सुनसरीमा निषेधाज्ञ ३१ गते सम्म थप : सर्वसाधरणलाई समेत हिडडुलमा रोक लगाइने

  • वैशाख २१, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ कोरोना भाइरसको दोस्रो लहर तीब्ररुपमा बढ्ने थाले सगैँ जिल्ला प्रशास कार्यालय सुनसरीले निषेधाज्ञको समय बैशाख २१ गतेसम्मको लागि थप गरेको छ ।

मंगलबार (आज) जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसिको बैठकले यसअघि बैशाख २४ गतेसम्मको लागि तोकिएको निषेधाज्ञाको अवधि ३१ गते सम्म लम्ब्याउने निणर्य गरेको हो ।

बैठकले अत्यावश्यकबाहेकका सबै प्रकारका सार्वजनिक एवं निजी सवारीसाधनहरु बैशाख २१ गते राती १२ बजेदेखि ३१ गते राती १२ बजेसम्म पुर्णरुपमा रोक लगाउने निर्णय गरेको छ । तर, महेन्द्र राजमार्ग हुदै सुनसरी जिल्ला भएर अन्य गन्तव्यमा गएका सवारीसाधनहरु भने जिल्ला भर रोक नलगाइने बैठकले गरेको छ ।

खाद्य वस्तु, खाना पकाउने ग्याँस, तरकारी फलफुल, दुध डेरी, निर्माण सामग्रीलगायत अत्यावश्यक पसल व्यवसायीहरु बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न दिइने र अन्य सम्पुर्ण पसल, व्यवसायीहरु पुर्णरुपमा बन्द गर्ने निर्णय भएको छ ।

अत्यावश्यक सेवाका सवारीहरु कुनै प्रकारको रोक नलगाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

20210504_133827 20210504_133857 20210504_133917

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved