कोरोना कहर र लकडाउन संगै १० हजार मज्दुरको रोजगार गुम्यो : उद्योगद्वारा ५० प्रतिशत उत्पादन कटौति

  • वैशाख २२, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी । कोशि राजमार्ग संगै जोडिएका सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रमा सञ्चालिक २९२ साना एवम ठुला उद्योगका उद्योगिहरू अहिले मारमा परेका छन ।पहिलो चरणको कोरोना संगै गत वर्ष भएको नौ महिना लकडाउनले थला परिसकेको औद्योगिक करिडोरका उद्योगहरू फेरि दोश्रो लहरको संक्रमण समुदाय स्तरमा फैलिएसंगै प्रसाशनले जारि गरेको निषेधाज्ञाका कारण उद्योगिहरू मारमा परेका हुन ।

औद्योगिक करिडोर भित्र सञ्चालित उद्योगहरूले कोरोना संक्रमण र निषेधाज्ञा जारी भएसंगै ५० प्रतिशत उपभोग्य बस्तुहरूको उत्पादनमा कटौति गरेका छन । यो संगै संक्रमणको खतरालाइ मध्यनजर गर्दै उद्योगहरूले दुइ वटा समय तालिका बनाइ सञ्चालन गृन थालेका छन ।

करोडोरमा सञ्चालित अधिकांस साना उद्योगहरू बन्द भएका छन भने ठुला उद्योगहरूले मज्दुर समेत कटौति गरि दुइ समय तालिका बनाइ उत्पादन घटाएर उद्योग सञ्चालन गरिरहेका छन । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण दर दैनिक दुइ गुणाले बढे संगै सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित २ दर्जन साना उद्योगहरू बन्द हुदा ६ हजार मज्दुरले रोजिरोटि गुमाएका छन । त्यस्तै करिडोर भित्र सञ्चालन भएका ठुला उद्योगहरूले पनि मज्दुर कटौति गरि सञ्चालन गर्दा ५ हजार बढी मज्दुर बेरोजगार हुन पुगेका छन ।

प्रसाशनले गरेको निर्णयलाइ स्विकार गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेरै उद्योग सञ्चालन जारि छ सुनसरिको खनारमा सञ्चालित देशकै ठुलो धागो कम्पनि रिलायन्स स्पिनिङ मिल्सका वरिष्ठ प्रबन्धक महेश पोखरेलले बताउनुभयो । उहाका अनुसार अहिले बिहान र दिउसो मात्र उद्योग सञ्चालन भइरहेको बताउनुभयो ।

उद्योग २ सिफ्टमा सञ्चालन भएसंगै आधा जसो मज्दुर कटौति गरिएको पनि उहाको भनाइ छ । चार हजार मज्दुर मध्ये अहिले १७०० मज्दुरलाइ दुइ वटा समय बनाएर काममा खटाइएको पोख्रेलको भनाइ छ । औद्योगिक करिडोर अन्तरगत सुनसरीमा मात्रै १२४ वटा भन्दा बढी साना तथा ठुला उद्योगहरू सञ्चालन हुदै आएका छन ।

ति उद्योगहरू मध्ये साना एवम मझौला उद्योगहरू कोरोनाको दोश्रो लहर सुरू भएसंगै ठप्प भएका छन भने सञ्चालनमा रहेका आधा उद्योगहरूले मज्दुर कटौति गर्दै काम सुचारू गरिरहेका छन । सुनसरीमा यसरी मज्दुर कटौति गर्दा करीब चार हजार मज्दुर बेरोजगार बनेका छन भने सुनसरी र मोरङमा रहेको औद्योगिक करिडोरले नै जम्दुर कटौति गरि उद्योग सञ्चालन गर्दा करीब १० हजार बढी मज्दुरहरूले रोजगार गुमाएका छन ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved