अन्तर्राष्ट्रिय स्तरमा राम्रो राम्रो छाप छोड्न सक्छन् भन्ने विश्वास अभिभावक खेम रसाइली व्यक्त गर्छन । उनी भन्छन्, ‘नेपालमा पनि व्यवसायीक फुटबल शुरु भएको छ, भविष्यमा फुटवल खेलेर जीविकोपार्जन गर्न सक्ने सम्भावना बढेर गएको छ ।’ यस्तै भनाई अर्का अभिभावक रोशन श्रेष्ठको समेत छ ।

उनी भन्छन्, ‘सानै उमेरदेखि फुटबल प्रशिक्षण दिएर राम्रो खेलाडी उत्पादन गर्न सके व्यवसायिकतासंगै राज्यले समेत राम्रो खेलाडी तयार पार्न सक्छ ।’

फुटबल खेलाडी उत्पादनसगै उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अहिले प्रदेशमा समेत एन्फाको कार्यालय सञ्चालनमा आइसकेको छ । हजारौ बालबालिकालाई प्रशिक्षण दिई राम्रा राम्रा खेलाडी उत्पादन गरेको एन्फाको उद्देश्य पनि ग्रास लेवलबाटै राम्रो खेलाडी तयार पार्नु रहेको एन्फाका केन्द्रीय मानार्थ उपाध्यक्ष एवम् प्रदेश नं. १ एन्फाका अध्यक्ष किशोर राई बताउँछनु । उनले अब फुटबल खेललाई स्थानीयदेखि केन्द्रसम्म व्यवसायीक बनाएर लानुपर्ने बताए । उनले भने, ‘जबसम्म फुटबल खेलाडीलाई व्यवसायीकता बनाइदैन, तबसम्म यसको विकास हुदैन, एन्फाले व्यवसायीकतालाई बढी प्राथमिकता दिएर खेलाडी उत्पादनलाई जोड दिएको छ ।’

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved