धरानमा खानेपानीको चरम अभाव : ‘बोर्डले खानेपानी खुवाउन सकेन’

  • वैशाख १४, २०७८
  • "गोबिन्द बस्नेत"
alt

धरान / विगतमा नेपाल खानेपानी संस्थानले पानीको हाहाकारमा पनि ट्यांकरमार्फत खानेपानी धराने जनतालाई खुवाएको भएपनि धरान खानेपानी बोर्डले त्यो समेत गर्न नसकेकोप्रति संघर्ष समितिले आपत्ति जनाएको छ ।

विगतदेखि नै संस्थानमार्फत नै खानेपानी धराने जनतालाई खुवाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएका उनीहरुले धरानेहरुलाई यस्तो अभावमा पनि पानी खुवाउन नसक्ने बोर्डको औचित्य नभएको भन्दै खानेपानी वितरण ग गर्ने जिम्मा संस्थानलाई दिन जिम्मा दिन संघर्ष समितिले ज्ञापनपत्र बुझाएको छ ।

विगतमा संस्थानले खानेपानी अभावका समयमा पनि ट्यांकरमार्फत धराने जनतालाई पानी खुवाउने गरेको भन्दै बोर्डले त्यो काम समेत गर्न नसकेकोप्रति आपत्ति जनाउदै ज्ञापनपत्र बुझाएको हो । संघर्ष समिति का अध्यक्ष हर्क साम्पाङको हस्ताक्षर रहेको विज्ञप्तीमा सर्वसाधारणको धारामा पानी नआएको महिनौ विति सक्दा पनि बोर्डले गम्भीरता नदेखाएको भन्दै विगतमा संस्थानले जस्तै अहिलेको आववश्यकता परिपूर्तिे ट्यांकरबाट ओसारेर निःशुल्क पानी आपूर्ति गर्न माग गरेको हो ।

बोर्डले ट्यांकरमार्फत सर्वसाधारणलाई पानी वितरण गर्न नसक्दा मनोमानी ढंगले निजी क्षेत्रबाट पानी विक्री गरिरहेकोले त्यसलाई पनि रोक्न नगरपालिकालाई ज्ञापनपत्रमार्फत अनुरोध गरेको छ ।
बोर्डले धराने जनतालाई खानेपानी सहज रुपमा खुवाउन नसकिरहेको अवस्थामा निजी क्षेत्रबाट ट्यांकरबाट ल्याएर विक्री गर्ने पानीको शुल्कमा एकरुपता नभएको बताउदै ट्यांकर तथा जारमार्फत ल्याएका पानी कतिको गुणस्तरीय छ भन्ने कुरा पनि बोर्डले मापन गर्नुपर्ने माग समेत उनीहरुले गरेका छन् । यस्तै उनीहरुले खानेपानीको आपूर्तिका लागि बोर्डले कही कतैबाट थप ऋण ल्याएर मर्मत सम्महार तथा संोत थप्ने कार्य नगर्न आग्रह गरेको छ ।

यस्तै २०७७ चैत्र २४ गतेदेखि संघर्ष समितिले बन्द गरेको काउन्टर पूयर्णरुपमा वार्ता सफल नहुन्जेलसम्म बन्द नै जनाएको छ । बन्दअवधिभरि शुल्क लिएपपनि जरिवाना मिनाहा गर्न समेत संघर्ष समितिले आग्रह गरेको छ ।

उनीहरुले सहरी विकास आयोजना अन्तर्गत एसयाली विकास बैंकको ऋण तथा अनुदानमा सम्पन्न भइसकेको भनिएको असफल खानेपानी आयोजनाको कुल लागत ३ अर्ब २९ भन्ने बुझिएको भए पनि बजेट के कसरी सञ्चालन गरिएको हो । त्यसको हिसाब समेत सार्वजनिक गर्न उनीहरुले माग गरेका छन् ।

 

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved