धरान/ छिमेकी मुलुक भारतमा अक्सिजन नपाएरै कोरोना संक्रमितहरुको मृत्यु बढ्दै गए पछि नेपालमा पनि अक्सिजनको अभाव हुने चिन्ता हुन थालेको छ । अहिले जटिल अवस्थाका बिरामीहरूको संख्या बढ्दै गएको र अस्पताल भर्ना भएका धेरैलाई अक्सिजन दिनुपर्ने अवश्था आइरहेको छ । प्रदेश १ मा पनि कोरोना संक्रमित बढ्दै गए पछि कोभिड अस्पतालहरु तयारी अवश्थामा राख्न थालिएको छ । अझ अक्सिजनको कमी हुन नदिन सबैको चासो बढेको छ । प्रदेश सरकारले पनि अक्सिजनको कमी हुँन नदिन अक्सिजन प्लान्ट निर्माण गर्ने तर्फ पनि योजना अघि सारेको छ । सोमबार मुख्यमन्त्री शेरधन राईले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभि
मोरङ / कोरोना संक्रमण बढ्दै गए पछि रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकारको अगुवाईमा जनचेतनामुलक अभियान शुरु गरिएको छ । कोरोनाको दोश्रो लहर शुरु भएसँगै संक्रमितको संख्या बढ्दै गएपनि स्वास्थ्य मापदण्ड पालना नभएपछि मन्त्रालयले सांकेतिक रुपमा अभियानको शुरुवात गरेको जनाएको छ । सामाजिक विकास मन्त्रालयको अगुवाईमा, स्काउट लगायतका सामाजिक संघ संस्थाको सहकार्यमा अभियानको शुरुवात गरिएको हो । अभियान शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री उषाकला राईले विना मास्क हिड्नेहरुलाई मास्क लगाईदिएकी थिइन् । उनले कोरोनाबाट बच्नका लागि स्वास्थ्य मापदण्ड, सामाजिक दुरी कायम गर्न आवश्यक रहेकोमा जोड दिइन् । उनल
धरान / विगतमा नेपाल खानेपानी संस्थानले पानीको हाहाकारमा पनि ट्यांकरमार्फत खानेपानी धराने जनतालाई खुवाएको भएपनि धरान खानेपानी बोर्डले त्यो समेत गर्न नसकेकोप्रति संघर्ष समितिले आपत्ति जनाएको छ । विगतदेखि नै संस्थानमार्फत नै खानेपानी धराने जनतालाई खुवाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका उनीहरुले धरानेहरुलाई यस्तो अभावमा पनि पानी खुवाउन नसक्ने बोर्डको औचित्य नभएको भन्दै खानेपानी वितरण ग गर्ने जिम्मा संस्थानलाई दिन जिम्मा दिन संघर्ष समितिले ज्ञापनपत्र बुझाएको छ । विगतमा संस्थानले खानेपानी अभावका समयमा पनि ट्यांकरमार्फत धराने जनतालाई पानी खुवाउने गरेको भन्दै बोर्डले त्यो काम समेत गर्न नसकेकोप्रत
विराटनगर/ कोरोना संक्रमित बढ्न थालेपछि प्रदेश १ सरकारले व्यवस्थापन गरेको कोभिड अस्पतालमा लक्ष्यणसहितका बिरामीको चाप बढेको छ । सोमबारसम्म क्षमताअनुसार बेड भरिएका छन् । कोसी कोभिड उपचार केन्द्रमा ८० बेड छन् । सातायता लक्ष्यणसहितका संक्रमित बढेपछि ३२ बेड भरिएको छ । अरु बेडमा भेण्टिलेटरसहितको सुविधा नरहेकोले थप संक्रमित भर्ना लिने अवस्था नरहेको निमित्त निर्देशक डा. एपोलो भगतले जानकारी दिएका छन । उनले भने,“लक्ष्यणसहितका बिरामीमात्र भर्ना लिइएको छ । सबै संक्रमित अक्सिजनको मद्दत लिएर उपचार गर्नुपर्ने अवस्थामा हुनुहुन्छ ।” कोरोनाको दोस्रो लहर शुरु हुँदा कडा लक्ष्यणसहितका बिरामी उपचार
इलाम/ इलामको फाल्गुनन्द सुकिलम्वा विमानस्थलको धावन मार्गनिर्र्माण सम्पन्न भएपनि नालि निर्माण व्यवस्थित नहुँदा धावन मार्ग र बस्ती जोखिममा परेको छ । विमानस्थलको ढल व्यवस्थापन गर्नका लागि निर्माण गरेको नालि भत्किन थालेसँगै विमानस्थलको धावनमार्ग र विमानस्थल तल रहेको बस्ती जोखीममा परेको हो । विमानस्थलको पूर्वपट्टिको तल्लोसाईडमा निर्माण भएकोे नालि वर्खानै नलागी भत्किन थालेपछि समस्या देखिएको छ । नालि भत्किँदा विमानस्थलभन्दा तल रहेको वस्ती जोखिममा पर्नुका साथै धावनमार्गको तल्लो भाग खोल्न थालिसकेको छ । पहिले माटो थुपारेर त्यहाँमाथि नालि बनाएको कारण भत्किएको स्थानीय बताउँछन । परिक्षण उडान पश्चात व
धरान/ सात महिना अघि निधन भएका लेखमणि जिमी साहसिक खेलका अभियन्ता हुन् । पुर्वी नेपालका विभिन्न स्थानमा साहसिक खेलको विस्तार सँगै साहसिक खेल पर्यटन प्रवद्र्धनमा उनको योगदान अतुलनिय रहेको छ । धरानमा व्यवसायीक रुपमा प्याराग्लाइडिङको शुरुवात पनि उनैले गरेका हुन् । साहसिक खेलको प्रवद्र्धन गर्न एक्सट्रिम धरान संस्थाका अध्यक्ष हुन् । जति पनि साहसिक खेलहरु छन्, त्यसलाई प्रवद्र्धन गर्दै अन्तराष्ट्रिय पर्यटकहरुको गन्तव्य बनाउने उनको सपना थियो । विशेष गरि प्याराग्लाईडिङ, क्यानोनिङ, र्याफटिङ लगायत साइक्लिङलाई धरान लगायत आसपासका क्षेत्रहरुमा पर्यटकहरुको लोभ्याउन चाहन्थे । उनी जिवित रहँदा केही कामको शु
विराटनगर । परीक्षा अगावै प्रश्नपत्र आउट गराउने पूर्वाञ्चल विश्व विद्यालयका कर्मचारी र विद्यार्थीसहित १० जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार परीक्षा हुनुभन्दा दुई घण्डा अगाडि नै प्रश्नपत्र आउट गरिएको प्रकरणमा उनीहरु पक्राउ परेका हुन । प्रहरीका अनुसार काठमाडौबाट ८ जना विद्यार्थीलाई शनिबार पक्राउ गरी विराटनगर ल्याइएको हो । यस्तै ८ वैशाखमा सप्तरी घर भएका महेश यादवलाई पक्राउ गरेर ‘शिक्षा ऐन’ अनुसार म्याद थप गर्दै अनुसन्धान अघि बढाइएको जनाएको छ । इन्जिनियरिङ संकायको स्नातक दोस्रो सेमिस्टरको फिजिक्स विषयको परीक्षा हुनुभन्दा दुई घण्डा अगाडि ३ वैशाखमा बाहिरिएको थियो
धरान/ धरान जोगवनी किमाथांका ६ लेनको बाटो समयमै निर्माण नहुदा धुलोको कारण स्वास्थ्यमा असर परेको भन्दै सडक निर्माण आसपास बसोबास गर्नेहरु आन्दोलितबनेका छन् । दैनिक हजारौ सवारी साधन ओहोरदोहोर हुने यस खण्डमा सडक निर्माण गर्ने क्रम जारी रहदा धुलाको कारण स्वास्थ्यमा असर पुगेको भन्दै उनीहरुले इटहरी उपमहानगरपालिका खनारको मुख्य सडकमा ढाड राखेर सवारी आजावतमा रोक लगाएका छन् । उनीहरुल निमार्ण कम्पनीले समयमा काम नसक्दा सडक खण्डमा धुुलो भएकोले आफूहरुका दिनचर्यामासमेत असर परेको भन्र्दै सुनसरीको खनारमा स्थानीयले एक घण्टा मुख्य सडक अबरोध गरेका छन् । हरेक दिन दैनिक हजारैको संख्यामा सवारी साधन आवात जाबत गर्
विराटनगर/ अघिल्लो वर्ष कोरोना महामारी शुरु नहुँदै १ नम्बर प्रदेश सरकारले कोभिड १९ अस्पताल संचालनमा ल्याएको थियो । संघीय सरकारको नीतिअनुरुप भारतीय नाका भएर आउने मानिसको स्वास्थ्य परीक्षण गर्ने र स्थानीय तहलाई जिम्मा नलगाउन्जेलसम्म नागरिकलाई राख्न होल्डिङ सेन्टर संचालनगरेको थियो । स्थानीय तहको क्वारेन्टिन व्यवस्थापनमा समन्वय गर्नेदेखि आर्थिक सहयोग गर्ने काम भएको थियो । तर, यो पटक अधिक न जोखिमयुक्त मानिएको भारतीय क्षेत्रबाट आउने नागरिकलाई व्यवस्थित गरिएको छ नत होल्डिङ सेन्टर र क्वारेन्टिन व्यवस्थापनको काम । अघिल्लो वर्ष १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिर आफैं सक्र
धरान/ दोस्रो चरणको कोरोना संक्रमण बढ्दै गएपछि नेपाल सरकार स्वास्थ्यमन्त्रालयले स्वास्थ्य निर्देशिकामार्फत संघीय, प्रदेश र स्थानीय सरकारलाई निर्देशिका पालना गर्न सर्कुलर जारी गरेपनि त्यो कही कतै अलिकति पनि पालना भएको पाइदैन । विशेष गरी सरकारले जारी गरेको निर्देशिका यातायात व्यवसायीहरुले पालना गरेको पाइदैन । सर्वजनिक बसमा मास्क लगाउने, सेनिटाइजर गरी यात्रुलाई यात्रा गर्न दिने, भौतिक दूरी पालना गरेर यात्रुलाई सिटमा राख्ने लगायतका कुरा निर्देशिकामा उल्लेख भएपनि धरानबाट सञ्चालन भएका पूर्व, पश्चिम, कोशी पहाडी क्ष्ँेत्रमा चल्ने यात्रुवाहक सवारी साधनले पालना गरेको पाइदैन ।दोस्रो चरणको कोरोना संक