वीपीमा खपत भन्दा चार गुणा बढी अक्सिजन : प्रति मिनेट १६ सय लिटर उत्पादन

  • वैशाख १५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/  छिमेकी मुलुक भारतमा अक्सिजन नपाएरै कोरोना संक्रमितहरुको मृत्यु बढ्दै गए पछि नेपालमा पनि अक्सिजनको अभाव हुने चिन्ता हुन थालेको छ । अहिले जटिल अवस्थाका बिरामीहरूको संख्या बढ्दै गएको र अस्पताल भर्ना भएका धेरैलाई अक्सिजन दिनुपर्ने अवश्था आइरहेको छ ।

प्रदेश १ मा पनि कोरोना संक्रमित बढ्दै गए पछि कोभिड अस्पतालहरु तयारी अवश्थामा राख्न थालिएको छ । अझ अक्सिजनको कमी हुन नदिन सबैको चासो बढेको छ । प्रदेश सरकारले पनि अक्सिजनको कमी हुँन नदिन अक्सिजन प्लान्ट निर्माण गर्ने तर्फ पनि योजना अघि सारेको छ । सोमबार मुख्यमन्त्री शेरधन राईले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालको तयारीको अवश्थामा बुझ्दै अक्सिजन पर्याप्त मात्रामा तयारी अवश्थामा राख्न निर्देश समेत गरेका छन् ।

प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्ट हुँदा पनि पहिलो चरणको कोरोना संक्रमणको अवश्थामा कोभिड अस्पतालमा अक्सिजनको अभाव हुँदा संक्रमितहरुको मृत्यु समेत भएको थियो । अहिलेको अवश्थामा भने पुर्णरुपमा धान्न सक्ने अवश्थामा तयारी गरेको प्रतिष्ठानले जनाएको छ ।

अघिल्लो वर्षको कोरोनाको समयमा कोभिड अस्पताल पुर्णरुपमा तयारी नहुँदा बिरामीहरुले अक्सिजन पाउन नसक्दा आलोचना खेप्नु परेको थियो । प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामनी पोखरेलका अनुसार अहिले प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्टबाट प्रति मिनेट १६ सय लिटर अक्सिजन उत्पादन भइरहेको छ । खपत क्षमता भन्दा चार गुणा बढी अक्सिजन उत्पादन हुने गरेको उनले बताए । उनले भने, ‘अघिल्लो वर्ष ४ वटा टावल मध्ये दुई वटा मात्रै संचालनमा थियो, २ वटा बिग्रिएको थियो, त्यसैले प्राविधिक समस्या भयो, अहिले फुल फेसमा ४ वटै टावल संचालनमा छन्, त्यसैले कुनै समस्या आउँदैन् ।’

प्रतिष्ठानका सबै विभागहरुमा प्रयोग भएको अक्सिजन ४ सय देखि ५ सय लिटर प्रति मिनेट रहेको छ । खपत भन्दा पनि चार गुणा बढी उत्पादन भएकाले कुनै समस्या नआउने पोखरेलको भनाई छ । उनले भने, पिक आवरमा पनि ४० प्रतिशत मात्रै खपत हुने गरेको छ, कोभिड अस्पतालमा सय जना बिरामी नै भर्ना भए पनि धान्न सक्ने अवश्थामा रहेको छ ।’ प्रतिष्ठानमा उत्पादन भएको अक्सिजन करिब ४ सय देखि ५ सय बिरामी भर्ना भए पनि धान्न सक्ने अवश्था रहेको छ । कोभिड अस्पतालमा पुरै सय बेडमै अक्सिजन पाइपलाइन विस्तार गरिसकेको छ ।

पाइपलाइनमा कुनै समस्या आए विकल्पका लागि सिलिण्डरबाट पनि पाइपलाइनमा जोड्न सकिने व्यवस्था गरिएको छ । अहिले स्टक राख्नु पर्ने अवश्था नरहे पनि बिरामीको संख्या बढ्दै गएको अवश्थामा तयारी रहन सिलिण्डर थप गर्ने तयारी गरिएको उनले बताए । उनले भने, उत्पादन क्षमता अधिकतम हो, भोलिका दिनमा सर्टेज हुन सक्ने अवश्थालाई मध्यनजर गर्दै प्लान्ट थप्ने कि भन्ने कुरा पनि हुँदैछ, तर ठोस निर्णय भएको छैन ।’

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved