इटहरीको आइसोलेसन तीन दिन भित्रमा सञ्चालन हुने

  • वैशाख २३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय सरकारले जोखिम न्यूनिकरणका लागि आ–आफ्नो तर्फबाट काम थालेका छन् ।

यसै क्रममा इटहरी उपमहानगरपालिकाले पनि कोरोना जोखिम न्यूनिकरणकाका साथै सहथ रुपमा उपचार प्रदान गर्ने उद्देश्यले ५० शैयाको आइसोलेसन सेन्टर निर्माण गरेको छ । आइसोलेसन निर्माण अन्तिम चरणमा पुगेको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाका स्वास्थ्य महाशखा प्रमुख घनश्याम सिग्देलका अनुसार इटहरी उपमहानगरले सञ्चालन गर्न लागेको आइसोलेसने तीन दिन भित्रमा तयार गरेर सञ्चालनमा ल्याइने छ । स्वास्थ्य महाशखा प्रमुख सिग्देलले भने–‘आइसेलसन तयार भइसकेको छ तीनभित्रमा सञ्चाालनमा आउछ ।’

इटहरी ९ रङ्गशालामा गत वर्ष समेत सञ्चालनमा ल्याएको आइसोलेसनमा आवश्यक तयारी गरिएको उनले बताए । उनले भने –‘आइसोलेसनमा यस वर्ष पनि महिला र पुरुष संक्रमितका लागि अलग अलग स्थानको व्यवस्था गरेका छा्रै, यसले उपचारमा सहज बनाउछ ।’

यस्तै इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले सञ्चालनमा आउन लागेको आइसोलेसनमा स्नान गृह, शौचालय, खानेपानी, वाईफाइ समेतको सुविधा रहने बताइन् । उनले भनिन्–‘विरामीलाई सहज बसोबासको वातावरणसहित प्रविधिको पहुंचलाई समेत ध्यान राखेर सञ्चालनमा ल्याउन लागेका छौंं ।’ आइसोलेसनमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीको टोली परिचालन गरिने समेत उपमहानगरपालिकाले
जनाएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved