समाचार

    Showing 7,731-7,740 of 8,680 items.
  • विराटनगरमा १ जना पत्रकारलाई कोरोना संक्रमण

    विराटनगर । विराटनगरका १ जना पत्रकारमा कोभिड १९ पोजेटिभ रिर्पोट आएको छ ।नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेलले दिएको जानकारी अनुसार संक्रमित पत्रकारले महासंघद्वारा गराइएको कोरोना बीमाको रकम भुक्तानीको लागि निवेदनसमेत दिएका छन् । अध्यक्ष पोखरेलले महासंघले अजोड इन्स्योरेन्ससंग सम्झौता गरी कोरोना बीमा गराएको जानकारी दिंदै भने,“महासंघले पहल लिएर मोरङ जिल्लाभरका दुई सयभन्दा धेरै पत्रकार र परिवारको कोरोना बीमा गराएका छौं । विराटनगरकै एकजना साथीले बीमा भुक्तानी दाबी गर्दै निवेदन दिनु भएको छ ।” संक्रण पुष्टि भएका पत्रकारले साउन १९ गते स्वाब दिएका थिए । महासंघका सदस्य उनी

    • प्रकाशित मितिः साउन २३, २०७७
    • 645 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बराहक्षेत्र नगरपालिकाका ६४ कर्मचारीको रिपोर्ट नेगेटिभ     

    चतरा । समुदायमा कोरोना संक्रमण फैलिदै गए पछि वराहक्षेत्र नगरपालिकाका कर्मचारीहरुको स्वाब परिक्षण गरिएको छ । पहिलो चरणको स्वाब परिक्षणमा ६४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बराहक्षेत्र मा गरिएको समुदाय स्तरिय कोरोना परिक्षण गर्दा ६४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बराहक्षेत्र नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी उमेश मेहेताका अनुसार ९७ जनाको पि सि आर गरिएकोमा ६४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अन्यको रिपोर्ट आउन बाकी रहेको उनले बताए । समुदाय स्तरमा गरिएको स्वाब परिक्षण नगरपालिकाकै नगर अस्पतालमा गरिएको थियो ।

    • प्रकाशित मितिः साउन २३, २०७७
    • 1,876 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटामा कम मुद्दा फछ्र्यौट

     धनकुटा, २३ साउन  / उच्च अदालत विराटनगर धनकुटा इजलासले अघिल्लो वर्षको तुलनामा गत वर्ष कम मुद्दा फछ्र्यौट भएको जनाएको छ । गत आर्थिक वर्ष २०७६÷०७७ मा ७५ दशमलव ५९ प्रतिशत मात्र मुद्दा फछ्र्यौट गर्न सफल भएको छ । उच्च अदालतले अघिल्लो वर्ष ८१ प्रतिशत मात्र मुद्दा फछ्र्यौट गरेको थियो । अघिल्लो वर्षको जिम्मेवारी सरेर आएको ८८ थान, नयाँ दर्ता भएका २ सय ७ थान गरी २ सय ९५ मध्ये जिम्मेवारी मध्येबाट ८५ थान, नयाँ दर्ता मध्येबाट १ सय ३८ थान सहित २ सय २३ थान मुद्दा फछ्र्यौट भएको मुख्य न्यायधिश नीता गौतम दिक्षितले बताईन् । निवेदन, प्रतिवेदन तर्फको लक्ष्य र प्रगति भने निवेदनतर्फ जिम्मेवारी

    • प्रकाशित मितिः साउन २३, २०७७
    • 978 पटक पढिएको
    • "सन्तोष रुचाल "
  • प्रदेश १ को राजधानीमा कसरी फैलियो समुदायमा कोरोना ?

    विराटनगर । स्थानीय रुपमा विराट अस्पताल (विराट नर्सिङ) होमका वरिष्ठ चिकित्सक र स्वास्थ्यकर्मीहरुमा पहिलो पटक देखिएको कोरोनाको संक्रमण तीव्र रुपमा विराटनगरका अन्य अस्पतालतिर पनि सरेको छ । दुई साताभित्र तरकारी व्यापारी, पान पसले, होटल संचालक र प्रदेशका उच्च पदस्थ पदाधिकारीमा पनि संक्रमण पुष्टि भएको छ । परीक्षणको दर बढ्दै जाँदा संक्रमणको क्षेत्रसमेत फराकिलो बन्दै गएको देखिन्छ । विराटनगरमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २०० कट्न लागेको छ । संक्रमणको बढ्दो ग्राफले ‘प्रदेश १ को राजधानी विराटनगरमा कोरोना संक्रमणको तीब्रतर फैलावट कसरी हुन पुग्यो ?’ भन्ने आम र

    • प्रकाशित मितिः साउन २३, २०७७
    • 702 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मुसहर बस्तिमा आक्रमण गर्नेलाइ बिना कारबाही छाडियो, आक्रमणको डरले उर्मिला ऋषिदेवले गरिन आत्महत्या

     सुनसरी । मोरङको बुढिगङगा गाउपालिकाका मुसहरहरु माथि समुहगत रुप साङ्घातिक आक्रमण गर्नेलाइ प्रहरीले बिना कार्बाही छाडी दिएको छ । मोरङको बुढीगंगा गाउँपालिका २ खार्जीका मुसहर हरु माथी गत सोमबार आक्रमण भएको थियो । आक्रमण बाट पाँचजना मुसहरहरु गम्भिर घाइते भएका छन । आक्रमणमा परेर घाइते भएका सरस्वतीऋषिदेव ५० र उनकाभाइहरु क्रमश ४० बर्षिय पन्नाालाल ३८ बर्षिय चुन्नीलाल ३५ बर्षिय रामजी र ३३ बर्षिय श्यामऋषिदेव गम्भिर घाइते भएका छन । घरछिमेकको सामान्य विवादको बदला लिन राती हातहतियार सहित गाउँमा आएर अन्धाधुन्ध आक्रमण गरेर पाँचजनालाई गम्भिर घाइते बनाउने समुहलाई मोरङ प्रहरीले विनाकार्वाही छाडिदिएको हो ।

    • प्रकाशित मितिः साउन २३, २०७७
    • 1,040 पटक पढिएको
    • "गणेश लम्साल"
  • कोशी अस्पतालमा कोरोना शंकास्पद बिरामीको मृत्यु

    विराटनगर । कोभिड १९ सँग मिल्दो लक्ष्यण भएका अर्का एक जना बिरामीको कोशी अस्पतालमा मृत्यु भएको छ । अस्पतालका अनुसार विराटनगर–९ बाट ज्वरो र श्वास प्रश्वास सम्बन्धी समस्या भई ल्याइएका व्यक्तिको आज बिहान मृत्यु भएको हो । परिवारले अस्पताललाई दिएको जानकारी अनुसार ५८ वर्षीय पुरुषमा एक सातादेखि हलुका ज्वरोको लक्ष्यण थियो । तर, बिहान एक्कासि श्वास फेर्न कठिन भएपछि कोशी अस्पताल लगिएको थियो । कोशी अस्पताल आईसोलेशनका इञ्चार्ज डा.लक्ष्मीनारायण यादवले भने,“अस्पतला ल्याई पुग्दा उहाँको मृत्यु भईसकेको थियो । तर, कोरोनासं मिले लक्ष्यणहरु देखिएकोले हामील्े स्वाब संकलन गरेर परीक्षणमा पठाएका छौं ।&rdq

    • प्रकाशित मितिः साउन २३, २०७७
    • 1,366 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा थप सुरक्षा पोष्ट थपेसँगै सिमाबाट लुकिछिपि आउनेको संख्या छैन

    इलाम/ कोरोना संक्रमण फैलीरहेको बेला नेपाल भारत खुल्ला सिमानाका कारण लुकिछिपि प्रवेश नहोस भनेर लकडाउनको समयमा पनि इलामको नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा पोष्ट थपियो । देशमा लकडाउन भएको एक महिना भित्र सीमा क्षेत्रका १८ स्थानमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट राखेपछि लुकिछिपि नेपाल प्रवेस गर्नेको संख्या पाइएको छैन । लकडाउन सुरु भएसँगै सात स्थानमा सशस्त्र प्रहरीको टोली राखियो पछि ११ वटा सीमा क्षेत्रमा सुरक्षा पोष्ट राखेपछि सीमाबाट लुकिछिपि आउने र अवैद व्यापार बन्द भएको छ । नेपाल–भारत सिमानाको साढे ५२ किलो मिटर क्षेत्रका १८ स्थानमा सशस्त्र प्रहरीको टोली खटाएसँगै सिमाबाट लुकिछिपि

    • प्रकाशित मितिः साउन २३, २०७७
    • 603 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • सिरहाका कोरोना संक्रमीत युवाको धरान स्थित बिपि प्रतिष्ठानमा मृत्यु

    धरान । बिगत २ वर्ष देखि डायलासिस गराइरहेका कोरोना संक्रमित सिरहाका एक युवाको मृत्यु भएको छ । बुधबार उनिमा कोरोना संक्रमण पुष्टि भएको थियो । जनकपुरमा डायलासिस गराइ रहेको उनको स्वास्थ्यमा समस्या बढदै गए पछि बिहिबार धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरिएको थियो । डायलासिसको क्रममै उनको मृत्यु भएको प्रतिष्ठानका प्रबक्ता डा। निदेश सापकोटाले बताए । जनकपुरबाट रिफर भएर आएका २५ बर्षीय युवाको हिजो राती १० बजेर ४५ मिनेटमा निधन भएको सापकोटाले जानकारी दिए । मृतक सिरहाको गोलबजार निवासी हुन् । मृतकको शव पठाउनको लागि आवश्यक समन्वय भइरहेको पनि प्रवक्ता डा।सापकोटाले जानकारी दिए

    • प्रकाशित मितिः साउन २३, २०७७
    • 1,223 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो, धरान १५का १ बालकमा कोरोना संक्रमण

     धरान । समुदाय स्तरमै कोरोना संक्रमण फैलिन थाले पछि धरानमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । आज थपिएका धरान १५ का १० बर्षिय बालक रहेका छन् । समुदाय स्तरमा गरिएको परिक्षणमा ती बालकमा कोरोना संक्रमण देखिएको धरान उपमहानगरपलिकाका स्वस्थ्य महासाखा प्रमुख उमेश मेहताले बताए । उनलाई कसरी कोरोना सङ्क्रमण भयो भन्ने बारेमा ट्राभल हिस्ट्रिी र कनट्र्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको उनले बताए ।

    • प्रकाशित मितिः साउन २३, २०७७
    • 1,210 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सूर्योदय नगरपालिकामा लकडाउन

    इलाम / इलामको सूर्योदय नगरपालिकाले कोरोना संक्रमण बढ्दै गएपछि बिहीबार राती १२ बजे पछि अनिश्चितकालीन लकडाउन गर्ने निर्णय गरेको छ । शसस्त्र प्रहरीको पशुपतिनगर बीओपी र आईतबारे क्याम्पमा कोरोना संक्रमण फैलिएपछि बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रमा अनिश्चितकालीन लकडाउन लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन अवधिभर तोकीएको समय बाहेक बजार पसलहरु बन्द रहने छन् । नगर प्रमुख रणबहादुर राईको अध्यक्षतामा बसेको बैठकले नगरमा समुदायमा कोरोना फैलन नदिन सुरक्षा निकाय , स्थानीय ब्यवसायी संग समन्वय गरी लकडाउन गर्ने निर्णय गरेको छ । नगर प्रमुख राईले खाद्यान्न लगायतका अति आवश्यक पसल बिहान ८ बजे देख

    • प्रकाशित मितिः साउन २२, २०७७
    • 891 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved