धरान/ विशेष सूचनाका आधारमा खटिएको प्रहरीले धरानका विभिन्न क्षेत्रमा एकै दिन तीन छुट्टाछुट्टै अप्रेसन चलाउँदै ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ। दुई जना नियन्त्रणमा परेका छन् भने दुई जना मोटरसाइकल छाडेर फरार छन्। १.बौद्धविहार–कोशी राजमार्गबाट ४९ किलो गाँजा बरामद, दुई चालक फरार शुक्रबार राति २२:२० बजे धरान–४ बौद्धविहार नजिकै कोशी राजमार्गमा PIT, प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान र भेडेटारको संयुक्त टोलीले भेडेटारबाट धरानतर्फ आउँदै गरेका को ३० प ४५४४ र बा ५१ प ५४१३ नम्बरका दुई मोटरसाइकल रोक्ने प्रयास गरेको थियो। तर दुवै चालकले मोटरसाइकल नरोकी भाग्
झापा/ घाँस काट्न निस्केकी एक २७ वर्षीया महिलामाथि जबरजस्ती करणी भएको घटनाले झापा अहिले तातेको छ। बालुवा झैँ शान्त साँझमा घाँस काट्न घरअघि निस्केकी ती महिलालाई ४२ वर्षीय पुरुषले जबरजस्ती तानेर पसलभित्रै लगेर बलात्कार गरेको आरोप लागेको हो। कात्तिक २७ गते साँझ करिब ६ बजे भएको भनिएको यो घटनाबारे महिला पक्षले दिएको लिखित जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। करिब एक वर्षदेखि माइतीघरमा बस्दै आएकी ती महिलामाथि जबरजस्ती हात समातेर तान्दै लगिएको जाहेरीमा उल्लेख छ। घटनापछि कात्तिक २८ गते दिउँसो १ बजेतिर पीडित पक्षले जिल्ला प्रहरी कार्यालय झापामा औपचारिक उजुरी दर्ता गरेका थिए। उजुरी
काठमाडौं/ प्रतिनिधिसभा विघटनलाई “प्रतिगामी कदम” भन्दै विरोधमा उत्रिएको नेकपा (एमाले) ले आज देशभरका ७७ वटै जिल्लामा एकैसाथ जनप्रदर्शन र जनसभा गर्दैछ। प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित एमालेले चरणबद्ध जनपरिचालनलाई आज देशव्यापी बनाएको हो। एमालेले यसअघि नै वडा, पालिका, जिल्ला हुँदै राष्ट्रिय तहसम्म जनआन्दोलन विस्तार गर्ने निर्णय गरेको थियो। सोही अनुसार भदौ २३ र २४ का आपराधिक घटनाको निष्पक्ष छानबिन, तोडफोड–लुटपाट–आगजनीमा संलग्न दोषीमाथि कारबाही र संसद् पुनःस्थापनाको माग राख्दै देशभर विरोध कार्यक्रम चलाइरहेको छ। कार्तिक २५ मा स्थानीय तहस्तरबाट सुरु गरिएको प्रदर्शनलाई आज
इटहरी/सौन्दर्यकर्मीहरुको व्यवससाय थप संकटमा परेको सौन्दर्यकर्मीहरुले गुनासो गरेकाछन् । शुक्रबार इटहरीमा जिफन्ट कोशीले आयोजना गरेको श्रमिकसंगको सम्वाद् कार्यक्रममा सौन्दर्यकर्मीहरुले पेशा नै संकटमा परेको गुनासो गरेकाहुन् । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) इटहरीले सुनसरीका विभिन्न स्थानका सौन्दर्यकर्मीहरुलाई सहभागी गराएको थियो । बद्लिँदो राजनीतिक परिवेशमा श्रमिकसंग सम्वाद्मा सम्झना थापा उपभोक्तहरुसंग लिइने शुल्कमा एकरुपता नहुँदा सौन्दर्यकर्मीहरुबीच एकअर्कामा खिचातानी हुनेगरेको बताइन् । सकिए देशभरी नसकिए जिल्ला वा नगरमै भएपनि शुल्कमा समानता कायम गर्न जिफन्टको सहयोग हुनुपर्ने
वराहक्षेत्र/वराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद विकाश शाखाले वक्तित्वकला र चित्रकला प्रतियोगिता आयोजना गरेको छ । आधारभुत ( कक्षा १ - ५ ) तब स्तरिय चित्रकला प्रतियोगिता तथा आधारभुत ( कक्षा ६-८) तह र माध्यमिक (कक्षा ९-१० ) तह स्तरिय वक्तित्वकला प्रतियोगिता सम्पन्न गरिएको नगरपालिका शिक्षा , युवा तथा खेलकुद विकाश शाखाका प्रमुख उत्तमराज भारतीले जानकारी दिए । वक्तित्वकलाको शिर्षक "सामाजिक सञ्जालको प्रयोग र असर " रहेको थियो । चित्रकला प्रतियोगितामा जिवनज्योति ईङलिस स्कुलका अंकित गहतराज प्रथम भएका थिए । त्यस्तै सिदार्थ मेमोरियल ईङ्लिस स्कुलकि आयुष्मा थापा द्बितीय , सुनसरी स्टार एकेडिमिक
धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलका बिद्यार्थीहरूले शुक्रबार धरान–४ मा रहेको चर्चित ढुङ्गेपार्कको शैक्षिक अवलोकन यात्रा सम्पन्न गरेका छन्। ढुङ्गामा कुदिएका राष्ट्रिय व्यक्तित्वका जीवन्त शिल्प नजिकबाट अवलोकन गर्दै उनीहरूले कला, इतिहास र सिर्जनशीलताको अनौठो अनुभव प्राप्त गरे। पार्क भ्रमणका क्रममा वडा अध्यक्ष धनबहादुर राई स्वयं बिद्यार्थीहरूलाई मार्गदर्शन गर्दै गौतम बुद्ध, बिश्वप्रसिद्ध नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुईत, क्रिकेटर पारस खड्का, फुटबलर प्रीति राई, ऊर्जा अभियन्ता कुलमान घिसिङलगायत देशका योगदानकारी व्यक्तित्वका बारेमा रोचक विवरण प्रस्तुत गरेका थिए। उनका अ
धरान/धरान–६ पानवारीस्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ स्कुलले बिहीबार भव्य ट्यालेन्ट शो सम्पन्न गरेको छ। स्कुल प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले दमदार गीत, नृत्य र विभिन्न सिर्जनात्मक प्रस्तुतिहरू मार्फत आफ्नो प्रतिभा उजागर गरे। कार्यक्रमको उद्घाटन विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर सुबेदीले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। अध्यक्ष सुबेदीले विद्यार्थीहरूलाई आफ्नो रुचि र क्षमताअनुसार गायन, नृत्यलगायत अतिरिक्त गतिविधिमा सहभागिता जनाउन प्रेरित गर्दै भने, “हार–जितभन्दा पनि सहभागिता महत्वपूर्ण हो। यिनै गतिविधिहरूले आत्मविश्वास र व्यक्तित्व विकासम
सुनसरी/इटहरी उप–महानगरपालिका–३ डाँडागाउँ टोलमा ठूलो परिमाणको लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा गएको अस्थायी प्रहरी चौकी तालतलैयाको टोलीले बिहीबार दिउँसो १२:३० बजे कल्पना राईको घरमा छापा मार्दा घरमै सिटी सफारीमा गाँजा लोड भइरहेकाे अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार घर अनुसन्धान गर्ने क्रममा सिटी सफारी (प्र. १–०२–००३ ह ९०५५) मा राखिएको अवस्थामा ९८ किलो (अन्ठानब्बे किलो) गाँजा फेला परेको थियो। घटनास्थलबाट घरधनी ३५ वर्षीया कल्पना राई र त्यही घरमा बस्दै आएका २० वर्षीय मनोज राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको
झापा/ जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतबाट फरार भएका दुई थुनुवा पक्राउ परेका छन्। प्रहरीका अनुसार मिति २०८२ साल कतिक २७ गते बिहान अन्दाजी ८ बजे बिर्तामोड नगरपालिका–८ देउनिया स्थित अप्र चौ गरामनीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सम्बन्धी मुद्दामा अनुसंधानको क्रममा फरार रहेका सरोज पौडेल र पंकजराज मैनाली लाई पक्राउ गरेको हो। उनीहरू भदौ २३ र २४ गतेका दिन जेनजी आन्दोलनको क्रममा अनारमनी प्रहरी हिरासतबाट फरार भएका थिए। पक्राउ परेपछि दुबै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा पुर्याई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाए
सुनसरी/ नेपालमै पहिलोपटक थारु समुदायको कला, संस्कृति र ऐतिहासिक परिवेशलाई मूल कथावस्तु बनाएर निर्माण हुन लागेको नेपाली कथानक चलचित्र ‘बहौरिया (बेहुली)’ को छायांकन मोरङमा औपचारिक रूपमा सुरू भएको छ। चलचित्रको निर्देशन चर्चित निर्देशक परशुराम चौधरी ले गरिरहेका छन् भने, फिल्मको कथा पनि उनी स्वयं र रेणु चौधरी ले लेखेका हुन्। नेपाल म्याक्सको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्म रिशन चौधरी र खुश्बु चौधरी ले संयुक्त रूपमा निर्माण गर्दैछन्। अवको चलचित्र ऐतिहासिक चलचित्र बनाएन भने दर्शक स्रोताको मन जित्न नसिने भएको हुँदा थारुहरुको धेरै वर्षअगाडि, जब धरतीमा सूर्यको