विराटनगर/ विराटनगर महानगरपालिका अन्तर्गतका विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई राम्रो अस्पतालमा लगिदिने भन्दै बिचौलियाको काम गरेर ठगी गर्ने दश जना पक्राउ परेका छन् । “यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन, औषधी राम्रो छैन” भन्ने अफवाह फैलाई विरामी तथा आफन्तहरूलाई झुक्याएर आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि लग्ने बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसरी अस्पताल जान प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न बाध्य गराउने विचौलीयाको कार्य गरी सर्वसाधारण न
धरान/ पशुमा लाग्ने रोगको निराकरणसंगै पशुपालक कृषकको जीवन स्तर उकास्ने उद्देश्यले स्थापित धरान स्थित पशु सेवा शाखाको स्वरुप परिवर्तन भयो, तर सेवाको प्रकृति भने पुरानै शैलिमा छ । नगरमा भएका पशु कृषकको समस्या समाधानार्थ सञ्चालनमा आएको पशु सेवा शाखा विगतमा संघीय सरकार मार्फत सञ्चालन थियो । तर संघीयता आएसँगै अहिले स्थानीय सरकार मातहत सञ्चालन भइरहेको छ । तर पनि कामको प्रकृति भने पहिला जस्तो थियो अहिले पनि उस्तै नै छ । नेपाल सरकार मातहतको पशु सेवा शाखाले धरान उपमहानगरपालिकाभित्र रहेका पशु कृषकहरुलाई आइ पर्ने समस्याको समाधानका लागि संचालनमा छ । शाखा १५ बर्ष अगाडि संघीय सरकार मार्फत धरान ८ बरगाछ
सुनसरी/ सयम भित्रै निर्माण कार्य सम्पन्न गर्न नसकेका रानी इटहरी इटहरी, धरान हुँदै किमाथाङ्का जोड्ने राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको ६ लेन सडकका ठेकेदार कम्पनी कारवाहीमा परेका छन् । सडक आयोजनाले ३ वटा ठेकेदार कम्पनीलाई कारवाही गरेको हो । कारबाहि पर्नेमा गिताञ्जिलली जेभिलाई २ करोड ४० लाख, पप्पु जेभि कन्ट्रक्सनलाई १ करोड ४० लाख र कान्छाराम जेभिलाई २ करोड ३२ लाख जरिवाना गरेको छ । २०६९÷७० मा सम्झौता भई काम भईरहेको सडक आयोजना मोरङको रानी देखि सुनसरीको धरान सम्मको ४४ किलोमिटर सडकका लागि १७ ओटा निर्माण ठेकेदारले काम गरिरहेका छन् । १० अर्ब ९८ करोड लागतमा निर्माण भईरहेको सडक २०८० साल सम
धरान/ बेपत्ता भएको एक महिना पछि कुहिएको अवश्थामा शव भेटिएका धरान ५ का प्रदीप सुब्बाको मृत्यु प्रकरणमा मुछिएका एक जना पुर्पक्षका लागि थुनामा गएका छन् । गत जेठ ५ गते धरान–४ को बैदाङ खोपमा सडेको अवस्थामा उनको शव भेटिएको थियो । उनको मृत्यु प्रकरणमा इलाका प्रहरीले ३ जनालाई पक्राउ गरेको थियो । तिन जना मध्ये एक जनालाई सुनसरी जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । सुब्बाको शव भेटिएको तिन महिना पछि दोषि कारवाहीमा परहेका हुन् । मृतक प्रदीपको परिवारले दिएको उजुरीको आधारमा पक्राउ परेका ५४ वर्षीय जन्तरे भनिने राम बहादुर राईलाई अदालतले सोमबार भएको फैसलाबाट पुर्पक्षका लागि थु
इटहरी/ प्रदेश १ का मुख्य विकशित शहरको रुपमा अघि बढ्दै गरेको इटहरी उपमहानगरपालिका केही समय यता समस्यामा जकडिदै गएको छ । उपमहानगरले बनाएका योजनाहरु अलपत्र हुँदा इटहरीको विकाश उधोगतिमा गइरहेको छ । पछिल्लो एक दशक यता नसोचेको विकासले गति लिएको इटहरी हरेक महिना विभिन्न काण्डका कारण चर्चामा आउने गरेको छ । तीव्र रुपमा शहरीकरणमा विकाश भइरहेको इटहरी पछिल्लो समय पहाडी जिल्लाका सर्वसाधारण, व्यापारी र विद्यार्थीको रोजाइमा पर्दै गएको छ । तर अव्यवस्थीत बजार, कालोबजारी, जस्ता अवैधानिक कार्यलाई निरुत्साहित गर्न उपमहानगरपालिका नलाग्दा भविष्यनै विकराल बन्ने सम्भावना देखिएको छ । प्लास्टिकमुक्त शहर नारामै सी
विराटनगर / मोरङका स्थानीय तहमा शासकीय बेतिथि बढ्दै गएको देखिएको छ । ऐन नियमले नदिएको अधिकारको प्रयोग, दोहोरो सेवा सुविधा, आर्थिक अनियमितता र बेरुजूको परिमाण बढ्दो क्रममा देखिएको छ । महालेखा परीक्षकको ५८ औ प्रतिवेदनमा मोरङका सबै १७ स्थानीय तहमा शासकीय बेथिति देखिएको छ । रंगेली नगरपालिकाका कार्यपालिका सदस्यले दोहोरो सेवा सुविधा र भत्तासमेत लिएका छन् । ग्रामथान गाउँपालिकामा पनि त्यस्तै समस्या देखिएको छ । गाउँ तथा नगरपालिकाका सदस्यहरुले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ मा उल्लेख छ । तर रंगेली नगरपालिकाका पदाधिकारी र कर्मचारीले पटक पटक अनुगमन भत्ता भुक्तानी गरेको महालेखाको
होप धरान के हो ? होप धरान मानवतालाई फर्काएर ल्याउनुपर्छ भनेर अभियान संचालन गरेको संस्था हो । ठुलो संस्था होइन्, कुनै जात, धर्म, दल विशेष छैन् । सबैको अनुहारमा मुस्कान ल्याउने प्रयत्न हो, असहाय, गरिब, दुखीको अनुहारमा खुशी ल्याउने कोशिष मात्रै हो । त्यही अभियान हो होप धरान । हामी संग करिब ४५ जना सदस्य हुनुहुन्छ । चाडै नै यसले आधिकारिक रुपमा टिम पाउने भएको छ । कोरोना महामारीका कारण दर्ता प्रक्रिया ढिलो भएको थियो । अहिले दर्ता भइसकेको छ । विगत तिन वर्ष देखि सामाजिक अभियानमा हुनुहुन्छ, कस्तो अनुभव रह्यो ? सबै भन्दा ठुलो कुरा आत्मसन्तुष्टी छ । तिन वर्ष अघि सडक मानवलाई एक छाक खाना खुवाउन शुरु गरेक
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुधार अभियान अन्तर्गत देशै भरि आन्दोलन भइरहँदा पनि राज्य पक्षले कुनै ठोस कदम चाल्न सकेको छैन् । विगत ७० दिन देखि चलिरहेको आन्दोलनलाई निस्तेज पार्न पटक पटक कार्यदल बनाए पनि सुधार उन्मुख योजनाहरु बन्न नसके पछि पुनः प्रतिष्ठानका चिकित्सक तथा कर्मचारी सडकमा निस्किएका छन् । आन्दोलनका क्रममा ४ पटक विभिन्न कार्यदल तथा आयोगहरुले अध्ययन तथा अनुसन्धान गरिसकेका छन् । तर कार्यदल तथा आयोगले बुझाएका प्रतिवेदनहरु कुनै पनि कार्यान्यवनमा नआउँदा सरकार प्रतिनै प्रश्न खडा भएको छ । अहिलेको सरकार पनि प्रतिष्ठानलाई दुहुनो गाईनै बनाउन तल्लिन रहेको टिप्पणी हुन थालेक
धरान / कोरोनाका कारण सबै क्षेत्र प्रभावित बनेको छ । कोरोनाले अर्थतन्त्रलाई धरासायी बनाउदै गएपछि नेपाल सरकारले स्वास्थ्य मापदण्ड र खोपलाई प्राथमिकता दिदै हरेक क्षेत्र खुकुलो बनाउदै गएको छ । तर मन्दिमा भने अझै लकडाउन नै रहेको छ । मन्दिरमा बढी भीडभाड हुने र कोरोनाको जोखिम धेरै हुने भन्दै मन्दिर खुल्ला गरेको छैन । जसका कारण एकातिर भक्तजनको आस्थामा ठेस पुगेको छ भने अर्काेतर्फ मन्दिरबाट आश्रित परिवारलाई जीवन धान्नै धौं धौं परेको छ । धरान उपममहानगरपालिका वडा नं. १४ पूर्वकै धार्मिक पर्यटकीय स्थल हो । विजयपुरमा रहेका हरेक मठमन्दिरको आ–आफ्नै धार्मिक मान्यता छन् । पिण्डेश्वर मन्दिर, दन्तकाली
धरान/ वीपी सुधार आन्दोलनले पद नै धरापमा पारे पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी पद जोगाउन शक्तिकेन्द्र धाउन थालेका छन् । शुद्धीकरणको आन्दोलनमा होमिएका संयुक्त संघर्ष समितिको आन्दोलनको मुख्य मुद्दा नै चारजना पदाधिकारीको राजीनामा भएकोले पछिल्लो समय पदाधिकारीको विषयमा सम्बन्धित निकायले छानविनलाई तिब्रता दिएपछि उनी अत्तालिएको प्रतिष्ठानकै एक बरिष्ठ चिकित्सक बताउँछन् । विगतदेखि नै सत्ताको नजिक हुन चाहने रजिष्ट्रार रेग्मी केपीको ओलीको सरकार हुँदा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ७ करोड बुझाएको चर्चा चलेको छ । पछिल्लो पटक उनी शक्तिकेन्द्