समाचार

    Showing 7,171-7,180 of 8,664 items.
  • भारतीय नाका बन्द हुँदा चम्किदै नेपाली बजार

    इटहरी । कोरोना कहर संगै नेपालसंग सिमा जोडिएका भारतीय नाकाहरु बन्द हुँदा नेपाली बजारमा किनमेल गर्नेहरुको भिड बढ्दै गएको छ । चाडपर्व नजिकिदै गर्दा नेपाली बजारहरुमा किनमेल गर्ने स्थानीय उपभोक्ताहरुको घुइचो लाग्न थालेको छ । बिगतको वर्षहरुमा चाडपर्व नजिकिदै गर्दा भारतीय बजारहरुले प्राथमिकता पाउने गरेको थियो । सामान्य घरायसी सामग्री लिन पनि भारतीय बजार बिराटनगरको सिमाना जोगवनी बजार पुग्ने गरेका थिए । यस वर्ष कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिन थाले पछि सिमानाकामा कडाई हुँदा स्थानीय बजारमा चहलपहल बढ्दै गएको हो । सरकारद्घारा जारी गरिएको निषेधज्ञा र लकडाउन केहि मात्रामा खुकुलो भएपनि सिमा नाकाहर

    • प्रकाशित मितिः असोज १९, २०७७
    • 860 पटक पढिएको
    • " तेजबहादुर बन"
  • एन बि बैंक भेडेटार शाखाका दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

    धरान/  नेपाल बङ्गलादेश बैंक (एन बि) सागुंरिगढि (भेडेटार) शाखामा कार्यरत दुई जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ । बैंकमा प्रत्यक्ष उपस्थित भएर सेवा प्रदान गर्दै आएको दुई जना कर्मचारीमा आइतबर संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएसगै संक्रमित कर्मचारीहरु आइतबारनै धरान स्थित एक होटलको आइशोलसनमा बसिरहेका छन् । यो सगै कोरोना संक्रमितको संख्या शुन्य रहेको धनकुटा जिल्लामा दुई जना संक्रमित थपिएका छन् ।

    • प्रकाशित मितिः असोज १८, २०७७
    • 1,152 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ पास

    इलाम /इलाम नगरपालिकाको आइतवार बसेको विषेश नगर सभाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ पास गरेको छ । पाँच करोड रुपैयाँ भन्दा वढीका योजना सञ्चालन गर्दा वातावरण सँग सम्बन्धीत रहेर सञ्चालन गर्नुपर्ने भए सँगै विषेश नगरसभाले ऐन पास गरेको हो । वडा नम्बर ४ का अध्यक्ष तथा वातावरण तथा सरसफाई समितिका संयोजक नुतनदेव दुलालले नगरसभामा प्रस्ताव पेस गरेका थिए । दुलालले प्रताव सभामा पेस गरेपछि सभाले छलफल गरी वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ पास गरेको थियो । पाँच करोड रुपैयाँ भन्दा बढरु लागतका कुनैपनि योजना सञ्चालन गर्दा (क्ष्भ्भ्) प्ररम्भिक वातावरणीय परिक्षा गर्नुपर्ने भएको हुँदा विषेश नग

    • प्रकाशित मितिः असोज १८, २०७७
    • 709 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • नेकपा निकट विद्यार्थी संगठनको सुनसरिमा एकता सम्पन्न

    धरान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट दुई विद्यार्थी संगठन बीचमा एकता सुनसरिमा सम्पन्न भएको छ । सुनसरी जिल्लामा एकता प्रक्रिया शनिवार सम्पन्न भएको हो । पुर्व माओवादी निकट अखिल क्रान्तिकारी र पुर्व एमाले निकट अनेरास्ववियु बीच एकता प्रक्रिया सम्पन्न भएको हो ।विद्यार्थी संगठनको जिल्ला संयोजकमा पुर्ब एमाले निकट विद्यार्थी संगठनबाट जिबि गजल र सहसंयोजकमा पुर्वमाओवादी निकट संगठनबाट बुद्रोस लिम्बुलाई यस अघि नै तोकिएको थियो ।दुवै संगठनले शनिवार विज्ञप्ती जारी गर्दै ६१ सदस्यीय जिल्ला कमिटि बनाउदै एकता प्रक्रिया सम्पन्न गरेको सार्वजनिक गरेका छन् । सहसंयोजक वुद्रोस लिम्वुका अनुसार कार्यालयको संय

    • प्रकाशित मितिः असोज १८, २०७७
    • 933 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • होटललाई मात्र प्राथमिकता दिदा अलपत्र होमस्टे

    इटहरी । आन्तरिक पर्यटकहरुलाई लोभ्याउन र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ बाजा गाजा सहित स्थापना गरिएको इटहरी उपमहानगर ३ अन्तरगत एक मात्र होमस्टे खोर्साने खाप स्थापनाको ७ वर्षपछि सम्बन्धित निकायको प्राथमिकतामा परेको छ । स्थानीय निर्वाचन सम्पन्न भइ चुनिएका जनप्रतिनिधिहरु सहितको टोलीले पनि कार्यभार सम्हालेको ४ वर्षपछि प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जाहेर गरेसंगै अलपत्र अवस्थामा रहेको इटहरीको होमस्टे खोर्साने खाप सुधार हुनेमा स्थानीयहरुले बिश्वास लिएका छन् । २०७० सालमा स्थापना भएको होमस्टे छोटो समयमै इटहरी बाहिरका शहरहरुमा चर्चीत बनिसकेको थियो । स्थानीय स्तरमै उत्पादन

    • प्रकाशित मितिः असोज १७, २०७७
    • 811 पटक पढिएको
    • "तेजबहादुर बन"
  • तीन वर्षमा चार प्रमुख प्रशासकीय फेरीए,‘अभद्र’ व्यवहार गर्ने डरले कर्मचारी जानै मान्दैनन

    इलाम । ‘हिजो त्यो फटाहाको सञ्जालले तयार गरेको विवरण हेरौं भन्दा हामीसँग सल्लाह भएन, कुन जड्याहाले बनाएको विवरण हो त्यो ? एकराते खेतालाले बनाएको विवरण देखाउने ? हाम्रो इज्जत छैन ?’ ‘हिसाबकिताब अहिले भएन भने अख्तियारलाई भाटेकारबाही म गराइदिन्छु ।’ ‘यो सबै षडयन्त्र मलाई असफल गराउने हो ।’ फाकफोकथुम गाउँपालिकाका अध्यक्ष राम श्रेष्ठले कर्मचारी प्रति आक्रोसित हुँदै गालि गर्दे थिए । जिल्ला समन्वय समितिको सभाहलमा राष्ट्रियसभा सदस्य अगमप्रसाद बान्तवा, १ नम्बर प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, प्रदेश सभासद्हरू, जिल्ला समन्वय समिति प्रम

    • प्रकाशित मितिः असोज १७, २०७७
    • 799 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • लकडाउनले वीपीमा आर्थिक संकट बढ्दै

    धरान । कोरोना संक्रमणको न्युनीकरण गर्न सरकारले घोषणा गरेको लकडाउनका कारण धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक भार बढ्दै गएको छ । अस्पतालको ओपिडि सेवा र चिकित्सा शिक्षा तर्फको भर्ना ठप्प हुँदा प्रतिष्ठानलाई आर्थिक संकट हुन थालेको छ । विगत ७ महिना देखिको लकडाउनमा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडि सेवा पुर्ण रुपमा ठप्प भए । दैनिक जसो ३५ सय बिरामीहरुले ओपिडि सेवा लिने गर्दथे । लकडाउनमा सेवानै बन्द हुँदा ८० प्रतिशत आयस्रोत घटेको छ । यता चिकित्सा शिक्षाको नयाँ भर्ना पनि हुन सकेन । प्रतिष्ठानको आयस्रोत पनि ठप्प भएकाले आर्थिक संकट बढ्दै गएको रजिष्टा

    • प्रकाशित मितिः असोज १७, २०७७
    • 1,736 पटक पढिएको
    • "दिनेश गजमेर "
  • थप २७ सय २२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुग्यो

    धरान /  पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २७ सय २२  जनामा संक्रमण पुष्टि भएको छ । यो सगै देशभर संक्रमित हुनेको संख्या ८२ हजार ४५०  पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रफिङको क्रममा प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३०७  जना निको भए सगै जम्मा निको हुनेको संख्या ६० हजार १९६   जना पुगेको छ भने मृतकको संख्या ५ सय २० पुगेको छ ।

    • प्रकाशित मितिः असोज १६, २०७७
    • 552 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बेलबारीका एक जनप्रतिनिधिमा कोरोना संक्रमण

    बेलबारी / बेलबारी नगरपालिकाका एक जना जनप्रतिनिधिमा कोरोना संक्रमण देखीएको छ । वडा नम्बर ५ का एक जना वडा सदस्यमा कोरोना संक्रमण भएको नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताउनु भयो । उहाँका अनुसार सक्रमण हुने जनप्रतिनिधि केहि दिन अघि उपचारका लागि बिराटनगर परिवारका सदस्यको उपचारका लागि जानु भएको थियो । उहाँको परिवारको सदस्यमा समेत संक्रमण देखीएको छ । वडा सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि केहि दिनको लागि वडा नम्बर ५को कार्यालयमा अत्याआवश्यक बाहेकका काम केहि दिनका लागि बन्द गर्ने निर्णय गरीएको वडा अध्यक्ष विवबन्धु बस्नेतले बताउनु भयो ।  

    • प्रकाशित मितिः असोज १६, २०७७
    • 837 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पुर्व व्रिटिस गोर्खा सैनिकले पुनस्थापना गृहमा ९० औ जन्मदिन मनाए

    धरान / लायन्स क्लव अफ धरान विजयपुर र लियो विजयपुरको आयोजनामा पुर्व ब्रिटिस गोर्खा सैनिक सन्तवहादुर गुरुङ्गले आप्mनो जन्मदिन धरान पुनस्थापना गृहमा मनाएका छन । आप्mनो ७२ वर्षिय श्रीमति मनमाया गुरुङ्ग संगै पुनस्थापना गृहमा आश्रितहरु माझ गुरुङ्गले विहिवार आफ्नो ९० औ जन्म दिनको केक काटेका थिए । जन्म दिनको अवसरमा गृहलाई दशै सम्म खान पुग्ने गरि खाद्यन्न समेत प्रदान गरेका छन । उनले पाच सय ५० केजि चामल, २२ केजि नुन, २ कार्टुन तेल र २५ केजि चामल गृहका संचालक भिम राईलाई हस्तानतरण गरेको छन । मेरो वुहारि टंक गुरुङ्गले वुवा आफ्नो जन्म दिनको अवसरमा सामाजिक काम गर्नु भनेर संझाए पछि पुनस्थापना गृहमा जन्म दिन

    • प्रकाशित मितिः असोज १६, २०७७
    • 666 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved