आठ महिनामा तीनसय दश सम्बन्ध विच्छेद

  • चैत १६, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम/ वैदेशीक रोजगारीको कारण परिवारमा हुने खटपट साथै महिला हिंसा र उमेर नपुग्दै विवाह गरेकाहरुको सम्बन्ध बिच्छेद गर्नेको संख्या इलाममा बढ्दै गएको छ ।
जिल्ला अदालत इलाममा फागुन मसान्तसम्म सात सय छ थान मुद्धामा तीन सय १० थान सम्बन्ध बिच्छेदका मुद्धा रहेको पाइएकबो छ । त्यस मध्ये एक सय ९५ थान मुद्धा फछर्यौट भइसकेको र एक सय १५ वटा मुद्धा बिचाराधीन रहेका छन् ।

सम्बन्ध बिच्छेद गर्नेहरुले आफुले पाउने अंशमा समेत दावी नगरी सम्बन्ध बिच्छेद गर्ने गरेको जिल्ला अदालतका श्रेस्तेदार फडिन्द्रराज भट्टराईले बताए । उनले भने, ‘सम्बन्ध बिच्छेदको निवेदन दिने करिव आधाले अंशको मागदावी गर्दैनन, अंशको माग दावी गर्दा सम्बन्ध बिच्छेदको प्रक्रिया लम्बिने भएकाले महिलाले अंशको माग दावी नगरेको पाइन्छ ।’
सम्बन्ध बिच्छेद गर्दा महिलाले अंशको एक भाग पाउने कानुनी ब्यवस्था छ । तर, त्यसो गर्दा सम्बन्ध बिच्छेदको छिनोफानो गर्न बढि समय लाग्छ । सम्बन्ध बिच्छेदपछि अदालतमा अंश मुद्धाको चाप छ । अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका सहित ७५ थान मुद्धा छ ।

त्यसमध्ये २१ थान फछर्यौट भइसकेको छ भने ४६ थान बाँकी छ ।अशंपछि जवरजस्ती करणीको मुद्धाको चाप छ । ४८ थान जवरजस्ती करणीको मुद्धा रहेकोमा २८ थान फैसला भएको छ भने २० वटा बिचाराधिन छन् । कर्तब्यज्यानको १९ वटा मुद्धा दर्ता भएकोमा सात वटा फैसला भएको छ भने १२ वटा मुद्धा बाँकी छन् ।त्यसपछि लागु औषधका मुद्धा छन् । ती मध्ये आठ थान मात्रै फछर्यौट भएको र १० वटा बाँकी छन् ।

अन्य तर्फ दुई सय ३६ थान मुद्धा दर्ता भएकोमा ६९ थान मुद्धा फछर्यौट भएको र एक सय ६७ थान मुद्धा बाँकी रहेको अदालतको तथ्यांकमा उल्लेख छ । जिल्ला अदालतमा दुई सय ३० वटा सरकारवादी मुद्धा परेको थियो । त्यस मध्ये ८९ थान फछर्यौट भएर १ सय ४१ थान मुद्धा बाँकी छन् । दुनियाबादी तर्फ चार सय ७६ थान मुद्धा दर्ता भएकोमा दुई सय ४७ थान मुदा फछर्यौट भएका छन् भने दुई सय २९ थान मुद्धा बाँकी छन् । अदालतले विभिन्न समयमा कैद सजाय सुनाएको एक हजार नौ सय ५३ वर्ष आठ महिना २७ दिन कैद भुक्तानी गर्न बाँकी देखिएको छ । त्यस्तै जरिवाना गरेकाहरुबाट ६ करोड २६ लाख २६ हजार पाँच सय ५४ रुपैयाँ जरिवाना असुल्न बाँकी छ ।

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved