नेकपा माओवादी केन्द्रको संसदीय दलमा आङ्बो

  • चैत १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर / नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा ईन्द्र आङ्बो चयन भएका छन । आङ्बोलाई पार्टीले सर्वसम्मत ढंगबाट संसदीय दलको नेतामा चयन गरिएको हो ।
यसभन्दा अघि संसदीय दलको नेतामा टंक आङ्बोहाङ रहेका थिए ।

आङबोहाङ नेकपा केन्द्र छोडेर एमालेकातर्फबाट प्रदेश नं. १ को आर्थिक मामिला मन्त्री समेत बनिसकेका छन् ।आङबोहाङले पार्टी छाडेपछि सोही स्थानमा इन्द्र आङबोलाई संसदीय दलको नेता बनाइएको हो । सोमबार विराटनगरमा बसेको माओवादीको संसदीय दलको बैठकले आङ्बोहाङलाई आफ््नो अवस्थाबारे जानकारी दिन २४ घण्टे स्पष्टीकरणसमेत सोध्ने निर्णय गरेको छ । योस“गै बैठकले अन्य पदाधिकारी समेत चयन गरेको छ ।

बैठकले दलको उपनेतामा रामकुमार राई, प्रमुख सचेतकमा झापाका झलकसिंह दर्लामी र सचेतकमा सौभाग्यवती राईलाई तोकेको दलका नेता आङबोले बताए । प्रदेश १ मा नेकपा माओवादी केन्द्रको १६ जना सांसद छन् । तीमध्ये बैठकमा दुईजना अनुपस्थित थिए ।

आङ्बोले मुख्यमन्त्री राईले हतारमा मन्त्रीपरिषद् विस्तार गरेको समेत टिप्पणी गरेका छन् । अविश्वास प्रस्तावको विषय कानुनी रुपमा नटुंगिएको अवस्थामा मन्त्रीपरिषद विस्तारलाई उनले हतारको निर्णय भएको बताए ।
अविश्वास प्रस्तावको सन्दर्भमा अब कसरी अघि बढ्ने भन्नेबारे सो प्रस्तावको पक्षमा रहेका एमालेका सांसदहरुस“ग पनि छलफल भइरहेको उनले बताए ।

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved