‘पार्टीभित्र निरंकुशता स्वीकार हुँदैन’

  • वैशाख १९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt फाइल फोटो

विराटनगर/  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले निरंकुशता अन्त्य गर्न स्थापित भएको पार्टीभित्रको निरंकुशता स्विकार गर्न नसकिने बताएका छन् ।

शनिबार विराटनगरस्थित कोईराला निवासमा पार्टीमा नव प्रवेशीहरुलाई स्वागत गर्दै कोइरालाले भने, “नेपाली कांग्रेस निरंकुशता अन्त्य गरी लोकतन्त्र स्थापना गर्न बनेको पार्टी हो, त्यसैले पार्टीभित्रको निरंकुशता पनि कुनै हालतमा स्वीकार्य हुन सक्दैन ।” उनले लोकतन्त्रको जगेर्ना नै कांग्रेसले गर्ने हो भन्ने विश्वास जनतामा आएको र अब देशलाई केही गर्न सक्छ भने कांग्रेसले नै गर्ने बताए ।

राजनीति राजधानीको रुपमा मोरङको साख फर्कनु पर्छ भन्ने आवश्यकता महसुस हुन थालेको बताउँदै उनले यो विचार काठमाडौको पनि आवाज बन्ने दाबी गरे । कोइरालाले भने,“अब मोरङको साख फर्कने छ भन्ने मेरो विश्वास छ ।”

त्यस अवसरमा संस्थागत विद्यालय महासंघ (प्याब्सन) का पूर्व मोरङ अध्यक्ष एवं केन्द्रीय सदस्य बासुदेव न्यौपाने, एन प्याब्सन राजन छाराहाङ, विवेकशील साझा पार्टीका नेता राजेश कर्ण, एनप्याब्सनका मोरङ कोषाध्यक्ष ईन्द्र नारायण साहलगायत कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीको तर्फबाट बोल्दै छाराहाङले अबको देशको राजनीतिक परिवेशलाई निकास कांग्रेसले मात्र दिन सक्ने बुझेरै पार्टीमा आएको सुनाए ।नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति तथा मेयर भीम पराजुलीले कांग्रेसको लोकतान्त्रिक सिद्धान्तलाई आत्मसात गर्दै देशका विद्यमान समस्यालाई निकास दिइनुपर्ने बताए । उनले भने,“अबको राजनीतिक निकास र देशको विकासको लागि कांग्रेसबाट मात्र संभव छ ।”

कांग्रेस १ नम्बर प्रदेश संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले अहिले स्वार्थको राजनीतिक अधिक बढेकोले सिद्धान्तको महत्व झन् चुलिएर गएको बताए । भने, “पार्टीमा गई चांडै फाइदा लिईहाल्छु भन्दा पनि योगदान दिन सक्छु भन्ने नेतृत्वको सबैतिर खड्किएको छ ।” कार्कीले पार्टीलाई जीवित राख्न सिद्धान्तलाई लिएर अघि बढ्नु पर्ने बेला
आएको बताए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved