‘खुवालुङ्ग ढुंगा नफुटाई जलयात्रा संचालन’

  • चैत १८, २०७७
  • "संगम बिष्ट"
alt

बराहक्षेत्र/ किराँत राई समुदायले आफ्नो आस्थाको केन्द्रको रुपमा दाबि गरेको खुवालुङ्ग ढुङ्काको संरक्षण, प्रबद्र्धनमा प्रदेस नं १ का मुख्यमन्त्री सेरधन राईले प्रतिबद्धता जनाएका छन् । धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सिमानामा रहेको तीन ठूला नदीहरु अरुण, तमोर र दूधकोसीको संगमस्थल त्रिवेणी स्थित कोशि नदीमा रहेको ढुङगालाई किराँत समुदायले पवित्र तिर्थस्थल खुवालुङ भनेर दाबी गर्दै आइरहेका छन् ।

जल यातायात बिस्तार गर्ने योजना अन्तर्गत ढुङ्गा अर्थात खुवालङ्ग फुटाउने हल्लासंगै एकाएक चर्चाको आए पछि खुवालङ्गलाई संरक्षण र बिकाशमा प्रदेस सरकार लाग्ने मुख्य मन्त्री राईले बताए । मङलवार खुबालुङ्ग क्षेत्रमा नै अवलोकल तथा निरक्षण गर्न पुगेका मुख्य मन्त्री राईले भने, ‘खुवालुङ्ग किरात राई जातिको आस्थाको केन्द्र हो, यो फुटाउन प्रदेश सरकार र केन्द्रीय सरकार लागेको कुरा हल्ला मात्र हो, मुन्धुमी शक्ति केन्द्र कोशी नदीमा अवस्थित ‘खुवालुङ’ संरक्षणका लागि प्रदेश सरकारले पहलकदमी लिन्छ ।’
उनले खुवालङ्ग क्षेत्रको बिकासमा प्रदेश सरकार गुरु योजना बनाएर अगाडि बढ्ने बताए । उनले भने, ‘यसको संरक्षण गर्छ, यस क्षेत्रमा अरु पनि सम्भवना हुन सक्छन्, प्राबिधिक हिसाबले अरु पनि सम्भवना के के छन भनेर खोजि गर्न प्रदेश सरकार लाग्नेछ ।’ बिश्व भरका किरातीहरुको आस्थाको केन्द्र खुवालुङ्गको संरक्षण गरेर बोट सन्चालन गरिने उनले प्रतिबद्धता जनाए । उनले भने, ‘बिबादको बिषय छैन, प्रदेश र देशको समृद्धि खुबालुङ्गको बिकासले टेवा पुराउनेछ, यसको धार्मिक तथा ऐतिहासिक रुपले बिकास गर्नु पर्छ ।’ चतरादेखि किमाथाङ्का र दोलालघाट सम्म जल यातायातका बिस्तार गर्ने योजना रहेको बताउँदै खुवालुङ्गलाई संरक्षण गरेर काम अघि बढ्नृ उनले बताए ।

किरात राई आयोख्या केन्द्रिय समितिको अग्रसतामा आयोजना भएको कार्यक्रममा प्रदेस नं १ सरकारका प्राबिधिक बिज्ञ बिपुल राज पाण्डेले पहिलो चरणको सर्बेवाट ढुङ्गा फुटाउने कुनै कुरा नभएको जिकिर गरे । उनले खुबालुङ्गको दायाँ– बाया दुबै बाट पनि पानी बोट सन्चालन गर्न सकिने जानकारी दिदै खुवालुङ्गको ५ मिटर वरपर बोट नकुदाउन मिल्ने बनाउन सकिने भुगोल रहेकाले खुवालुङ्ग नफुटाई जल यातायात बिस्तार गर्न सकिने उनले बताए ।

किरात राई यायोख्याका केन्द्रीय अध्यक्ष दिवश राई खुवालुङ्गको ऐतिहासिकता र धार्मिक बिश्वास बारे प्रष्ट पारे । अवलोकन तथा निरिक्षण कार्यक्रममा प्रदेश नं १ सरकारका आन्तरिक मामला मन्त्री हिक्मत कार्की, प्रदेश सासद अम्बिका थापा, बिमल कार्की, किरात राई यायोख्याका निवर्तमान अध्यक्ष तथा धरानका मेयर तिलक राई लगायतको उपस्थिति रहेको थियो ।गत फागुन ७ गते बिराटनगरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपि ओलिले जल यातायात बिस्तारमा एउटा ढुङ्गा बाधक बनेको छ फुटाउनु पर्छ भने पछि खुबालुङ्गको चर्चा अझ
बढेको थियो ।

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved