समाचार

    Showing 7,711-7,720 of 10,045 items.
  • एन्टीबायोटिकको बोतलमा रेम्डेसिभिरको लेबल लगाएर बिक्री गर्ने पक्राउ

    विराटनगर । विराटनगरमा नक्कली रेम्डेसिभिर औषधि बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । अति नै जोखिमपूर्ण अवस्थामा आईसियू र भेनिटलेटरमा राखेर उपचार गर्नुपर्ने संक्रमितलाई यो औषधि चलाइन्छ । तर, महामारीका बेला जीवनदायी मानिने औषधिलाई नै नक्कली खोल हालेर गिरोहले बिक्री गर्ने गरेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रु. ९० पर्ने ‘स्टासेफ’ नामक इन्जेक्सनमा नयाँ लेबल लगाएर गिरोहले रेम्डेसिभिरको नाममा बिक्री गर्ने गरेको खुलेको हो । उनीहरुले ७ हजार देखि २५ हजार रुपैयाँसम्म नक्कली औषधि बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विर

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 1,037 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीको आइसोलेसन तीन दिन भित्रमा सञ्चालन हुने

    धरान/ कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय सरकारले जोखिम न्यूनिकरणका लागि आ–आफ्नो तर्फबाट काम थालेका छन् । यसै क्रममा इटहरी उपमहानगरपालिकाले पनि कोरोना जोखिम न्यूनिकरणकाका साथै सहथ रुपमा उपचार प्रदान गर्ने उद्देश्यले ५० शैयाको आइसोलेसन सेन्टर निर्माण गरेको छ । आइसोलेसन निर्माण अन्तिम चरणमा पुगेको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका स्वास्थ्य महाशखा प्रमुख घनश्याम सिग्देलका अनुसार इटहरी उपमहानगरले सञ्चालन गर्न लागेको आइसोलेसने तीन दिन भित्रमा तयार गरेर सञ्चालनमा ल्याइने छ । स्वास्थ्य महाशखा प्रमुख सिग्देलले भने–‘आइसेलसन तयार भइसकेको छ तीनभित्रमा सञ्चााल

    • प्रकाशित मितिः वैशाख २३, २०७८
    • 1,150 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु

    खोटाङ । खोटाङमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका –५ का १० वर्षीय टिहाङ राईको करेन्ट लागेर मृत्यु भएको हो । बिहान ७ः४५ बजेको समयमा घरबाट दिदिको घर तर्फ जाँदै गरेका बालकले बाटोमा रहेको बिजुलीको पोल छुँदा अचानक करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 1,235 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा दुई संक्रमितको मृत्यु

    विराटनगर । विराटनगरको नोवेल शिक्षण अस्पतालमा दुई जना संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा बुधबार बिहान उनीहरुको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालले दिएको जानकारी अनुसार मोरङको सुन्दरहरैंचा नगरपालिका–७ का ५४ वर्षीय पुरुषको उपचारको क्रममा बिहान ८ः१५ बजे मृत्यु भएको छ । उनलाई मंगलबार राति अस्पतालमा भर्ना गरिएको थियो । उनी क्यान्सर रोग पीडित थिए । यसैगरी अस्पतालमा उपचारकै क्रममा विराटनगर महानगरपालिका–१२ का ६७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । वैशाख १७ गते अस्पताल भर्ना गरिएका उनमा पुरानो कुनै रोग नरहेको बताइएको छ ।

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 1,197 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना कहर र लकडाउन संगै १० हजार मज्दुरको रोजगार गुम्यो : उद्योगद्वारा ५० प्रतिशत उत्पादन कटौति

    इटहरी । कोशि राजमार्ग संगै जोडिएका सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रमा सञ्चालिक २९२ साना एवम ठुला उद्योगका उद्योगिहरू अहिले मारमा परेका छन ।पहिलो चरणको कोरोना संगै गत वर्ष भएको नौ महिना लकडाउनले थला परिसकेको औद्योगिक करिडोरका उद्योगहरू फेरि दोश्रो लहरको संक्रमण समुदाय स्तरमा फैलिएसंगै प्रसाशनले जारि गरेको निषेधाज्ञाका कारण उद्योगिहरू मारमा परेका हुन । औद्योगिक करिडोर भित्र सञ्चालित उद्योगहरूले कोरोना संक्रमण र निषेधाज्ञा जारी भएसंगै ५० प्रतिशत उपभोग्य बस्तुहरूको उत्पादनमा कटौति गरेका छन । यो संगै संक्रमणको खतरालाइ मध्यनजर गर्दै उद्योगहरूले दुइ वटा समय तालिका बनाइ सञ्चालन गृन थालेका छन । कर

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 1,336 पटक पढिएको
    • "तेजबहादुर बन"
  • प्रदेश १ मा मंगलबार ६ सय ११ संक्रमित थपिए

    विराटनगर । प्रदेश १ मा मंगलबार ६ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय ६६, झापामा १ सय ६६, सुनसरीमा १ सय २७, उदयपुरमा ११, इलाममा ४, ताप्लेजुङ, खोटाङ, संखुवासभा र धनकुटामा २–२ र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ९० महिला र १०३ पुरुषसहित १ सय ९३, सुन्दरहरैचामा १५, कटहरी र बेलबारीमा १२–१२, बुढीगंगामा ९, धनपालथानमा ५, पथरीशनिश्चरेमा ४, मिक्लाजुङ , जहदा, रंगेली र सुनबर्षीमा ३–३, उर्लाबारीमा २, रतुवामाई र ग्रामथानमा १–१, झापाको भद्रपुरमा ३६, विर्मामोडमा २४, दमकमा १९, मेचीनगरमा १६, विर्तामोडमा १४, कनकाईमा १२

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 1,297 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संक्रमितका घर-घरमा अक्सिजन सिलिन्डर

    विराटनगर/ कोरोना संक्रमणको दर अधिक बढ्न थालेपछि विराटनगर महानगरपालिकाले तीन स्थानमा स्वाब संकलन गर्न शुरु गरेको छ । यसअघि पनि महानगरले अशक्त र ज्येष्ठ नगारिकको स्वाब संकलन गर्न मोबाइल भेन संचालन गरेको थियो । अहिलेसम्म ‘एन्टिजेन टेष्ट’ मात्रै परीक्षण गर्दै आएकोमा संक्रमितको संख्या दैनिक दुई सयको संख्यामा बढ्न शुरु भएपछि तीन स्थानबाट स्वाब संकलन गर्ने व्यवस्था मिलाइएको हो । महानगरका मेयर भीम पराजुलीले भने,“महानगरभित्र संक्रमितको संख्या अत्यधिक बढ्न थालेकोले स्वाब संकलन केन्द्र नै सञ्चालन गरेर परीक्षणको दायरा फराकिलो बनाएका हौं ।” उनले संक्रमितको सम्पर्कमा रहेका मानि

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 1,044 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा निषेधाज्ञ ३१ गते सम्म थप : सर्वसाधरणलाई समेत हिडडुलमा रोक लगाइने

    धरान/ कोरोना भाइरसको दोस्रो लहर तीब्ररुपमा बढ्ने थाले सगैँ जिल्ला प्रशास कार्यालय सुनसरीले निषेधाज्ञको समय बैशाख २१ गतेसम्मको लागि थप गरेको छ । मंगलबार (आज) जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसिको बैठकले यसअघि बैशाख २४ गतेसम्मको लागि तोकिएको निषेधाज्ञाको अवधि ३१ गते सम्म लम्ब्याउने निणर्य गरेको हो । बैठकले अत्यावश्यकबाहेकका सबै प्रकारका सार्वजनिक एवं निजी सवारीसाधनहरु बैशाख २१ गते राती १२ बजेदेखि ३१ गते राती १२ बजेसम्म पुर्णरुपमा रोक लगाउने निर्णय गरेको छ । तर, महेन्द्र राजमार्ग हुदै सुनसरी जिल्ला भएर अन्य गन्तव्यमा गएका सवारीसाधनहरु भने जिल्ला भर रोक नलगाइने बैठकले गरेको छ । खाद्

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 1,641 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सूचना विना जोरविजोर प्रणालीले सास्ती : यातायात मजदुरलाई छाक टार्न समस्या

    धरान /  भीडभाडलाई नियन्त्रण गर्न सवारी साधनमा सरकारले गरेको जोरविजोर प्रणालीका कारण सर्वसाधारण मारमा परेका छन् । जोर विजोर प्रणालीका कारण अत्यावश्यकीय कामले गन्तव्यसम्म जाने सर्वसाधारण सबैभन्दा बढी मारमा परेका छन् । कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न सुनसरी प्रशासनले जोर गते जोर नम्बर भएका र विजोर गते विजोर सवारी साधनलाई सडकमा आवातजावत गर्न दिएपछि विगतको तुलनामा सुनसरीमा सडकहरु सुनसान भएपनि अत्यावश्यक कामले घर जान हिडेका सर्वसाधारणहरु भने मारमा परेका छन् ।जोरविजोर शुरु भएकै दिन धनकुटाबाट झापा हिडेका एक सर्वसाधारण बाटैमा रोकिनुपर्दा अचम्ममा परे । धनकुटामा जोरविजोर लागू नभइसकेको अवस्थाम

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • 1,127 पटक पढिएको
    • " गोविन्द बस्नेत "
  • ‘पार्टीभित्र निरंकुशता स्वीकार हुँदैन’

    विराटनगर/  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले निरंकुशता अन्त्य गर्न स्थापित भएको पार्टीभित्रको निरंकुशता स्विकार गर्न नसकिने बताएका छन् । शनिबार विराटनगरस्थित कोईराला निवासमा पार्टीमा नव प्रवेशीहरुलाई स्वागत गर्दै कोइरालाले भने, “नेपाली कांग्रेस निरंकुशता अन्त्य गरी लोकतन्त्र स्थापना गर्न बनेको पार्टी हो, त्यसैले पार्टीभित्रको निरंकुशता पनि कुनै हालतमा स्वीकार्य हुन सक्दैन ।” उनले लोकतन्त्रको जगेर्ना नै कांग्रेसले गर्ने हो भन्ने विश्वास जनतामा आएको र अब देशलाई केही गर्न सक्छ भने कांग्रेसले नै गर्ने बताए । राजनीति राजधानीको रुपमा मोरङको साख फर्कनु पर्छ भ

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 802 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved