संक्रमितका घर-घरमा अक्सिजन सिलिन्डर

  • वैशाख २१, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/ कोरोना संक्रमणको दर अधिक बढ्न थालेपछि विराटनगर महानगरपालिकाले तीन स्थानमा स्वाब संकलन गर्न शुरु गरेको छ । यसअघि पनि महानगरले अशक्त र ज्येष्ठ नगारिकको स्वाब संकलन गर्न मोबाइल भेन संचालन गरेको थियो ।

अहिलेसम्म ‘एन्टिजेन टेष्ट’ मात्रै परीक्षण गर्दै आएकोमा संक्रमितको संख्या दैनिक दुई सयको संख्यामा बढ्न शुरु भएपछि तीन स्थानबाट स्वाब संकलन गर्ने व्यवस्था मिलाइएको हो । महानगरका मेयर भीम पराजुलीले भने,“महानगरभित्र संक्रमितको संख्या अत्यधिक बढ्न थालेकोले स्वाब संकलन केन्द्र नै सञ्चालन गरेर परीक्षणको दायरा फराकिलो बनाएका हौं ।” उनले संक्रमितको सम्पर्कमा रहेका मानिसहरुको पनि स्वाब लिएर परीक्षण गर्ने तयारी गरिएको बताए ।

महानगरले वडा नं ५, १५ र रानी भन्सार नाका गरी तीन स्थानमा एन्टिजेन परीक्षण गर्दै आएको छ । महानगरका कोभिड संयोजक हैदर अलीले भने,“अब तीन स्थानमा स्वाब संकलन गर्ने केन्द्रमार्फत काम हुँदै छ ।” मंगलबारसम्म तीनवटै केन्द्र सञ्चालनमा आउने जानकारी दिए । स्वाब संकलनको काम वडा नं १ को पानीट्याङ्कीमा अवस्थित पुरानो वारुण यन्त्र कार्यालय, विराटनगर ७ को आदर्श विद्यालयको साइन्स ल्याब र वडा नम्बर १५ को प्राथमिक उपचार केन्द्रमा गई स्वाब दिन सकिने अलीले बताए ।

कोरोना संक्रमितको सम्पर्कमा पुगी लक्षण तथा चिन्ह देखिएका व्यक्तिहरुको पीसीआर परीक्षण हुने र लक्ष्यण देखिएकालाई आईसोलेसन केन्द्र तथा अस्पताल पठाइने मेयर पराजुलीले सुनाए ।
उनका अनुसार महानगरले यसअघि विराटनगर १९ स्थित इलाका स्वास्थ्य चौकीमा राखेको आईसोलेसन सेन्टर पनि संचालन गरिसकेको छ ।

विराटनगरमा होम आईसोलेसनमा बसेका कतिपय बिरामीलाई अक्सिजन आवश्यक पर्न थालेपछि मेयर पराजुली आफैं सक्रिय भई त्यसको व्यवस्थापनमा जुटेका छन ।
उनले आफ्नै गाडीमा राखेर अक्सिजन आवश्यक भएकाहरुलाई पुर्याउने गरेको बताउँदै भने,“घरमै अक्सिजन चाहिनेहरुको लागि विगत जस्तै हामी आफैंले अक्सिजन सिलिन्डिर लगिदिने गरेका छौं ।” पराजुलीले यो पटक कोरोना संक्रमणको दर अलि बढेकोले सतर्क भई स्वास्थ्य सम्बन्धी मापदण्ड पूरा गर्न नगरबासीलाई आह्वान गरे ।

विराटनगरमा प्रदेशस्तरीय कोसी कोभिड १९ केन्द्र, महानगरकै पहलमा स्थापित नगारिक केयर सेन्टर र निजी अस्पतालहरुमा लक्ष्यणसहितका अनि जटिल अवस्थामा संक्रमितको उपचार शुरु भएको छ ।
यसैगरी महानगरले संक्रमितलाई अस्पतालसम्म पुग्नको लागि निःशुल्क एम्बुलेन्सको सेवा दिई रहेको छ । कन्ट्याक्ट ट्रेसिङ, परामर्शलगायत स्वास्थ्य सम्बन्धी सेवा उपलब्ध गराउन पाँच सदस्यीय स्वास्थ्य सहजीकरण समिति परिचालन गरिएको महानगरले जनाएको छ । महानगरभित्र कूल १ हजार ३ सय ५७ सक्रिय संक्रमित रहेका छन ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved